राजपा र राष्ट्रिय झण्डा

सम्पादक
असार २, २०७४

१. नेपालमा राष्ट्रिय झण्डाको प्रयोग जहाँ पनि र जे काममा पनि प्रयोग हुँदै आएको छ। त्यसो भएकोले राष्ट्रिय झण्डाको प्रयोग कहाँ कसरी भयो भन्ने कुराको खास लेखाजोखा पनि गरिँदैन। तर केही दिन पहिलेदेखि मधेश केन्द्रित राष्ट्रिय जनता पार्टीले तराई मधेसको कार्यक्रममा राष्ट्रिय झण्डा प्रयोग गरेको कुरा समाचार बनेको छ।

२. तराई मधेसका केही पार्टीरुले कुनै बेला विखण्डनको धम्की दिने र राष्ट्रिय झण्डा जलाउने पनि गरेका थिए। उनीहरुले त्यस्तो अवाञ्छनीय काम गरेपछि उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो। उनीहरुमाथि भारततिर नजिक भएको आरोप पनि लगाइयो। उनीहरुलाई भारतले प्रयोग गरेको भन्ने पनि गरियो।

३. छिमेकी भारतले हाम्रो सीमा अतिक्रम गरेको छ। जङ्गे पिलर नेपालतिर सार्ने काम गरेको छ। सीमामा बाँध बनाएर नेपालबाट बग्ने पानी रोक्ने काम गरिरहेको छ। त्यसको परिणाम हाम्रो सीमावर्ती क्षेत्रमा बस्ने दाजुभाइहरुको प्रत्येक वर्ष घरखेत डुबानमा पर्ने गरेको छ। यस वर्ष पनि त्यो क्रम शुरु भएको छ।

४. यी सबै हुँदा पनि मधेसमा आधारित राजनैतिक पार्टीका नेताहरुले कहिल्यै सीमा अतिक्रमण गरेको र सीमामा भारतले अनधिकृत रुपमा बाँध बनाएर नेपाली भूभाग डुबानमा पारेको अन्यायपूर्ण कामको विरोध गरेको सुनिएको छैन। उनीहरु किन मौन बसे, त्यसलाई रहस्यमय ठानिएको छ।

५. तर अहिले राष्ट्रिय जनता पार्टीले सीमावर्ती क्षेत्रमा हाम्रो राष्ट्रिय झण्डा लिँदै यता उता कार्यक्रमहरु गरेकोमा कतिपयले आर्श्चर्य मानेका छन् भने त्यसलाई कतिपयले सकारात्मक रुपमा लिने गरेका छन्। सीमावर्ती क्षेत्रमा राष्ट्रिय झण्डा प्रयोग हुनु वा देखिनु राम्रो लक्षण हो।

६. सीमा अतिक्रमण र सीमावर्ती क्षेत्रमा भारतले अनधिकृत रुपमा बनाएको बाँध आदिबारे अन्य राजनीतिक पार्टीरुले पनि खास विरोध गरेको पाइँदैन। यस क्षेत्रमा हाम्रा राजनीतिक पार्टीर पार्टीका नेताहरुको कमजोरी नै मान्नु पर्दछ। उनीहरुमध्ये केहीले, कहिले काहीँ देशभक्तिको नारा लगाएको त सुन्छि, तर व्यवहारमा त्यस्तो देखाउने गरेका छैनन्।

७. यी सबैको परिप्रेक्ष्यमा राष्ट्रिय जनता पार्टीले नेपालको राष्ट्रिय झण्डाको प्रयोग गरेर कार्यक्रमहरु गरेकोमा राम्रो लक्षण मान्नु पर्दछ। झण्डाको प्रयोग गरे अनुसार सीमावर्ती क्षेत्रमा भएको अतिक्रमण हेर्ने र त्यसको विरोध गर्ने गरेमा राष्ट्र र राष्ट्रियताको लागि त्यो ठूलो कुरा हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग