नयाँदिल्ली, ७ जेठ । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ ।
भारतमा विगत २४ घण्टामा १४० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको कूल संख्या ३ हजार ३०३ पुगेको छ । कोरोनाभाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४२ हजार २९८ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १४९ जना उपचारका क्रममा रहेका छन् ।
भारतमा कोरोना संक्रमितको सबैभन्दा ठूलो संख्या महाराष्ट्र राज्यमा देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ३७ हजार १३६ जना, तामिलनाडूमा १२ हजार ४४८ जना, गुजरातमा १२ हजार १४० जना र नयाँदिल्लीमा १० हजार ५५४ जना संक्रमित देखिएका छन् । कोरोनाभाइरसको प्रसार समुदायस्तरमा फैलिनबाट रोक्न भारतमा जारी लकडाउन आगामी मे ३१ तारिखसम्म लम्ब्याइएको छ, तर मानिसको घुमफिर र यात्रामा धेरै खुकुलो बनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१