गल्याङ, २५ जेठ । श्रीमतीलाई खाना पकाउनू भनेर हिडेका गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लीला भण्डारी मृत भेटिएका छन् । गल्याङ वडा २, बटुवाका ४६ वर्षीय भण्डारी आइतबार साँझ ५ बजे घर नजिकै एक रुखमा नाम्लोले पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।
वालिङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी निरीक्षक नीरञ्जन घिमिरेले भण्डारीले आत्महत्या गरेको हुन सक्ने बताए । उनका अनुसार शव पोष्टमार्टमका लागि वालिङ प्राथमिक स्वास्थ्य चौकी राखिएको जनाएको छ ।
भण्डारी आइतबार बिहान ८ बजेतिर श्रीमतीलाई खाना पकाउनू म अहिले आउँछु भन्दै घरबाट निस्केको परिवारस्रोतले जनायो । दिनभर घर नफर्केपछि र मोवाइलमा समेत सम्पर्क हुन नसकेपछि परिवारजनले खोजी थालेका थिए । अंकललाई खोज्न जानुप¥यो भनी अभिषेक र अपिल निस्केकोमा उनीहरुले घरभन्दा ५ सय मिटर उत्तरपूर्व दबदबेको रुपमा नाम्लो पासो लगाएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
परिवारस्रोतका अनुसार भण्डारी केही समयदेखि तनावमा थिए । उनले अब अबकाश लिएर बस्छु भनी पटक पटक भन्दै आएका थिए ।
कोरोना भाइरस (कोभिड–१९) रोकथामका स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको यतिखेर उच्च महत्व छ । स्याङ्जाको वालिङमा हालसम्म २ जना कोरोना संक्रमित भेटिएका छन् ।
Related News
सम्बन्धित समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१