संसदीय रीति, कांग्रेसको नीति र नयाँ सरकार

गुरुहरू कक्षामा अंग्रेजी उखान पढाउँछन्, 'जति तातो बहस जित्छौ, उति असल मित्र गुमाउँछौ !’ सनक र सङ्र्कीण स्वार्थको पूर्वाग्रहचाहिँ बुद्धिजीवीलाई पटक्कै सुहाउँदैन।

आदर्श समाज सम्वाददाता
असार ३१, २०७३

‘केपी गल्दैनन्, सरकार ढल्दैन ! ’

‘न्यूनतम नैतिकता भए तु राजीनामा गर्नुपथ्यो।’

‘प्रचण्डले ठूलो धोका दिए !’

‘कटुवाल प्रकरणका मुख्य धोकेवाज केपी ओली थिए।’

‘अस्थिरता झनै बढ्ने भयो…!’

‘मधेसीहरूको नाक जोगियो, अब संविधान कार्यान्वयन हुन्छ।’

चिया गफमा वुद्धिजीवीहरू यस्तै आ-आफ्ना तर्क तेस्र्याउँछन्। वुद्धिजीवीहरू प्रायः रत्नपार्कका ज्योतिषीजस्ता हुन्छन्। आफ्नै भरेको छाकको ठेगान हुँदैन, अर्काको जीवनको भविष्यवाणी गर्दिन्छन् : ‘प्रचण्डले प्रधानमन्त्री छँदा राजीनामा दिनै नहुने..’ ‘प्रकाशले विभीषणको भूमिका खेल्दैछन्..’ ‘अब राष्ट्रपतिलाई भयानक अप्ठेरो पर्ने भयो..!’

एउटा सीमाभित्रको कुराकानी अस्वभाविक हुँदैन। कुरामा कुरा गाउँलेहरू भन्छन्। गौप्राणी जस्ता ‘गोदान’का नायक पनि हुक्का पानी खोल्ने-रोक्ने छलफलमा सहभागी हुन्छन्। ‘आमा’का छोरा पाभेल कस्सिएर बहसमा भाग लिन्छन् र प्रखर वक्ता बन्छन्। बुद्धिजीवीका जमघटमा राजनीतिको प्रवेश प्रायः अनिवार्य हुन्छ। गुरुहरू कक्षामा अंग्रेजी उखान पढाउँछन्, ‘जति तातो बहस जित्छौ, उति असल मित्र गुमाउँछौ !’ सनक र सर्ंर्कीण स्वार्थको पूर्वाग्रहचाहिँ बुद्धिजीवीलाई पटक्कै सुहाउँदैन।

दोस्रो चरणको चियाको पहिलो चुस्कीपछिको मौनतालाई चिर्दै नास्पति सर बोल्छन्। शब्द अड्कलेर, स्वरमा मिठास भरेर, प्रतिसेकेन्ड दसौं पटक आँखा चिम्चिम् गर्दै उनी भन्छन्-‘प्रजातन्त्र भने पनि, लोकतन्त्र भने पनि हाम्रो डेमोक्रेसीलाई ०७ सालमै भारतले दिल्ली दरवारमा बन्दी बनाएर राखेको छ। अब त्यो जीर्ण  भई मर्नै लाग्या होला, त्यसलाई नेपाल नल्याइन्जेल यहाँ लोकतन्त्रको कल्पनै गर्न सकिँदैन। ०४६ सालमा म प्रवास बस्दा झुलुक्क हाम्रो प्रजातन्त्रको एक झल्को देखेको थिएँ। त्यो बेला यहाँ मेरो कुराको सुनुवाइ भएन…!’

‘इस् बूढा….!’, दुर्वासा सरले नास्पति सरलाई हातको लोप्पा देखाउँदै भने-‘पिडालीको व्यङ्ग्य पढेर हुन्छ – पढ्नुपर्छ दर्शनका ठेली….!’ मार्क्सले प्रायः सबै विचार सत्तासिनहरूकै विचार हुने गर्छ भनेका छन्। तपाईहरू सत्तानिर्मित विचारभन्दा माथि कहिल्यै उठ्न सक्नुहुन्न। अब उठनुहोस्। ०७ सालमा त्रिभुवन भागेर भारत जाँदैमा हाम्रो प्रजातन्त्र उतै गएको हुन सक्दैन। ऊ यहीँ थियो, यहीँ छ। प्रत्येक श्रमजीवी मान्छेको आत्मामा ऊ बाँचिरहेको छ। प्रत्येक शिशुको अनुहारमा ऊ हाँसिरहेको छ। हामी बुद्धिजीवीहरूले आत्मलाई पुनर्जागृत गर्नु जरुरी छ। हामी धेरैको आत्मा मुर्झाइसकेको छ। खानु पर्छ पौष्टिक आहार। निरोगी शरीरमै स्वच्छ  आत्मा बाँच्छ। हामीले आफ्नै आत्माको आवाजलाई बुलन्द गर्नुपर्छ…! ’ दुर्वासा सरलाई फोन आउँछ। फोनमा कुरा गर्दै उनी उठ्छन्, ुुवैद्य वा’को फोन…!’ चिया टेवुलवरिपरि यस्तै खासखुस चल्छ। ‘बूढा सही कुरा गर्छन् तर अति घमण्डी र अव्यवहारिक …!’

‘औषधी खाने बेला भो !, नास्पति सर पनि जान्छन्। ‘केपीका अनन्य भक्त छन् यी…’, चिमचिमे सरको पनि कुरा काटिन्छ।

‘ब्रुक’मा कवि भन्छन् :

‘मान्छेहरू आउँछन् र जान्छन्

तर म निरन्तर गइरहन्छु !’

चिया पसलको टेबुल पनि यस्तै-यस्तै हो। यहाँ मान्छेहरू आइरहन्छन् र गइरहन्छन्। पहिलो छिमलका दुर्इ हिँडे, दोस्रो छिमलका अर्का युवा बुद्धिजीवी आए। भीमलाल सर कडा क्रान्तिकारी पार्टीा छन्। भीमलाल लाल-लाल भएर बोल्छन्। मिजास पनि कडै छ।

‘के हुन्छ त सर अब नेपालको राजनीति – तपाईँको पूर्व नेता त प्रधानमन्त्री हुने भए नि !’, भीम सरलाई जिस्क्याइन्छ।

‘हुँदैन, हुँदैन …!’, भीम सर हातको पार लाउँदै भन्छन्, ‘हेर्र्नुहोला यो फोहोरी संसदीय राजनीति। कहाँ छोड्छ केपीले। उसको धर्मपिताले छोड्न दिँदैन, दोहोरो खेल्छ। अविश्वासको प्रस्ताव आउनु पर्‍यो, कुकुरको मासु बेच्ने पसलमा बकवास गर्नु पर्‍यो। राष्ट्रपतिको मति कस्तो हुने हो…! सवोर्च्चलाई सोध्नुपर्ने होला। एमीकसक्युरीको दिउरीमा कस्तो पकवान पाक्ने हो… स्पष्ट संवैधानिक व्यवस्था नभएकाले अर्को व्यवस्था नहुन्जेल यही काम चलाउ सरकारले निरन्तरता पाउने भन्ने पनि हुन सक्छ बुझ्नु भो – खैर हाम्रो त यो चासोको विषयै होइन। हामी त ठोक्ने हौँ…!’

‘राष्ट्रियताको सच्चा प्रवक्ता बनेर केपी राजनेताका तहमा उक्लेका छन्’, एमालेका नेत्रमणिले उज्याला नेत्र बनाए। ‘झलनाथलाई, केपीलाई प्रचण्डले प्रधानमन्त्री बनाए तर बोकाको मुखमा कुभिण्डो अँटेन’, माओवादी केन्द्रका उपाध्याय सर आक्रोशित देखिए।

‘शान्ति, शान्ति…!’ नेपाली काँग्रेसका पद्म सरले दुवै हात हावामा फैलाए। दाँत काला छन्। अरु सर्वाङ्ग सेता। ६० माथिकै देखिन्छन्। ५६ का बनेर क्याम्पस पढाइरहेका छन्। वार्धक्यकै कारण हम्मेसी आक्रमणमा पर्दैनन्। शालीन भएर बोल्छन्-‘संसदीय रीति र नेपाली काँग्रेसको नीति प्रमुख दुर्इ ठूला दल सरकारमा नबस्नु हो। मिलीजुली बसौं बाँढीचुँडी खाउFm गर्नु हुँदैन। भूकम्पको पीडा प्रतिपक्षमै बसेर फिल गर्न सकिन्छ। संविधान लागू गराउन अब एमालेले प्रतिपक्षमै बसेर भूमिका खेल्नुपर्छ। मधेसलाई केपीले मिनीमाइज गरेको साँचो हो…!’

केही हाँसे। पक्षधरता नखुट्टिएका खड्ग प्याच्च बोले-‘मालेले छोडेको सरकारमा एमाले टाँस्सियो। काँग्रेस-एमाले मिलेरै हिजो किसुनजीलाई हराए। अहिले अब नयाँ सरकारले मधेसीलाई समेटेर थोरै जनपक्षीय काम गर्न सक्यो भने भन्नुपर्छ, काँग्रेस-माओवादीले केही गर्‍यो। होइन भने संसदीय रीति नेपालमा अथैबिना मर्‍यो।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै