दुर्घटनाले त्रास फैलायो

सम्पादक
असार ११, २०७४

१. देशमा फेरि एकपटक यातायातका क्षेत्रमा दुर्घटनाका घटना बढ्न थालेका छन्। दिनहुँ दुर्घटनाको समाचार आइरहेको छ। कहिलेकाहीँ एकै दिनमा ३/४ ठाउँमा पनि दुर्घटना भएका छन्। दुर्घटनाबाट कतिपयको मृत्यु भएको छ भने केही घाइते भएर अंगभ· भई अपा· भएका छन्। कोही लामोसमय अस्पतालको बेडमा बसेर औषधोपचार गराइरहेका छन्।

२. यो २/४ दिन यता पोखरा, नारायणगढ र धादिङको दुर्घटना सम्भिmयो भने सर्वसाधारणको आङ सिरिङ्ग हुन्छ। मानिसहरूलाई घरबाट निस्कनै नहुने हो कि भन्ने समेत परेको छ। कहिले परीक्षा दिएर स्कुटरमा आएकाहरूलाई बसले ठक्कर दियो भन्ने समाचार आउँछ भने कहिले बसको ढोकामा उभिएर यात्रा गरेका सहचालक पोलमा ठोकिएर मृत्यु भएको कुरा आउने गरेको छ।

३. नारायणगढ-मुग्लीन खण्डको चार किलोमा पहिरो पन्छाएर र्फकदै गरेको प्रहरी भ्यान र एक ट्रक काली खोलामा खसेको र त्यस घटनामा चार जना प्रहरीको दुःखद निधन भएको छ। त्यस्तै धादिङमा पनि अत्यधिक दुर्घटना हुने गरेको छ। दुर्घटनाको श्रृंखला यसबीच बढ्दै आएको छ।

४. दुर्घटनाका घटना कम गर्न धेरै प्रयास पनि भएका छन्। बटुवाहरूलाई सडकमा हिँड्न सिकाउने काम पनि गरिएको छ। उनीहरूले जेब्रा क्रसिङबाट मात्र बाटो काट्नु पर्ने नियम पनि सिकाइएको छ। काठमाडौंमा केही समय पहिले त अन्यत्रबाट बाटो काटेमा २ सय रुपैयाँ जरिवाना गर्ने पनि गरिएको थियो।

५. जेब्रा क्रसिङबाट बाटो काटिरहेकै बेला जेब्रा क्रसिङमा नै गाडिले ठक्कर दिएर यात्रीको ज्यान गएको घटना भएको धेरै भएको छैन। बुटुवाहरूले ट्राफिक रुल नियम नजानेको हुन सक्छ। बुझेर पनि कहिकतै सधै’ हिँडिरहेको बाटो भनेर अन्तैबाट बाटो काटिएको पनि हुनसक्छ। त्यस्तो कुरा धेरै पढेलेखेकाहरूले पनि गरेको देखिन्छ।

६. हाम्रो देशमा रुल नियमको त्यत्ति ख्याल गर्ने गरि’दैन। बटुवाहरूले मात्र होइन, ट्रर्नि· लिएर ट्राफिक रुल नियम जानेका, जानेर परीक्षामा समेत पास भएका र पास भएर गाडी चलाउने लाइसेन्स प्राप्तसमेत गरेकाले पनि ट्राफिक रुल नियम पालन गरेका र उल्लंघन गरेका घटना प्रशस्त छन्।

७. सवारी चलाउनेले रुल नियम पालना गरेको भए दुर्घटनाको संख्या उल्लेखनीय रूपमा घटना सक्छ। दुर्घटना मात्र होइन, काठमाडौको कलंकीमा हुने गरेको ट्राफिक जाम नहुन सक्छ। हाम्रो सरकार र अन्य सम्बन्धित निकायहरूले त्यो ट्राफिक जामलाई दैवी घटना जस्तो मानेका छन्। अवश्यंभावी संझेको छ। वषौर्देखि त्यो जाम यथावत छ। मानौ’ त्यसलाई हटाउने अब हामीसँग विकल्प नै छैन। हामी भन्छौ’- त्यो ट्राफिक नियमको पालनाको अभावमा भएको हो। त्यो मानवीय कमजोरी हो। त्यो लाइसेन्स प्राप्त व्यक्तिहरूबाट गरिएको जाम हो। रुल नियमको पालना गराएर, त्यसको रेखदेख गरेर त्यसलाई घटाउन र हटाउन सकिन्छ। त्यस्तै रुल नियमको पालना गरेर अरु दुर्घटना पनि घटाउन सकिन्छ। त्यसको सम्बन्धित निकाय सजग र सतर्क हुनु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग