काठमाडौँ, ६ जेठ। कोभिड –१९ को संक्रमण साेमबार राती फेरि १८ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा परीक्षणका क्रममा नयाँ संक्रमण देखिएको बताए।
उनका अनुसार नयाँ देखिएका संक्रमितमा दैलेख र खोटाङ जिल्लाका पनि छन् । दैलेखमा संक्रमित देखिएसंँगै कर्णाली प्रदेशमा पनि संक्रमण देखिएको छ।
नयाँ संक्रमित सबै पुरुष छन् । उहाँका अनुसार संक्रमण देखिएकामध्ये धनुषा निवासी दुई, खोटाग हलेसी निवासी, बाँके नरैनापुर गाउँपालिका निवासी १२, दैलेख आठबीस वडा नंं १ निवासी एक , सुनसरी निवासी र झापा निवासी एक छन्।
यसअघि साेमबार नै ६२ जनामा संक्रमण देखिएको थियो। बिहान ९ र अपराह्न ५३ जनामा संक्रमण देखिएको हो। पछि देखिएका १८ जनासंँगै साेमबार मात्रै ८० जनामा संक्रमण देखिएको छ। संक्रमितमा सबभन्दा बढी बाँकेमा ५९ जनामा देखिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए।
साेमबार देखिएको संख्या सबभन्दा बढी हो ।संक्रमितको संख्या ३७५ पुगेको छ । दुई जनाको कोभिड –१९ का कारणले मृत्यु भएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उहाँहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।
Related News
सम्बन्धित समाचार
कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
hero news full width
मुख्य समाचार
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१