१. देशमा वर्षा शुरु भएको छ। वर्षा शुरु हुनासाथ बाढी पहिरोको समाचार आउन थालेको छ। बाढी, पहिराले केही ठाउँमा धनजनको क्षति पनि गरेको छ। यो नेपालीको नियति नै भएको छ कि प्रत्येक वर्षामा केही दर्जनको संख्यामा मानिसहरूको मृत्यु हुने गरेको छ भने खेतबारी नष्ट गर्ने गरेको छ।
२. यस पटकको मनसुनको पहिलो प्रकोप पोखरामा परेको छ। पोखराका वरपरका डाँडाकाँडाहरूमा हल्का पहिरो गएको छ। यहाँको फिके खोलामा आएको बाढीले केही घरहरूलाई क्षति गरेको छ। अन्यत्र पनि केही क्षति गरेकोछ, तर माटेपानी गुम्बा पहिरोको जोखिममा परेको समाचारले सवैलाई चिन्तित पारेको छ।
३. माटेपानी गुम्बा रहेको डाँडाको फेदीबाट चापापानीहुँदै काहुँ जाने बाटो विस्तार गर्ने क्रममा डाँडामा पहिरो जान थालेको हो। केही दिन पहिले त्यहाँ सासानो पहिरो गएको थियो भने शुक्रवार र शनिवार भएको वर्षाले त्यहाँ ठूलो पहिरो गएको छ। त्यस पहिरोले माटेपानी गुम्बा जोखिममा परेको छ।
४. माटेपानी गुम्बाको धार्मिक ऐतिहासिक एवम् पर्यटकीय महत्व छ। त्यो गुम्बा पोखराको शोभा पनि हो। पर्यटकहरू गुम्बामा पुगेर पोखरा उपत्यकाको अवलोकन गर्दछन्। गुम्बामा सयजना भन्दा बढी लामाहरू पढ्ने र बस्ने गर्दछन्। पहिरोका कारण ती लामाहरू आत्तिन थालेका छन्।
५. हामी विकासका लागि आत्तिएका छौँ। आत्तिएका कारण हामीले विकास गर्ने भन्नासाथ दायाँवायाँ, मौसम आदि केही नहेरी तैयार हुन्छौँ। त्यसमा पनि आषाढ महिना हाम्रो विकासे महिना हो। यस महिनामा काम भएन भने बजेट फिर्ता जान सक्छ। त्यस दृष्टिले पनि हामी यो शुद्ध वर्षामा बाटो खन्ने लगायतका काम गर्दछौँ। हाम्रो त्यही कारणले धेरै ठाउँमा बाढी पहिरो निम्त्याउने गर्दछ।
६. बाढी पहिरोलाई हामी दैवी प्रकोप भन्छौँ। तर यो दैवी प्रकोप हाम्रै कमजोरी र असावधानीका कारण भएको छ। तर त्यसलाई हामीले ख्याल गर्दैनौं। दैवी प्रकोप किन हुन्छ भन्ने पनि सोच्नु आवश्यक छ। कहीँकतै विकास गर्दा, त्यस विकासका कारण अन्त कतै विनाश गर्दछ कि भनेर सोच्नु पनि उत्तकै आवश्यक छ।
७. हाम्रो जमीन भूकम्प आदिले केही कमजोर बनाएको छ। डाँडामा जहाँ पायो त्यहीँ बाटो खन्ने, डोजर लगाउने र कहीँ कतै त इञ्जिनियर विना नै त्यस्तो काम गर्ने गरिएको पनि सुनिन्छ। मौसमलाई ख्याल नगर्नु अको कमजोरी हो। यस्तो कुरामा सम्बन्धित पक्षले बढी ख्याल गर्नुपर्दछ। पहिरोका कारण जोखिममा परेको माटेपानी गुम्बा लगायतका ठाउँहरूमा रोकथामको उपाय गर्नु पर्यो। त्यसलाई सुरक्षित पनि गर्नु पर्यो र त्यसबाट पीडितहरूलाई राहत दिने काम गर्नु पर्यो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१