बागलुङ जिल्लाका नाकामा कडीकडाउ

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७७
81637392_499803944012160_6995728539889136421_n

बागलुङ, १० जेठ । कोरोना भाइरसको जोखिम बढेर गएपछि बागलुङ जिल्लाका नाका बन्द गराउन प्रहरीले सक्रियता बढाएको छ ।

विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि देशमा बन्दाबन्दी भएको बेला जथाभावी रूपमा तराई लगायतका जिल्ला बाट सवारीसाधनमा आएका ब्यक्ति बाट जोखिम बढेपछि नाका बन्द गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्ला भित्रीने प्रमुख नाकाबाट ठूलो तथा सानो सवारीसाधनले खाध्यान्न लगायत निर्माण सामाग्री ढुवानी गरेरल्याउदा अनिवार्य रूपमा कोरोना चेकजाँच गरेको प्रमाण भएका चालकलाई मात्रै प्रवेश गर्न दिने निति बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपक रिजालले बताए ।बागलुङ जिल्ला भित्रीने सवारीसाधनले खाध्यान्न निर्माण सामाग्री तरकारी फलफूल लगायत ढुवानी गर्दा मनपरि ढंगले अनावश्यक मान्छे समेत भित्र्याउने गरेपछि स्वास्थ जाँच गरेकालाई मात्र प्रवेश गर्न दिन शुरूवात गरेपछि प्रहरीको सक्रियता ह्वात्तै बढेर गएको छ ।

जिल्ला प्रवेश गर्ने मुख्य नाका बाट खाध्यान्न तरकारी फलफूल बोक्ने सवारीसाधन एम्बुलेन्सले मनपरी ढंगले मान्छे ओसारपसार गर्ने गरेको कारण जोखिम बढाएपछि अनुगमन शुरू गरेको बागलुङ नगरपालिकाका स्वास्थ कर्मि डिल्ली शर्माले बताए ।बागलुङ जिल्ला बाट अहिलेसम्म पर्वत म्याग्दी लगायतका जिल्लाबाट जथाभावी रूपमा खाध्यान्न सामाग्री बिक्रीवितरण हुदै आएकोमा अबदेखि छिमेकी जिल्लामा ढुवानी गर्न भने बन्द गराएको छ । कोरोनाको उच्च जोखिममा बागलुङ जिल्लामा दुई जना कोरोना संक्रमित बिरामी अस्पताल बाट निको भएर घर फर्किए पछि सरकारले गरेको बन्दाबन्दी फितलो भएको गुनासो आएपछि प्रहरी प्रशासनले जिल्लाका नाकामा चेकजाँच कडा गर्न शुरू गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width