पोखरा, ५ असार ।
पर्वत जिल्ला अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरुमध्ये २ पुरुष र ३ महिला हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी ५ स्वास्थ्यकर्मीसहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भेटिएको पुष्टि गरेको हो । कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा पर्वत कोरोना अस्थायी अस्पतालको रुपमा संचालन गरिएको थियो ।
सो अस्पतालमा खटिएका जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमध्ये २ डाक्टर, १ स्टाफ नर्स, १ ल्याब असिष्टेन्ट र १ कार्यालय सहायकमा कोरोना पुष्टि भएको हो । योसँगै पर्वतमा मात्रै कुल ४३ जनामा कोरोना पुष्टि भएको छ । ८ जना निको भइ घर फर्केको स्वास्थ्य कार्यालयका प्रवक्ता प्रवीण भण्डारीले जानकारी दिए । उनका अनुसार गुप्तेश्वरमा ती स्वास्थ्यकर्मीहरु संक्रमितको उपचारका लागि ७ दिनसम्म खटिएको र थप ७ दिनसम्म क्वारेन्टाइन बसेकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नमुना पठाइएकाे थियाे ।
जसमा उनीहरुको रिपोर्ट अन्ततः पोजेटिभ देखिएको हो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ लगायत कार्यको लागि सरोकारवालाको बैठक बसेको भण्डारीले जानकारी दिए । गुप्तेश्वरस्थित पर्वत कोरोना अस्पतालमा बिहीबारसम्म ३० जना संक्रमितको उपचार भइरहेको थियो । प्रदेशमै स्वास्थ्यकर्मीमा समेत कोरोना पुष्टि भएको पहिलो हो ।
पर्वत अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द भएका छन् । पर्वत अस्पतालले शुक्रबार नै विज्ञप्ति जारी गरी अस्पतालका स्वास्थ्यकर्मीहरुमा कोभिड–१९ पोजेटिभ देखिएको हुँदा इमर्जेन्सी बाहेकका अरु सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । अस्पतालका तर्फबाट मेडिकल सूपरिटेन्डेण्ट डा. शिशिर देवकोटाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रदेशअन्तर्गत तनहुँका १७ जना, बागलुङका १० जना नयाँ संक्रमित फेला परेका छन् । योसहित प्रदेशमा कुल संक्रमित संख्या ३ सय ८० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान पनि पहिलो विज्ञप्ति जारी गरी कास्कीका ६ सहित २४ जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो । यसरी पछिल्लो २४ घण्टामा मात्रै ५६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार एकैदिन ७७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।
निर्देशनालयको पछिल्लो विज्ञप्ति अनुसार तनहुँको घिरिङ गाउँपालिकामा १७ जनामा कोरोना देखिएको छ । तीमध्ये ३ महिला छन् । यस्तै, बागलुङ नगरपालिकाका ५ जना पुरुष, ढोरपाटन नगरपालिकामा ४ जना पुरुष र १ जना महिला छन् । गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक सबैमा कोरोना फैलिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१