लकडाउन खुकुलोसँगै गोरखामा विकासले गतिलिन थाल्यो

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७७
Gorkha-Palace

गोरखा, ३१ जेठ । गणतन्त्र स्थापनासँगै राजनीतिको केन्द्र विन्दु रहँदै आएको गोरखा निर्वाचन क्षेत्र नं. १ मा पछिल्लो समय विकासका कार्यअरु अगाडि वढेका छन् ।

केही समयदेखि मन्दगतिमा अगाडि वढेको विकासको चरणले गति लिन थालेसँगै शहर देखि गाउँसम्मका योजनाहरुले प्राथमिकता पाउन थालेका छन् । निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचति सांसद हरिराज अधिकारी दीर्घकालीन र अल्पकालीन सबै योजनाहरु बनाएर जानुपर्ने र जनताका समस्याहरु एकपछि अर्को गर्दै समाधान गर्नुको विकल्प नरहेको बताउँछन् ।

आफ्नो निर्वाचन क्षेत्रमा एक घर एक धारा निर्माणको काम अघि बढिरहेको र सोहीअनुसार ठूला आयोजनाहरुमा केन्द्र सरकारको सहयोग माग गरिएको र सफल भएको उनले बताए ।सांसद अधिकारीको पहलमा जिल्लाको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, जलविद्युत, युवा लक्षित कार्यक्रम लगायतका क्षेत्रको विकासमा इतिहासमा अहिलेसम्मकै ठूलो रकम निर्वाचन क्षेत्र नं. १ मा आएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा रहेको गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा मध्यम देखि वृहत योजनाहरु संसदबाट स्वीकृत भएको हो । यस निर्वाचन क्षेत्र भित्र एकसय भन्दा बढी योजनाहरुवजेट सहित स्वीकृत भएको हो ।सांसद अधिकारीले यसै हप्ता ठूलो परिणाममा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए । उक्त सामग्री नेकपाका जिल्ला इञ्चार्ज कृष्ण धितालले गोरखा अस्पतालाई हस्तान्तण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width