पोखरा, ४ असार । गण्डकी प्रदेशमा एकैदिन ७७ जना कोरोना संक्रमित देखा परेका छन् । योसँगै गण्डकीमा कुल संक्रमित ३ सय २४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक सबै जिल्लामा कोरोना फैलिन गएको हो । बिहीबारमात्र हिमालपारीको जिल्ला मनाङमा कोरोना पुष्टि भएको थियो । बिहीबार देखिएको संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये सबैभन्दा उच्च हो । यसअघि एकैदिन अवधिमा जेठ २५ मा गण्डकीमा ३८ जनासम्म कोरोना देखिएको थियो ।
निर्देशनालयका अनुसार बिहीबार पछिल्लोपटक स्याङ्जा, पर्वत, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र बागलुङमा गरी कुल ३० जनामा संक्रमण देखा परेको छ । उनीहरु सबैजना भारतबाट फर्किएको र सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दैआएका थिए।
स्याङ्जा आँधीखोला गाउँपालिकाका ७२ र ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । सोही गाउँपालिकाका वर्ष १३ र १९ का पुरुषमा समेत कोरोना देखिएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका ५ जना पुरुषमा समेत कोरोना देखा परेको छ । उनीहरु २१, ३३, २६, ३० र १८ वर्षका छन्।
पर्वतको कुष्मा नगरपालिकाका २० वर्षीय पुरुष, फलेबासका वर्ष १९ र २२ तथा जलजला गाउँपालिकाका १६ वर्षीय पुरुषमा समेत कोरोना देखा परेको छ।
तनहुँको व्यास नगरपालिकाका वर्ष ४२, २९ र २५ का पुरुष बागलुङ गलकोट नगरपालिकाका ३३ वर्षका पुरुष छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका ९ जना र विनयत्रिवेणी गाउँपालिकाका ४ जना पुरुषमा कोरोना पुष्टि भएको छ । हुप्सेकोटका वर्ष २० देखि ४० वर्ष उमेर समूहका छन् भने विनयत्रिवेणीका वर्ष २६, ३३, ३१ र ३५ का पुरुष हुन्।
यसैगरी, भरतपुर महानगरपालिकास्थित भरतपुर कोरोना विशेष अस्पतालमा गरिएको नमुना परीक्षणमा पर्वतकै थप ५ जनामा कोरोना देखा परेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार दोस्रो विज्ञप्तिअनुसार कुश्मा नगरपालिकाका ४२ वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै, मोदी गाउँपालिकाका ३० वर्षीय पुरुष र फलेबास नगरपालिकाका वर्ष ३० र ३७ का २ पुरुषमा कोरोना देखा परेको हो । फलेबासका २ जना पुरुषहरु कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहँदैआएकोमा अन्य भने सम्बन्धित पालिकाकै क्वारेन्टाइनमा बस्दैआएका थिए । उनीहरु समेत सबैजना भारतबाट फर्केका हुन् । संक्रमितलाई कुष्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए।
यसैबीच, गण्डकीमा बिहीबारै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना, तनहुँमा १२ जना, गोरखामा ११ जना र मनाङमा १ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको थियो । गण्डकीमा कुल संक्रमितमध्ये १ जनाको मृत्यु र २१ जना निको भएका छन्।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१