१. पोखराका उद्योग व्यवसायीहरुले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले देशमा लगाएको लकडाउन खुकुलो बनाउन माग गरेका छन् । लकडाउनका कारण व्यवसायीहरुको ढाड भाँचिएको छ भन्दै खुकुलो नपारिए अवज्ञा गर्ने पनि जनाएका छन् । साथै उनीहरुले समय तालिका मिलाएर व्यवसाय सञ्चालन गर्न दिन प्रदेश सरकारसँग माग गरेका छन् ।
२. लकडाउनले व्यापार व्यवसायमात्र होइन हरेक क्षेत्रलाई प्रभाव परेको छ । रोजगारीका अवसर गुम्दा दिनभर काम गरेर साँझ विहान हातमुख जोड्नेहरु जीवन मरणको दोसाँधमा पुगेका छन् । रोगले भन्दा पनि भोकले बढी मर्न सक्ने सन्त्रास बढेको छ । सबैतिर चिन्ताग्रस्त बनाएको छ ।
३. सरकारले लकडाउन गरेर जुनरुपले कोरोना नियन्त्रण गर्न खोजेको थियो, त्यो भने जस्तो भएन । खुल्ला सीमानामा राम्रो व्यवस्थापन गर्न नसक्दा दिनहुँ संक्रमित संख्या बढ्दै गएको छ । सीमानामा सुरुमै जाँच परीक्षण र क्यारेन्टिनको राम्रो व्यवस्था भएको भए यो स्थिति आउने थिएन । आफ्नै देशका नागरिकलाई स्वदेश प्रवेशमा कडाई गर्दा लुकीछिपी पस्ने र सिधै गाउँ पुग्ने धेरै भए ।
४. लकडाउनमा मात्रै कडाई गर्दा जनजीविकामा ठूलो असर पारेको छ । अर्थतन्त्र ध्वस्त हुन पुगेको छ । संक्रमित धेरै भएका मूलुकहरुले पनि लकडाउन खुकुलो गर्दै लगेका छन् । आवश्यक मात्रामा स्वास्थ्य सुरक्षालाई ध्यानमा रखेर लकडाउनका विकल्प खोज्नुपर्छ भन्ने आवाज चारैतर्फ उठेको छ ।
५. यसैगरी नियन्त्रणका नाममा आफ्नै देशका किसानहरुले उत्पादन गरेका फलफुल तरकारी बजारमा पु¥याउन अवरोध तथा नष्ट गर्ने गरिएबाट नोक्सानी मात्र होइन किसानहरुलाई मार्ने काम भएको छ । उपभोक्ताको अधिकारको समेत हनन् गरिएको छ । विना सुझबुझ तथा कसैको लहडबाजीबाट यस्ता घटना हुन नदिन सम्बन्धि निकायले समयमै ध्यान दिनु जरुरी छ । आधिकारिक निर्णय विना समाजमा अवरोध पु¥याउने काम गर्नेलाई सजाय हुनुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१