पोखरा, ८ वैशाख । पर्यटन व्यवसायको संरक्षण गर्दै सम्बन्धित व्यवसायीलाई पलायन हुनबाट जोगाउन घरभाडामा परिस्थिति अनुकुलको सहुलियत प्रदान गर्न पोखरा पर्यटन परिषद्ले सम्बन्धित घरधनीसँग अनुरोध गरेको छ ।
परिषद्का उपाध्यक्ष गोपिवहादुर भट्टराईले हस्ताक्षर गरी विहीबार जारी गरेको विज्ञप्तिमा कोरोना भाइरसबाट सिर्जित विषम परिस्थितिमा घरधनी र व्यवसायीहरुविच सौहार्दपूर्ण, मानवीय, व्यवहारिक र बैज्ञानिक ढंगबाट आपसी सहमति कायम गरी अगाडि बढ्न आग्रह गरिएको छ । त्यस्तो सहुलियतलाई परिषद्ले व्यवसायी बचाऔं अभियानको रुपमा उल्लेख गरेको छ ।
पर्यटन व्यवसाय खासगरी विश्व स्वास्थ्य संगठन र विश्व पर्यटन संगठनबाट सहज आवतजावत गर्न सक्ने वातावरण भएको स्पष्ट घोषणा भई कुनै पनि व्यक्ति ढुक्कसँग आवातजावत गर्न सहज र विश्वासिलो वातावरण नभएसम्म यसको पुनःउत्थान गर्न सकिने अवस्था नभएको तर्फ पनि विज्ञप्तिमा स्मरण गराइएको छ । यस्तो परिस्थितिलाई मध्यनजर गर्दै परिषद्ले यहाँको पर्यटन व्यवसायलाई पुनर्जिवन दिनका लागि तीनै तहका सरकारलाई विभिन्न सुझाव दिंदै आएको पनि परिषद्ले जनाएको छ ।
पर्यटन व्यवसायी पलायन भएमा समग्र पर्यटन क्षेत्रमा नै लामो समयसम्म नकारात्मक प्रभाव पर्ने भन्दै परिषद्ले पर्यटन क्षेत्रमा आफ्नो स्थीर सम्पत्ती भाडामा लगाउने घर धनी र व्यवसायी दुबै पक्षले एक अर्काको मर्का बुझी अगाडि बढ्नुपर्ने विषय पनि स्मरण गराइएको छ । व्यवसायको निरन्तरता हुने अवस्था सिर्जनाका लागि दुई पक्ष संयमता एवं जिम्मेवारी बोधका साथ अगाडि बढ्नुपर्ने पनि परिषद्ले जनाएको छ ।
विगतमा भुकम्प लगायतका संकटको घडीमा घर धनी र व्यवसायी विच आपसी समझदारीमा घरभाडा सहुलियत प्रदान भए झै आगामी दिनहरुमा पनि पर्यटन व्यवसायलाई पुनर्जिवन दिई दिगो रुपमै संचालन गर्न गराउनका लागि पर्यटन व्यवसाय संचालन भएका स्थानहरुका घरधनी र व्यवसायी विचको सम्बन्ध अझ गाढा र सुमधुर हुनुपर्ने देखिन्छ, विज्ञप्तिमा भनिएको छ ।
जारी लकडाउन अझ केही समय थपिन सक्ने अनुमान गर्दै परिषद्ले यस अवधिमा केही छिटपुट बाहेक सम्पूर्ण आर्थिक गतिविधि ठप्पप्रपायः रहेको स्मरण गराइएको छ । पर्यटन व्यवसाय भने गत २०७६ सालबाटै सुस्तता आउँदै हाल ठप्प नै रहेको जनाइएको छ । यो व्यवसाय मानवीय आवतजावतबाट मात्र सृजना हुने भएकोले कोभिड १९ को प्रत्यक्ष र सबैभन्दा बढी असर पर्यटनमा परेको र व्यवसाय खुले पनि त्यसको असर लामो समय पर्ने अनुमान परिषद्ले गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
hero news full width
मुख्य समाचार
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१