सामाजिक कुरीति

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७०

हाम्रो परम्परावादी समाजमा धेरै किसिमका कुसंस्कार कायम छन्। गुरुङ जातिको अघौर्ं गर्दा  लाखौंलाख खर्च गरिन्छ। सो कार्य गर्दा आफन्त सबैलाई यथाशक्यभन्दा पनि बढीबढाउ रूपमा कोभन्दा को कम भन्ने अभ्रि्राय राखी उक्त कार्यलाई सहयोग गर्छन्। ठीक छ, हुनेले त खर्च गर्छ, जसको  दयनीय अवस्था छ, बिहान बेलुकीको छाक र्टार्न पनि धौधौ छ। त्यस्तो व्यक्तिले कहाँबाट ल्याएर समानुपातिक रूपमा खर्च गर्न सक्छ ? विचारणीय कुरा छ। एउटा बाबु, आमा अथवा अरु कसैको  अघौर्ं गर्दा सुकुम्वासीसम्म हुन पुगेका मान्छे पनि यो समाजमा थुप्रै छन्। तपाइँ आफ्नो बुबा, आमाको जीवित अवस्थामा राम्ररी पालनपोषण, औषधि, उपचार, रेखदेख गर्नुहोस्। मरेपछि यो गर्नु र्व्यर्थ छ। पञ्चतत्त्वबाट बनेको यो शरीर पञ्चतत्त्वमा नै मिल्छ, नर्क स्र्वर्ग केही छैन सबै जीवित अवस्थामा नै छ।  मानिस मरेपछि भूत प्रेत, पिशाच वायु दोखालो भएर ब्युँतियो र दुःख दियो भनी अनावश्यक रूपमा प्रचार-प्रसार गरिने कार्यका भण्डाफोर गरी रोक लगाउन नितान्त आवश्यक छ। अब ब्राÞमण जातिमा कायम रहेको कुसंस्कारकै कुरा गरौं,  विवाह गर्दा अनावश्यक रूपमा धाक रवाफ, फूर्ति देखाएर तिर्न सक्ने अवस्था नभए पनि ढाँटछल गरेर ऋण काढेर भोजभतेर गरिन्छ, पछि टाउकोमा हात राखेर सुइया… गर्छन् आफ्नो औकात अनुसार जति पैसा खर्च गर्ने विचार छ त्यति नै पैसा ती दुवै केटाकेटीका नाउँमा बैड्ढमा राखिदिएको खण्डमा भोलि भविष्यमा धेरै काम लाग्छ। त्यही रकम बाट सानोतिनो पेशा गरी जीविकोपार्जन गर्न कार्यमा टेवा पुर्‍याउँछ। यो दुनियाँमा आजको खर्बपति भोलि सुकुम्वासी पनि हुन सक्छन्, सुकुम्वासी पनि सही किसिमले काम गर्दै गएमा खर्बपति हुन बेर लाग्दैन।  पितृ उद्धार गर्ने कार्यमा पितृ पुराण, सप्ताह श्राद्धजस्ता कार्य त तत्कालीन समयका हामी पण्डित हौं भन्ने सोषण विचार भएका मुठ्ठीभरका केही सीमित व्यक्तिले कमाइ खाने भाँडो बनाएका मात्र हुन्। त्यो अझै कायम छ। यस्ता सामाजिक कुरीतिलाई आजको २१ औ शताब्दीमा सचेत देश समेत हाँक्न सक्ने क्षमतावान युवा पिंढीले विचार गरी जरैदेखि उखेलेर फाल्नुपर्दछ।

तपाइँहरू यस्ता कुरीतिबाट मुक्ति हुन अनावश्यक रूपमा गर्ने खर्च बन्द गरी असहाय, दीनदुखी, वृद्धवृद्धालाई यथाशक्य रूपमा लत्ताकपडा, फलफूल वितरण गरी सेवा सहयोग गर्नुहोस्। त्यस्तै स्कुल, कलेज, अस्पतालजस्ता सामाजिक कार्यमा सहयोग गर्ने बानी बसाल्नुहोस्।

अब गजबको हाँसोलाग्दो, अपत्यरीलो, हुँदै नहुने असम्भव कुरा त अर्काे छ। यो ब्रम्हाण्डमा ३३ कोटी देवीदेवता भनौंदा छन् रे भनेर भनिन्छ। यहाँ संसारमा ३३ कोटी जनसङ्ख्या त छैन, ल ठीक छ, एकछिनलाई उनीहरूकै कुरा पत्याऔ। प्रत्येक एक व्यक्तिलाई एउटा देवता हुने भयो। त्यस्तो भएपछि त कसैलाई पनि दुःख, कष्ट, विमार, चोटपटक आदि झन्झटबाट मुक्त दिलाउन सक्नुपर्दथ्यो। खोर्इ, त्यो केही कतै फलानो देवाताले फलानालाई यसो उसो गर्नुभयो भनी बरदान दिइएको सुनिएको कहीँ कतै देख्नुभएको छ ? अब जवाफको सवाल छ। मन्दिरमा देवीदेवताको मूर्ति चोरी हुन्छ, त्यस्तो अवस्थामा त्यो चोरलाई ठहरै त्यहीँ समाएर समाजको अगाडि खडा गर्न सक्नुपर्दैनथ्यो – यो कहीँकतै भएको देख्नु, सुन्नुभएको छ ? राजालाईर्र् इश्वर अवतार मान्ने कुरीति प्रचलन कायम छ। वीरेन्द्र शाहको वंश नाश हुँदा देख्ने ती देवता भनौंदाहरू कहाँ लुकेका थिए वा लुकाइका थिए र त्यतिखेर त्यो मार्ने व्यक्तिलाई मार्न सक्नुपर्दथ्यो वा समाएर देश समाजको अगाडि खडा गरी देखाउन सक्नुपर्दथ्यो।

आज त्यो व्यक्ति मार्ने वा त्यो गिरोह देश विदेशमा मोजमस्ती यश आराम गरी हिँडिरहेको छ। अतः यहाँहरूलाई मेरा सुझाव छ, यस्ता अपत्यारिला, असम्भव, कपोलकल्पित, विश्वास गर्ने नसकिने कुराको पछाडि लागेर नहिँड्नुहोस्। कागले कान लग्यो भनेर कागको पछि नलाग्नुहोस् आफ्नो कान छ कि छैन त्यो कुराको ख्याल गरी तबमात्र अगाडि बढ्नुहोस्।

यो स्वार्थी दुनियाँमा कसैले कसैको माया गर्दैन। छोराछोरीले बाबुआमाको, बाबुआमाले छोराछोरीको, श्रीमानले श्रीमतीको, श्रीमतीले श्रीमानको, अन्य इष्टमित्र, दाजुभाइ बन्धुवर्गले सरोकारवाला व्यक्तिको, सरोकारवाला व्यक्तिले तिनीहरूको। यो सबै नाटक त बाँच्न लाउन, खान गरिएको एउटा खेलमात्र हो।अब यहाँनेर पाठकसमक्ष कसैले पनि कसैको मायाममता गर्दैन भन्ने ठोस उदाहरण भनौं या प्रमाण भनुँ त्यो प्रस्तुत गर्ने अनुमति चाहन्छु। हजुर हामी शारीरिक काम गर्ने क्रममा आफ्नो शरीरले आफ्नो माया गर्दैन। जस्तैः तपाइँ घाँस काट्ने क्रममा तलमाथि भइदिएको अवस्थामा आफ्नो हात आफैले काटिदिन्छ, तत्कालीन समयामा त हात यो मेरो शरीरको अ· हो काट्नहुँदैन भनी रोक्न सक्नुपर्दथ्यो तर त्यसो हुँदैन। अब स्वयं हजुरहरूले नै मलाई यसको चित्त बुझ्दो ठोस जवाफ दिनुहोस्, अहँ ∕ त्यो कसैबाट पनि सम्भव छैन। पूर्व नै मैले यहाँहरूसमक्ष अनुरोध गरिसकँे यो स्वार्थी दुनियाँमा कसैले कसैको माया गर्दैन, सक्नुहुन्छ भने आफ्नो जिउधनको सुरक्षा स्वयं आफै गर्नुहोस। कसैको भर, विश्वासमा नलोभिनोस्, बरु पञ्चत्वमा विलिन हुनुभन्दा पूर्व समाजमा यथाशक्य कीर्ति, मान, प्रतिष्ठा कायम गर्ने प्रयास गर्नुहोस्।

Related News

सम्बन्धित समाचार

hero news full width