युवा बौद्ध संघ : जसले लकडाउनमा विपन्न परिवारलाई भोजन दान गरे

विनिता सुनार
वैशाख २४, २०७७
photo 1

पोखरा, बैशाख २४ । विश्वभर फैलिएको कारोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन संक्रमित बढेसँगै लकडाउन पनि बढ्दै गएको छ ।

जसको प्रत्यक्ष असर दिनहुँ काम गरेर खाने मजदुरहरुलाई परेको छ । त्यसकारण सरकारले गरेको लकडाउनलाई मध्येनजर गर्दै नदिपुरमा रहेको युवा बौद्ध सँघले बैशाख १५ गतेदेखि विपन्न परिवारहरुलाई भोजन दान गर्दै आएको छ ।

लकडाउनले विपन्न परिवारमाथि परेको समस्यालाई मध्येनजर गर्दै खाना खुलाउने योजना बनाएको युवा बौद्ध सँघका अध्यक्ष सुदिप प्रधानाङ्गले बताए । उनका अनुसार बौद्ध युवा संघले हालसम्म करिब ३ हजार जनालाई भोजन दान गरिसकेको छ ।

कार्यसमिति भित्र रहेका केहि सदस्यहरुबाट पैसा संकलन गरी सुरु गरेको अभियानमा उनीहरुले बैशाख १५ गते ४ सय जनालाई भोजन दान गरेका थिए । उनी भन्छन् ‘हामीले गरेको कामप्रति टोलबासीहरु पनि प्रोत्साहित हुनु भएको थियो । जसकारण अहिले हामीले वडासँगको सहमतिमा १ दिन विराएर भोजन वितरण गर्दै आएका छौ।’

युवा बौद्ध संघलाई बैशाख १७ गते इच्छा शक्ति अटो मोवाइल्सबाट ४ सय प्याकेट खाना, बैशाख १९ गते सिद्धि सेतुली स्मृति प्रतिष्ठान र इनरह्वील क्लब अफ पोखरा मिटटाउनले ४ सय प्याकेट खाना सहयोग गरेको थियो ।

वितरण गरेको ४ सय खानाले नपुगेपछि पछिल्लो सहयोगी दाताहरुले भने ६ सय जनालाई पुग्ने खानाको व्यवस्था गरिदिएका थियो । जसमध्ये बैशाख २१ गते मिलिजुली बुहारी समूहबाट ६ सय प्याकेट खाना, बैशाख २३ बौद्ध उपासिका सँघबाट ६ सय प्याकेट खाना र बैशाख २४ गते भौमचा गु्रप मोहरिया टोलबाट पनि हामीलाई ६ सय प्याकेट खानाको सहयोग आएको सुदिपले जानकारी दिए ।

यस्तै धर्मशिला बुद्धबिहार र युवा बौद्ध सँघले २५ गते (भोलि) परेको २५६४ औँ बुद्ध जयन्तीको अवसरमा हजारौ जनालाई खाना खुलाउने व्यवस्था गरेको छ । हरेक बर्ष भव्यका साथ मनाउँदै आएको बुद्ध जयन्ती कोरोना भाइरसका कारण त्यस बर्ष घरमा नै परिवारसँग बसेर पुजा गरिदिन संघले आग्रह समेत गरेको छ ।

धर्मशिला बुद्ध बिहारको कार्यक्रम फेसबुक पेजबाट लाइभ प्रसारण गरिने हुँदा आ–आफ्नो घरमा बसी बुद्ध पुजा तथा शिल प्राथना गर्ने धर्मशिला बुद्ध बिहारले आग्रह गरेको छ ।

कार्यक्रम बिहान ठिक ७ बजे देखि ७ः४५ बजेसम्म विहारका प्रमुख भिक्षु धजवन्तोबाट हुनेछ ।  यो सँगै धर्मशिला बुद्धबिहारले बुद्ध जयन्तीको अवसर पारेर ८ः३० बजे  खुल्ला रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै