संक्रमित रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद चिकित्सा सुरु

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७७
viber_image_2020-06-10_14-32-00

पोखरा, २८ जेठ । पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराको आइसोलेसनमा रहेका कोरोना संक्रिमितहरुकालागि रोग प्रतिरोधात्मक क्षमताको बिकास गर्ने खालका आयुर्वेदिक औषधिहरुको प्रयोग सुरु गरेको छ । त्यसैगरी संक्रमितहरुको तनाव व्यवस्थापनको लागि योगाभ्यास र प्राणायाम पनि सुरुवात गर्ने तयारी गरिएको छ ।

गण्डकी आयुर्वेद औषधालय कास्कीका प्रमुख आयुर्वेद चिकित्सक डा. कुमार कासुलाका अनुसार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखामा कार्यरत बरिस्ठ कविराज निरीक्षक नवीन किरण भुसाल, गण्डकी आयुर्वेद औषधालयमा कार्यरत डा. विवस बाँस्तोला, भेडावारी प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत आयुर्वेद चिकित्सक डा. अनिल थापा, साथै आइसोलेसन वार्ड इन्चार्ज विजयलक्ष्मी कोइराला लगायतका कर्मचारीहरु सहितको उपस्थितिमा त्यस्तो औषधि प्रयोग सुरु गरिएको हो ।

आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागद्वारा जारी कोभिड–१९ रोकथाम एवम व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम पश्चिमान्चल क्षेत्रीय अस्पतालका मे. सू. डा. अर्जुन आचार्य संगको छलफल पश्चात सेवा संचालनको कार्ययोजना तय गरि आइसोलेसनमा राखिएका चार जना संक्रमित ब्याक्तिहरुमा स्वास्थ्य परामर्श गरी आयुर्वेद औषधिको प्रयोग गरिएको छ ।
अहिले कोभिड – १९ व्यवस्थापनको मुख्य चिकित्सा योजना भएकोले इमर्जेन्सी बाहेकका अवस्थामा यसैगरी योग एवम् आयुर्वेद सहितको एकीकृत चिकित्साको माध्यमबाट कोरोना संक्रमितहरुको उपचारलाई प्रदेश भर संचालन गर्ने गरी आवश्यक तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ कविराज निरीक्षक नवीन किरण भुसालले जानकारी गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width