सत्तामोह तथा धनप्राप्तिको खेल

आदर्श समाज सम्वाददाता
असार १३, २०७०

यो देश नेपालमा राणाले १०४ वर्ष शासन गरे, त्यस्तै शाह वंशले २३८ वर्ष शासन चलाए। २०६३ मा देशमा गणतन्त्रिक, लोकतन्त्र आयो, तर कागजीरूपमा मात्र सीमित भयो, नेपाली जनताले यसको फल चाख्न पाएनन् यहाँनेर  मलाई एउटा उखानको याद आयो। एउटा बच्चाले  आमासँग भनेछ-‘आमा, आमा बाबा आए। आमाको प्रतिउत्तर आयो-‘बाबा आए त मलाई आए तँलाई के आए।’ त्यस्तै जस्तो सबै आजसम्म जनताले के पाए न त संविधान बन्यो, न त ती जनतालाई लोकतन्त्र नै आयो। केही सीमित उच्च पदस्थका हौँ भन्ने नेताहरूलाई मात्र आयो।

तत्कालीन राजा ज्ञानेन्दलाई पदबाट च्यूत गराउन १९ दिनको आन्दोलन गरी एकजुट भएर हटाउन सक्ने तर संविधान बनाउन स्वार्थ अनुकूलको नहुँदा ४ वर्षसम्म पनि बनाउन असम्भव हुने, सबै दलका नेता एकजुट भएको भए र आफ्नो स्वार्थ पूर्र्तिको लागि ढिपी नगरी नेपाली जनताको चाहना र हितमा काम गरी जनताले गरेको बलिदान र रगतको खोला बगाएको स्मरण मात्र गरिदिएको भए बढीमा छ महिनामा संविधान बन्थ्यो। अब देशमा न त संविधान नै बन्छ न त चुनाव नै हुन्छ।

अब देशमा दर्ता भइसकेका नयाँ दलका कुरा छोडौँ, देशमा विद्यमान ४०-४५ दल हुँदाहुँदै ४ दलका शीर्षस्थ नेताहरूको मिलोमतोमा बाँकी दलहरूलाई पाखा लगाएर त्यसमा पनि दल बाहिरबाट स्वतन्त्र व्यक्तिको रूपमा प्रधानमन्त्री चयन गरी चुनावी सरकार गठन भएको छ। मैले सम्ममाननीय प्रधानन्यायाधीश, अदालत तथा अन्य नेताहरूको मानहानी वा अपमान गर्न खोजेको होइन। उहाँ स्वतन्त्र व्यक्ति होइन भन्ने कुरा सर्वविदितै छ। एउटै व्यक्तिले न्यायालको प्रमुख भइ न्याय सम्पादन पनि गर्ने, अर्कोतिर देशको सवोर्च्च पद -प्रधानमन्त्री) ग्रहण समेत गर्ने, कहाँसम्मको दोहोरो पद लिई गैर जिम्मेवारी गरिएको कुरा हो। सर्वत्र विरोध भइरहेको अवस्थामा उहाँलाई जागिरको माया छ भने प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्‍यो, अन्यथा प्रधानमन्त्रीको पद चाहिएको भए  प्रधानन्यायाधीशको पदबाट फुसद लिन पर्‍यो।

यो गिरोह कहाँ, कोबाट, कसरी सञ्चालन भइरहेको छ, किन दोहोरो पद लिइरहनुभएको छ, त्यो कुरा त प्रचण्डजी र उहाँको आपसी समझदारीमा भएको व्यक्तिगत कुरा होला, उहाँ दुवैलाई थाहा छ होला। तर हामीलाई थाहा छैन, तपाइँहरू स्वयं नै भन्नुहोस्, विश्वको कुन मुलुकमा न्याय प्रमुख तथा कार्यकारिणी प्रमुख एउटै व्यक्ति भएको रेर्कर्ड छ। कहीँ  कतै सुन्नुभएको वा देख्नुभएको छ – हामीले पनि थाहा पाइराख्नुपर्‍यो। देशका विद्यमान दलहरूबाट उहाँबाहेक अरु कुनै सक्षम व्यक्ति रहेनछ भन्ने कुरा त खुलासा भइहाल्यो। अन्यथा समझदारीपूर्वक स्वार्थरहित भएर कुनै पनि दलबाट राजनीतिमा भुक्तभोगी भएका दसौं, बीसौं वर्षसम्म कारावासको सजायँ भोगिसकेका ज्यू, धन, स्वास्नी, छोरा, छोरी तथा परिवारको समेत बेवास्ता गरी राजनीतिमा समपण भएका उहाँभन्दा धेरै सक्षम अनुभवी नेता तथा अन्य स्वतन्त्र व्यक्तिहरू पनि थिए होलान् त्यस्ता व्यक्तिहरूको नाम लिएर टीकाटिप्पणी नगरौँ ती व्यक्तिहरू विद्यमान अवस्थामा कहाँ छन् अथवा लुके लुकाइए अथवा सबैलाई ओझेलमा पारियो।

अझै सबैभन्दा शड्ढा लाग्दो कुरा त यो छ कि कतै प्रचण्डले देशमा निर्दलीय हुकुमी शासन चलाउने खेल खेलिरहनुभएको त छैन उहाँको लागि कुनै अवस्थामा निकटको शत्रु मानिने भारत यति चाँडै परम मित्र कायम भएको छ। सम्पूर्ण चलखेल भारतबाट नै भएको स्पष्ट देखिन्छ। भारतको इशारामा चल्दाचल्दै चिप्लिएर कहीँ कतै देशलाई भारतीय प्रान्तको रूपमा गाभ्ने प्रयास त गर्नुहुन्न होला नि ? ‘दाल मे कुछ काला है’ यो कुरामा देशका नेताहरूले तथा आम नेपाली जनताले मुलुकको सार्वभौम सत्तालाई बचाइराख्न विचार पुर्‍याएर खबरदारी गर्नुपर्ने अवस्थाको सिर्जना भइसकेको छ।

प्रचण्डबाबु कुन औकातको मान्छे हुनुहुन्छ, यहाँसम्म कसरी आइपुग्नुभयो उहाँको विगतको क्रियाकलापको बारेमा नेपालीलाई मात्र नभई विश्वलाई समेत थाहा नभएको कुरा होइन। यो सबै देन स्व. गिरिजा बाबुको हो, यसको श्रेय उहाँबाहेब अरु कसैलाई पनि दिन मिल्दैन। यो कुरा कालकालान्तरमा नेपालको इतिहासमा समेत अविस्मरणीय रूपमा प्रस्तुत हुने नै छ, उहाँले गिरिजाबाबु लाई कहिल्यै पनि भुल्न सक्नु हुने प्रयास समेत गर्नुहुँदैन।

हाम्रो लागि छिमेकी मुलुक भारत तथा चीनप्रतिको दृष्टिकोण समानस्तरको हुनु जरूरी छ। कसैलाई पनि काखापाखा गर्न मिल्दैन। हाम्रो देशको भौगोलिक वनावटले यही कुरालाई सावित गर्दछ। अन्य बाँकी मित्र राष्ट्रहरूसँग पनि समानस्तरको सुमधुर सम्बन्ध कायम गरिएको हुनुपर्दछ।

लेख रचना गरिएको दिन २०७० जेठ १९ गते हुँदा मलाई यसै क्रममा २०५८ जेठ १९ गतेको काल रात्रिको झझल्को आयो। उक्त दिनको सम्झना गर्दा विश्वमै कहीँ, कतै, कहिल्यै यस्तो विभत्स घटना भएको दिन इतिहासमा छैन र हुने पनि छैन। अब त्यो दुःखदायी अविश्मरणीय घटना कहाँ, कोबाट किन कसरी गराइयो भन्ने क्रममा सही सत्य कुरा खोतल्नुपर्दा घटनाका योजनाकार थिए दुवै बाबुछोरा (ज्ञानेन्द्र र पारस शाह) ‘सत्ता र धनको मोहमा फसी’ दरबारमा नियमितरूपमा हुने भेटघाट कार्यक्रमलाई मध्यनजर राखी सोही दिनको मौका पारी पूर्व सरसल्लाहमुताविक ज्ञानेन्द्र र पारस पोखरामा बसी हत्या गर्ने योजना बनाई छोरालाई काठमाडौं पर्ठाई आफू अनुपस्थित भइ पोखरामा बसी पारसलाई काठमाडौं पठाइयो। सोही क्रममा आफ्नो दाजु, भाउजू, छोरा, छोरी तथा अन्य परिवारका सदस्यहरू एकै ठाउँमा जमघट भएको अवसर पारी निर्देशनमुताविक पारसद्वारा अन्धाधुन्द गोली प्रहार गरी वीरेन्द्रका १३ (तेह्र) जना सदस्यको क्रमिक रूपमा विभत्स ढ·ले हत्या गरियो।

तत्पश्चात् तत्कालीन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोगको गठन भयो। यस घटनाको वास्तविक स्वरूपको बारेका न त तत्कालीन प्रधानमन्त्री गिरिजाबाबु केही बोल्न सके न त अध्यक्षको प्रतिवेदन नै यथार्थ र सही रूपमा प्रस्तुत हुन सक्यो। स्वयम् आम नेपाली जनता पनि मूकदर्शक भएर मात्र बसे, भाटजी को प्रतिवेदन अनुसार रक्सी र लागु पदार्थको सेवन गरी उन्माद भएर स्वयम् दीपेन्द्र शाहले नै गोली चलाई आफ्नै वंश नास गराएको ठहर्‍याई सोहीमुताविकको प्रतिवेदन सार्वजनिक गरियो। ठीक छ ल, एक छिनको लागि भाट जीको प्रतिवेदनलाई सही मानौं रक्सीमा चुर्लुम्म डुबेको व्यक्तिले न त गोली चलाउन नै सक्छ, न त गोली चलाए पनि सही ठाउँमा प्रयोग हुन सक्छ। किन एक-एक गरी छानेर वीरेन्द्रको मात्र वंश नास गर्ने खेल भयो र त्यही कार्यक्रममा एकै ठाउँमा उपस्थित भएका अरुलगायत स्वयम् कोमल शाहसहित बाँकी ज्ञानेन्द्रका परिवारहरूमाथि आक्रमण किन भएन ? यो विचारणीय कुरा छ। यदि दिपेन्द्रले नै हत्या गरेको भए आफ्नो वंश समेत नास गर्ने आँट लिएको व्यक्तिले ज्ञानेन्द्रको परिवारलाई किन बाँकी राख्ने थिए। अर्को महत्त्वपूर्ण कुरा भनौं दीपेन्द्रको भेष धारण गरी मुकुण्डो पहिरिएर त्यत्रो दरबारको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू, अंगरक्षकहरूको आँखा छलेर बाहिरबाट को कसरी जान सक्छ। कसको हिम्मत ? अतः यो सबै बाबु छोराको चलखेल तथा नाटक मात्र हो। आफू निर्दोस सावित हुन रचिएको प्रपञ्च मात्र हो भन्ने कुरा र्छलङ्ग नै देखिन्छ। यो त एउटा देखावटी खेल मात्र हो पोखरामा बसेर छोरालाई सबै कुरा सिकाएर तालमेल मिलाई आफ्नो परिवारको रक्षा गरी दाजुको परिवारको मात्र छानीछानी हत्या गराइयो। अतः यो काण्डको योजनाकार ‘ज्ञानेन्द्र र पारस शाह’ नै हुन् भनेर र्छल· थाहा हुन्छ। सत्ता प्राप्तिको लागि नेपालको इतिहासमा कोतपर्व भण्डारखाल पर्वजस्ता घटना नभएका होइनन् तर यस्तो एकलौटी रूपमा एउटै व्यक्तिको वंश मात्र नास गर्ने घटना गराइएका थिएनन्।

सत्ता तथा धनको मोहमा फसी त्यस्तो अप्रिय र विभत्स घटना गराउन सक्ने व्यक्तिले सत्ता तथा शासनको बागडोरो आफ्नो हातमा आइसकेपछि विचार पुर्‍याएर सत्तामा टिकिरहन सक्नुपर्दथ्यो तर त्यस्तो भएन ‘पाप धुरीबाट कुलन्छ’। भन्ने उखानको चरितार्थ भयो र सत्ताच्यूत भएर एक नेपाली नागरिकभन्दा पनि तुच्छ र निच भएर बस्न र बाँच्न पर्‍यो। आज  देशले वीरेन्द्रको मृत्यु पछि यस्तो दुर्दशा व्यहोरेर बस्न बाध्य भइरहेको छ। अझै  पनि पाठपूजाको निहूँ पारी मन्दिरमा धाउने बहानामा राजनीतिमा चलखेल गर्न हिँडिरहेको पनि देखिन्छ। यो असम्भव छ कल्पनासम्म पनि नगरे हुन्छ। आज एक्काइसौं शताब्दीका नेपाली पनि त्यति लाटा छैनन् जसले सत्ताच्यूत गराए पुनः त्यही व्यक्तिलाई खोजीखोजी सत्तामा राख्लान् त कति मूर्ख सोचाइ हो। आफ्नै परिवारको मायामोह स्नेह नभएको व्यक्तिले देश र जनताको लागि अझै केही गर्छु माया ममताले भरिपूर्ण छु भनी कल्पना गर्नसम्म पनि र्व्यर्थ छ। बरु पारस विदेशमा गएर दुर्र्व्यसनीको रूपमा हिँडेझैं दुवै बाबु छोरा अलिकति पनि इज्जत र नैतिकताको ख्याल गर्ने हो भने परिवारसहित देश छाडेर विदेश पलायन हुन अति उत्तम हुन्छ। ‘दुःख पाइस् म·ले आफ्नै ढ·ले’।

देशमा राजनीति, आर्थिक, सामाजिक तथा धार्मिक, भ्रष्टाचार, महङ्गी दिनदहाड हत्या, अपहरण, आतड्ढ चोरी लुटपाट डकैती, राजनीतिक अस्थिरता, बन्द हडताल, चक्काजाम, जुलुस अनसनजस्ता कार्य बढ्दै गइरहेको छन्  र विदेशमा पलायन भएका युवायुवतीको असुरक्षा मानसिक तथा शारीरिक शोषण भइरहेको छ र सहरी भेकका प्रत्येक लज रेष्टुरेन्ट तथा होटलमा कामदारको रूपमा राखिएका युवायुवतीलाई वेश्यावृति जस्तो निच र घृणित कार्यमा प्रयोग गरिएको छ। खै, तिनीहरूको विषयमा देश, सरकार, राजनीति दलहरू, पुलिस प्रशासन तथा सम्बन्धित विषयमा कार्यरत अन्य निकाय सबै मौन देखिन्छन्। चेलीवेटी बेचबिखन तथा घरायसी काममा राखिएका युवतीहरूको शारीरिक शोषणपश्चात् हत्या भइरहेको छ। सार्वजनिक सम्पत्ति तथा जग्गामाथि भएको अतिक्रमण मापदण्डविपरीत बनाइएका पक्की घरहरू यस्ता सम्वेदनशील विषयमा कहीँ कतै कसैले बोलेको वा केही रोकथाम गर्ने प्रयास गरेकोसम्म पनि सुन्नु वा देख्नुभएको छ –

अब अन्त्यमा फोटोग्राफरले फोटो खिच्ने क्रममा खिचिने व्यक्तिको मुखाकृति तथा शारीरिक वनावट समेत नबिगारी जस्ताको तस्तै खिचिनुपर्दछ। यो उसको पेशा मात्र नभई कर्तव्य पनि हो, त्यस्तै लेखक हूँ भनी कलम चलाउन खोज्ने व्यक्तिले निष्पक्ष निडर निर्भिक स्वार्थरहित भएर कसैको पनि माया मोलाहिजामा नफसी कोही कसैलाई काखा वा पाखा नगरी देश समाजमा भइरहेका र भएका वास्तविक घटनाक्रमलाई जस्ताको तस्तै नढाँटिकन यथार्थ रूपमा चित्रण गरी प्रस्तुत गर्न सक्नुपर्ने हुन्छ। यो कलमको धर्म हो।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width

trending post

ट्रेन्डिङ्ग