जंगली च्याउ खाँदा एकै परिवारका ३ जना सहित ७ जना विरामी

रामकुमार श्रेष्ठ
वैशाख २१, २०७७
Wild_Mushrooms

Representative Image

नवलपुर, २१ बैशाख । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा ७ जना विरामी परेका छन् । जंगल गएर च्याउ ल्याएर खाँदा विनयी त्रिवेणी गाउँपालिका ४ सानो सिद्रेका एकै परिवारका ३ जना सहित ७ जना विरामी परेको विनयी त्रिवेणी ४ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारीले बताए ।

७ जना मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचार पछि घर फर्किएका छन् भने ४ जना गम्भीर विरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादु खाँणका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४, सानो सिद्रे निवासी १८ बर्षीय पुरुषोत्तम भण्डारी, २३ बर्षीय सुनिता भण्डारी, ११ बर्षीया पुनम भण्डारी र १४ बर्षीय पविन रिजाल गम्भीर विरामी भएका हुन् ।

४ जनलााई राति नै मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको छ ।

प्रहरीका अनुसार उनीहरुको अवस्था गम्भीर रहेको छ । लकडाउनका कारण नवलपरासीमा अहिले जंगलमा पाइने च्याउ, निउरो, गिठ्ठा लगायतका जंगलमा पाइने तरकारी खोज्ने जाने र खाने क्रम बढेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै