सामाजिक अध्ययनका प्रश्नको स्तर र यथार्थ

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७२

शिक्षालयहरूमा सामाजिक अध्ययनको उद्देश्य अनुरुप आन्तरिक होस् वा प्रवेशिका परीक्षाको परीक्षा, प्रश्नहरू शिक्षार्थीको जीवनशैलीसँग शतप्रतिशत सरोकार राख्ने खालका हुनुपर्छ। उनीहरूको दैनिक जीवनमा आइपर्ने विभिन्न आधारमा ज्ञानको जानकारी लिनु र त्यस ज्ञानलाई कुशलतापूर्वक र इमान्दारीसाथ प्रयोग गर्ने बुद्धि विकास भएको छ कि छैन भनी मूल्याङ्कन गर्नु परीक्षा वा प्रश्नहरूको उद्देश्य हो। यस अर्थले उनीहरूलाई विषयवस्तुको विशिष्ट जानकारी दिनुपर्ने वा गहिराइमा जान्नुपर्ने आवश्यकता हुँदैन।

समाज र राष्ट्रको सामाजिक, राजनीतिक र आर्थिक प्रगति अनुसार दैनिक जीवन सभ्य, शिष्ट तथा कुशलतापूर्वक गुजारा गर्ने ज्ञान र बुद्धि माध्यमिक स्तरका शिक्षार्थीमा भए पुग्छ। यसअन्तर्गत तीन तथ्य हाम्रासामु देखा पर्छन्। यी तीन यथार्थको आधारमा माध्यमिक शिक्षालाई एसएलसी ग्रयाजुयट भनिन्छ। एसएलसीपछि तिनीहरूमा स्वास्थ्य शिक्षा अर्थात् आफ्नो स्वास्थ्यको हेरविचार गर्ने ज्ञान जस्तैः सङ्क्रमणको जानकारी र रोकथाम, सरसफाइ, किनबेच गर्दाको हिसाब गर्ने क्षमता, देशको राष्ट्रियता र राजनीतिको जानकारी तथा पत्राचार गर्ने आदि विभिन्न विषयको अनिवार्य तर आधारभूत क्षमता र कार्यकुशलता हासिल गर्ने भएपछि उनीहरूले विभिन्न समाज र निकायसँग आफ्नो सम्बन्ध र अन्तरसम्बन्धको परिवेश बुझ्ने भएको हुनाले नै माध्यमिक शिक्षालाई एसएलसी ग्राजुयट भनिएको हो।

अतः सामाजिक अध्ययनका तीन तथ्य वा यथार्थ यस प्रकारका छन् :

१)     एसएलसी शिक्षा हासिल गरेपछि कोही अगाडि अध्ययन नगरी वा पढाइ छाडेर कमाइ गरी आफ्नो परिवारको परिपालन गर्न कुनै न कुनै पेशामा लाग्छन् र पढाइ छोड्छन्। तिनीहरूका लागि उपरोक्त दैनिक जीवनमा आवश्यक पर्ने योग्यता वा क्षमताको आवश्यकता पर्छ ताकि उनीहरूको पेशागत जीवनशैली सक्षम र सन्तुष्टमय होस्।

२)     कोही आ-आफ्नो रुचि, क्षमता र उद्देश्य प्राप्त गर्न विभिन्न विषय जस्तैः विज्ञान, भाषा, इतिहास, भूगोल, टेक्नोलोजी, व्यवस्थापन आदि विषयमा पारङ्गत हुन अगाडि अध्ययन गर्छन् वा अध्ययनलाई निरन्तरता दिन्छन्। किशोरावस्थाको उमेरअनुसार घरमा, सहरबजारमा, राष्ट्रमा ‘समाजमा व्यक्ति’ -हृयुमेन इन सोसाइटी) को व्यवहारिक जीवनका लागि पनि एसएलसीको योग्यता वा क्षमता चाहिन्छ।

३)     सामाजिक अध्ययनलाई ‘सबै कुरा जान्ने तर कुनै कुरामा पनि निपूर्णता नहुने’ विषय   भनिन्छ। यो कुरा यथार्थ हो। सामाजिक अध्ययन विषयमा राजनीतिक कुरा, भूगोलका कुरा, अर्थतन्त्रका कुरा, व्यवस्थापन, समाजको कुरा, इतिहास, अन्तर्राष्ट्रिय विषय आदिको आधारभूत ज्ञान दिइने भएकाले नै यो विषयलाई अङ्ग्रेजीमा ज्याक अफ अल मास्टर अफ नन् अर्थात् ‘सबै कुरा जान्ने तर विशिष्टता नभएको’ भनिन्छ। माथिल्लो स्तर-दश जोडा दुर्इ, स्नातक र स्नातकोत्तर तथा विद्यावारिधि स्तरमा सामाजिक अध्ययन नभएको र केवल विषयगत स्तरमा आफ्नो इच्छाअनुसार इतिहास वा भूगोल वा अर्थशास्त्र वा समाजशास्त्र (सोसियोलजी) आदिमा छुट्टएिको हुँदा, सामाजिक अध्ययनको विषय माध्यमिक स्तरमा नै टु·निे हुनाले यस विषयलाई ‘मास्टर अफ नन’ भनिएको हो।

त्यस कारण सामाजिक अध्ययन विषयको परीक्षा लिँदा प्रश्नहरू उपरोक्त परिप्रेक्ष्यभित्र आउनुपर्ने र बनाउनुपर्ने देखिन्छ। २०७० सालको एसएलसीमा धेरै विद्यार्थी सामाजिक अध्ययनमा अनुत्तीर्ण भए भन्ने जनगुनासो आएको थियो। धेरैले कतिपय प्रश्न माध्यमिक शिक्षार्थीको उमेर र सहज ज्ञानलाई वास्ता नराखेर, गहिराइमा पुगेर उत्तर दिनुपर्ने खालका थिए भनी गुनासो गरेको देखियो, सुनियो। यस्तो गुनासो मेहनत गरेर पढाउने सरकारी र निजी स्तरका बोर्र्डिरू स्कूलहरूले पनि गरेका थिए। उनीहरूको भनाइमा अरु विषयमा डिस्टिरङसन ल्याए पनि कोही सामाजिक अध्ययनमा कम नम्बर आएकाले डिस्टिरङ्सन आएन, कोही त सामाजिक अध्ययन विषय नै लागेर असफल भए भन्ने थियो।

२०७० को तुलनामा २०७१ सालको एसएलसीको प्रश्न तुलनात्मक रुपले व्यवहारिक अर्थात् जनबोलीमा ‘सजिलो’ भन्ने सुनियो। फलस्वरुप तुलनात्मक रुपले डिस्टिरङसनवाला मात्र होइन, उत्तीर्णको सङ्ख्या पनि बढ्यो भन्ने जनआवाज आयो। यस सर्न्दर्भमा वोध गर्नका लागि, कडा र व्यवहारिक प्रश्नको फरक कस्तो हुन्छ भन्ने नमुना भर्खरै सिद्धिएको प्याब्सनको प्रश्नबाट झिकेर यहाँ प्रस्तुत गर्न चाहन्छु।

क वर्गः आधारभूत र व्यवहारिक सरल प्रश्नहरूको नमुना

१)     हाम्रो देशका तीन ओटा प्राकृतिक क्षेत्रको विकासमा भिन्नता हुनुको मुख्य कारण के हुन् – एक वाक्यमा लेख्नुहोस् (मूल्याङ्कन अड्ढ १ बौद्धिक कुशलता पारख गर्ने प्रश्न)

२)     मिलिजुली सरकारको परिभाषा दिनुहोस् – कुन अवस्थामा मिलिजुली सरकार गठन   हुन्छ – वर्तमान नेपाल सरकारमा सहभागी कुनै चार राजनीतिक दलको नाम लेख्नुहोस्। (मूल्याड्ढन अड्ढ ४ वस्तुगत ज्ञानको जानकारी पत्ता लगाउने प्रश्न)

३)     संवैधानिक अङ्गहरू भन्नाले के बुझ्नुहुन्छ – राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय   महिला आयोग, लोक सेवा आयोग र राष्ट्रिय समावेशी आयोगका २/२ ओटा कार्यहरू उल्लेख गर्नुहोस्। (मूल्याङ्कन अड्ढ ९: वस्तुगत ज्ञानको जानकारी पत्ता लगाउने प्रश्न)

ख वर्गः कठिन र दैनिजक जीवनभन्दा धेरै माथिल्लो स्तरका ज्ञान र बुद्धि पारख गर्ने प्रश्नहरूको उदाहरण

१)     साम्राज्यवाद र विस्तारवादबीच एउटा मुख्य भिन्नता लेख्नुहोस्। (मूल्याङ्कन अङ्क १)

२)     हाम्रो देशलाई विकास क्षेत्रको सट्टा राज्यहरूको निर्माण गरी पुनर्संरचना गर्नुको कारणबारे तपाईको विचारलाई चार बुँदामा लेख्नुहोस्। (मूल्याङ्कन अङ्क ४)

३)     मानौँ, तपाइ ‘जनआन्दोलन भाग-२ र यसपछिको उपलब्धिहरू’ विषयक सेमिनारमा सहभागी हुनु भएको थियो। उक्त सेमिनारका सहभागीसमेतको धारणालाई समेटी तलका उपशीर्षकका आधारमा एक प्रतिवेदन तयार पार्नुहोस्।

क) शीर्षक र यसको पृष्ठभूमि,     ख) उद्देश्य,     ग) विधि,     घ) पत्ता लगाइएका कुराहरू,     ङ) निष्कर्ष

माथि उल्लिखित विविध सर्न्दर्भको पृष्ठभूमिमा यहाँ म (ख) वर्गका प्रश्नहरूका बारेमा मात्र केही छलफल गर्न चाहन्छु। समाजको भौतिक र बौद्धिक विकास तथा वातावरणको स्तर अनुसार विभिन्न समाज र राष्ट्रका बालबालिका र वयस्कको उमेर अनुसारको ज्ञान र बुद्धिको प्रगति अगाडि वा पछाडि परेको हुन्छ। हाम्रो नेपालका बालकबालिकाले ज्ञान र बुद्धि हाम्रै परिवेशअनुसार नै जानकारी लिएका र प्रगति गरेका हुन्छन्। यो यथार्थ हो। यो यथार्थको सिमाभित्र विश्लेषण गर्दा -ख) वर्गका प्रश्नहरू माथिल्लो स्तरका देखिन्छन्। साम्राज्यवाद र विस्तारवादको भिन्नताको कुरा, विकास क्षेत्रको सट्टा राज्य पुनर्निर्माणका कुरालाई सेमिनारमा सहभागी भएको, त्यो पनि कल्पनाको आधारमा सहभागीको धारणा र आफ्नो धारणा -निष्कर्ष) बनाउनु कम गाह्रो कुरा होइन। मानौँ, त्यस्तो सेमिनारमा भागै लिएर अनुभव हासिल गरेको भए पनि माध्यमिक स्तरका १५-१६ वर्षका शिक्षार्थीको बौद्धिक स्तर त्यतिमाथि पुगेको हुँदैन। दोस्रो कुरा, अभ्यासगत रुपमा तिनीहरूले सेमिनारमा भाग लिन वा सेमिनार कस्तो हुन्छ भनी देख्न सुन्न पनि पाएका हुँदैनन् र पाठयपुस्तकमा पनि सेमिनारसम्बन्धी खँदिलो ज्ञान दिइएको देखिँदैन। कहिँकतै उल्लेख भए पनि त्यसलाई शिक्षार्थीको शारीरिक र बौद्धिक उमेरको विकास र नेपाली समाजको वातावरणसँग मेल खाएको छैन। उमेरभन्दा धेरै माथिल्लो स्तरको छ जसलाई हामी वयस्क, त्यसमा पनि बेलाबेला सेमिनारहरूमा सक्रिय भाग लिएकाहरूले मात्र उत्तर दिन सक्ने प्रश्न हुन्। यस्ता प्रश्न दिनुका परिणाम शिक्षार्थीलाई हतोत्साहित गर्नु हुन्छ। प्रश्न बनाउनेको ज्ञान र हैसियत त्यति माथिल्लो स्तरको छ भन्ने कुरा भने ती प्रश्नबाट प्रस्तुत हुन्छ। तर शिक्षार्थीको आधारभूत आवश्यक ज्ञान र उमेर अनुसारको बुद्धिको पारख भने (ख) वर्गका प्रश्नहरूबाट हुँदैन।

यस कारण सामाजिक अध्ययनको प्रश्न बनाउँदा, चाहे राष्ट्रिय प्रवेशिका परीक्षाको लागि होस् वा शिक्षालयहरूका आन्तरिक परीक्षाको लागि होस्, माथि उल्लेख गरिएका विविध पक्षलाई ध्यानमा राखेर प्रश्न बनाउनु सबभन्दा बढी व्यवहारिक र फलदायी होला।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै