पोखरा, असार ७ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की जिल्लामा १ वर्षको कार्यकाल पूरा गरी सरुवा भएका छन् । उनी गत वर्ष जेठ १७ देखि कार्यभार सम्हालेकोमा असार ७ मा बिदा भएका हुन् । यस अवधिको १ वर्षमा उनले कार्यकालमा भए गरेको कार्यप्रगति विवरण जिल्ला प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।
जसअनुसार जिल्लामा कुल १ हजार ७ सय ५० मुद्दा दर्ता भए । तीमध्ये सबैभन्दा बढी ६ सय ६२ मुद्दा सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसूर सम्बन्धमा छन् । दोस्रो र तेस्रो बढी मुद्दा हुन्–लागू औषध र आत्महत्या । जसमा लागु औषधको १ सय ८७ मुद्दा दायर भएकोमा आत्महत्याका १ सय २२ मुद्दा छन् । आत्महत्याको डरलाग्दो ग्राफ हुनुमा बीचमा जारी लकडाउन र कोरोना महामारीमा बढी रहेको पाइएको छ ।
त्यस्तै, कत्र्तव्य ज्यानका १३, जबर्जस्ती करणी ७४, जबर्जस्ती करणी उद्योग ३३, बाल यौन दुराचार १०, अप्राकृतिक मैथुनका ४, साधारण चोरी ८५, बैंकिङ कसूर १ सय ५, जुवा ९२, मानव बेचबिखन ४, ज्यान मार्ने उद्योग १७, फुटकर ज्यान ६५, भवितव्य ज्यान ८१, ठगी ४४, आत्महत्या दुरुत्साहन गर्न नहुने ५ र अन्य १ सय ४७ मुद्दा दायर भएका हुन् ।
यस्तै, सो अवधिमा भएका आपराधिक क्रियाकलाप एवं शंकास्पद गतिविधि, गैरकानूनी कार्य, विभिन्न किसिमका उत्छृङ्खल कार्य गर्ने व्यक्तिमध्ये झण्डै २५ सय जनालाई पक्राउ गरिएको छ । तीमध्ये महिला २ सय १३ र पुरुष २ हजार २ सय ७७ जना छन् ।
विभिन्न मुद्दामा जरिवाना हुने ठहरी कैद र जरिवाना बेरुजु भइ फरार ९४ जना पुरुष र २२ महिला गरी १ सय १६ जनालाई पक्राउ गरी अदालतसमक्ष उपस्थित गराइएको छ । जसबाट २० लाख ९७ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ ।
उनकाे कायर्कालमा जिल्लामा कुल १ सय ४७ मुद्दा दर्ता भए
बैंकिङ कसूरतर्फ १ सय ५ मुद्दा दर्ता भएकोमा १० हजार र २७ पुरुषलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको हो ।
उनको कार्यकालमा पोखरामा अवैधरुपमा बसोबास गरेका रसिया, नेदरल्याण्ड, स्वीस, चाइना, पोल्याण्डका ८ जना विदेशी नागरिक पक्राउ गरी अध्यागमन कार्यालयमा आवश्यक कारबाहीको लागि पठाइएको, ५ जना विदेशीको उद्धार, ४ वटा लास सम्बन्धित देशमा फिर्ता पठाइएको छ ।
कोरोना महामारीको बेलामा विभिन्न देशका १ हजार ६५ जना पर्यटक, ६५ विद्यार्थी गरी १ हजार १ सय ३० लाई कास्कीबाट उद्धार गरी काठमाडौं पठाइएको छ ।
ट्राफिक कारबाहीतर्फ ६० हजार ६ सय ५० सवारीसाधन कारबाहीमा ४ करोड ६० लाख रुपैयाँ बराबर राजश्व संकलन भएको छ ।
जिप्रका कास्कीले प्रहरी कर्मचारीलाई कारबाहीसँगै पुरस्कारको व्यवस्था पनि ग¥यो । जसमा १ सय १८ कारबाही परेकोमा १ सय ७६ जनालाई उनीहरुको कामको प्रशंसा गर्दै पुरस्कृत गरिएको हो ।
प्रहरीले जिल्लामा केही सिर्जनशील कार्यसमेत गरेको पाइयो । जसमा पोखरा उपत्यकाभित्र ई–रिक्सा संचालनमा निषेध, पालिखेचोकमा अव्यवस्थित घरटहरा हटाइएको, अमरसिंहदेखि सृजनाचोकसम्म र महेन्द्रपुलदेखि बिरौटासम्म बिहान ७ देखि साँझ ६ बजेसम्म पावर टेलर संचालनमा रोक, महेन्द्रपुल बाटोको रेलिङ केही भित्र लगी फराकिलो पार्न सफल, पोखराभित्र लागू हर्न निषेधमा कडाई, विजयपुर खोलाको पुल मर्मत सन्दर्भमा दुवैतर्फ हेली लोडका सवारीलाई डाइभर्सन, तोकिएकोभन्दा बढी भाडा लिने बस र माइक्रोमध्ये ३१ लाई कारबाही लगायत छन् ।
यस अवधिमा भएका केही हत्याकाण्डका घटनामा दोषीलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न समेत प्रहरी सफल भएको दाबी गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको असार १ को निर्णयअनुसार एसपी कार्कीको प्रहरी प्रधान कार्यालय विशेष व्यूरो नक्सालमा सरुवा भएको हो । उनको स्थानमा कास्कीमा प्रदेश ५ प्रहरी कार्यालय दाङबाट जीवनकुमार श्रेष्ठ आएका छन् ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१