गोरखा अस्पतालमा आईसियु मेसिन खरिद प्रक्रिया अघि बढ्यो

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७७
Gorkha hospital

गोरखा, ९ जेठ । कोभिड १९ अर्थात कोरोना भाईरसको कारण यसबाट सिर्जित अवस्थाका विरामी र अस्पतालमा आउने अन्य विरामीका लागि आवश्यक पर्दा प्रयोग गर्नेगरी गोरखा जिल्ला अस्पतालले ओरिजिनल मेसिन सहितको आईसियु कक्ष निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारको प्रचलित खरिद ऐन, नियमावली अनुसार प्रक्रिया अघि बढाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट (मेसु) नवीन थापाले बताए ।

स्वास्थ्य मन्त्रालयमा रहेको नीति योजना तथा अनुगमन महाशाखाले गोरखा अस्पतलमा भेन्टिलेटर सहितको आईसियू निर्माण गर्न बजेट निकासा गरेको छ । सार्वजनिक खरिद प्रक्रिया मिचेर काम गर्दा यस अघि सुदुरपश्चिम प्रदेशमा पुरानो नक्कली मेसिन परेको थियो । जिल्लामा ‘बायोमेटिकल इन्जिनियर’ नभएकाले प्रदेशबाट इन्जिनियर बोलाइएको मेसु थापाले बताए ।

मापदण्ड नपुगेका टेण्डरहरु रद्द गरेर पुनः टेण्डर प्रक्रियामा गएको उनले बताए । प्राविधिक र आर्थिक मूल्याङ्कन गरेर ठेक्का सम्झौता गर्ने नीति रहेको थापाको भनाई छ ।
गोरखामा समेत काम गरेका स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीका अनुसार नेपाल सरकारका सबै नियम पुरा गरेर मात्र आईसियु मेसिन जडान गर्न सकिन्छ , गोरखा जिल्लाको प्रक्रिया अघि बढेकाले केही हप्ता भित्र अस्पतालमा आईसियु कक्ष निर्माण हुनुपर्छ । यस कार्यका लागि महाशाखाले अस्पतालको खातामा रकम पठाइसकेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width