तनहुँ, ७ जेठ । शुक्लागण्डकी नगरपालिकाले कोभिड –१९ को संक्रमण फैलन सक्ने जनाई बाह्य जिल्लाबाट आयात गरिएका फलफूल तथा तरकारी धमाधम बरामद गरी नष्ट गर्न थालेको छ । बन्दाबन्दीका समयमा स्थानीय सरकारको नियम विपरीत फलफूल तथा तरकारी ढुवानी गरेको भन्दै ग २ च ८४७ नम्बरको मिनीट्रकलाई नियन्त्रणमा लिएर फलफूल तथा तरकारी नष्ट गरिएको उपप्रमुख सविता रसाइलीले जानकारी दिए।
जिल्लाका दश वटै स्थानीय तहले बाहिरी जिल्लाबाट आउने फलफूल तथा तरकारीमा पूर्ण रुपमा रोक लगाउने तथा स्थानीयस्तरमा उत्पादन गरिएका तरकारी स्थानीय स्रोत र साधनको प्रयोग गरी बिक्रीवितरण गर्न दिने निर्णय गरेका थिए।
स्थानीय सरकारले पटक पटक सूचना जारी गरी नियम उल्लङ्घन नगर्न आग्रह गर्दा गर्दै पनि अटेर गरेको पाइएकाले उक्त सवारी साधनलाई नियन्त्रणमा लिएर फलफूल तथा तरकारी नष्ट गरिएको नगर प्रमुख किसान गुरुङले जानकारी दिए । जिल्लाभित्र उत्पादन भएका फलफूल तथा तरकारी ढुवानी भने निर्बाध गर्न अनुमति दिइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१