स्वास्थ्य सुरक्षा समाग्री सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७७
sahayog

पोखरा, २० जेठ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य सुरक्षा, औषधि तथा खाद्यान्य सामाग्री सहयोग गरिएको छ ।

विश्वव्यापीमहामारीको रुपमा फैलिरहेको कोभिड -१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउनका लागि शिक्षा र स्वस्थ्यको क्षेत्रमाकार्य गर्दै आईरहेको पोखराको नेलम्बो नेपालले आफ्नो कार्य क्षेत्रमा पर्ने ठाउँमा सहयोग गरेको हो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक किसन कोइरालाले माछापुच्छ्रे गाउँपालिका वडा   नं. ६ का वडाध्यक्ष हरिश्चन्द्र ढुड्डाना र वडा नं. ७ का वडाध्यक्ष समबहादुर गुरुङलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।माच्छापुच्छ्रे गाँउपालिका वडा नं. ६, धितालमा ४४ हजार ७ सय ८ रुपैया वरावरको पीपीई लगायत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु थर्मोमीटर, स्यानिटाईजर, डिस्पोजेबल मास्क, डिस्पोजेबल गल्वस, हातधुने साबुन हस्तान्तरण सहयोग गरेको हो ।

त्यसैगरी सोही गाँउपालिकाको वडा नं. ७ धम्पुसमा अवस्थित स्वास्थ्यचौकीलाई ६५ हजार ८ सय ३४ रुपैया वरावरको पीपीई लगायत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु थर्मोमीटर, स्यानिटाईजर, डिस्पोजेबल मास्क, डिस्पोजेबल गल्वस, हातधुने साबुन सहयोग गरेको हो ।त्यस्तै वडा नंंं. ६ मा बसोबास गर्ने पार्वती नेपाली र दीपेन्द्र नेपालीलाई ५ हजार ३७ रुपैया वरावरको नियमित रुपमाखाने औषधि र खाद्यान्य सामाग्रीहरु सहयोग गरेको नेलम्बो नेपालका सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले जानकारी दिए । नेलम्बो नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा माछापुच्छ्रे गाउँपालिका काम गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width