रक्तदान र रक्त सञ्चार सेवाको इतिहास

मधुमेह, दम, उच्च रक्तचाप, मृगौलाको रोग, मुटुको रोग, छारे रोग, क्षयरोग, यौन रोग, जन्डिस, एड्स, लागु पदार्थ एवम् दुर्र्व्यसनमा लागेका व्यक्तिहरुले रक्तदान गर्न हुँदैन। साथै महिलाहरुले महिनावारी भइरहेको बेला (सुरुदेखि ८ दिनसम्म), बच्चालाई स्तनपान गराइरहेको समयमा र गर्भवतीको अवस्थामा रक्तदान गर्न हुँदैन।

आदर्श समाज सम्वाददाता
जेठ ३२, २०७३

क. पृष्ठभूमि

मानव सभ्यता र विज्ञानको उन्नति प्रगति स“गै विभिन्न कारणले रगतको कमीबाट हुने मृत्युलाई तत्कालै मानिसको रगत दिएर बचाउन सकिने प्रविधि अस्ट्रेलियन नागरिक डा. कार्ललेण्ड स्टिनरले पत्ता लगाएका हुन्। उनले ब्, द्य ,इ , ब्द्य रक्त समूहको वर्गीकरण गरी हरेक मानिसलाई मिल्दो जुल्दो समूहको रगत, दिन सकिने प्रविधिको विकास गरी मानव जातिलाई ठूलो गुन लगाएका छन्। पछि हरेक समूहमा ल्भनबतष्खभ र उयकष्तष्खभ रगत समूह हुने कुरासमेत पत्ता लाग्यो। विज्ञान र प्रविधिको यति ठूलो प्रगति र उन्नतिले पनि रगतको कमीबाट हुने मृत्युबाट बचाउन मानिसको रगतको विकल्प आजसम्म पनि हुन सकेको छैन। मानिसको रगतकेा विकल्प मानिस आफ्नै हो। त्यसैले विभिन्न कारणले रगतको आवश्यकता पर्ने व्यक्तिलाई अर्को व्यक्तिको शुद्ध र समूह मिल्ने वा आफ्नै रगत सुरक्षित रुपमा तत्काल उपलब्ध गराउनु आजको आवश्यकता हो।

आज १४ जूनको दिन विश्व रक्तदाता दिवसको पावन अवसरमा हामी सम्पूर्ण मानवजातिको लागि ऐतिहासिक पर्व पनि हो। डा. स्टिनरको जन्मदिन १४ जूनलाई सन् २००४ देखि विश्व भरी नै विश्व रक्तदाता दिवसका रुपमा मनाउने परम्पराको सुरुवात भयो। त्यसै अनुुसार आज १३ औ“ विश्व रक्तदाता दिवसको अवसरमा ूथयगच दयियम कबखभ mथ षिभ कजबचभ षिभ, नष्खभ दयियमू  भन्ने मूल नाराका साथ उहाँको उच्च भावना र क्षमताको कदर स्वरुप श्रद्धा सुमन प्रकट गर्ने र समृद्ध इतिहासको चर्चा परिचर्चा गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा लिएका छौँ।

ख.     रक्तदान जीवनदानः

रगत एउटा अर्ध तरल रातो पदार्थ हो। यसका विभिन्न तत्वहरु जस्तै ः प्लाज्मा, च्द्यऋ, ध्द्यऋ प्लेट्लेट्स र पानी आदि मिलेर बनेको हुन्छ। यसले हाम्रो शरीरमा सुरक्षा, आपूर्ति र सरसर्फाई गर्ने कार्य गर्दछ। मानव शरीरको भित्री मुख्य अ· मुटु, फोक्सो र मस्तिस्क बीचको सहकार्यमा रगतको ठूलो महत्व रहेको हुन्छ। एक स्वस्थ वयस्क मानिसको शरीरमा ५ देखि ६ लिटर रगत हुन्छ। यस्तो रगतको अभावमा मानिसको जीवन रक्षा र स्वास्थ्य सुरक्षा गर्न रक्तदान नै एक मात्र विकल्प हो। विश्वमा हरेक वर्ष करौ“डौ मानिसले रक्तदान दिएर वा पाएर आफ्नो जीवनलाई बचाउन वा सजिलो बनाउन पाएका छन्। हरेक १० जना व्यक्तिमा १ जना व्यक्ति रगतको आवश्यकतासहित अस्पतालमा भर्ना  हुन्छन्  भन्ने आँकडा रहेको छ। यही मानवीय विपत्तीलाई आत्म साथ गर्दै नेपाल रेडक्रस सोसाइटीद्वारा वि.सं. २०२३ श्रावण १२ गते वीर अस्पतालको हातामा रक्त सञ्चार सेवाको सुरुवात गरियो।

आवश्यकता, क्षमता र श्रोतका आधारमा रेडक्रसले हाल ६७ जिल्लाद्वारा सञ्चालित १०० सेवा केन्ıबाट रक्त सञ्चार सेवा उपलब्ध गराई रहेको छ भने कास्की जिल्लामा पनि वि.सं. २०३५ आषाढ २ गते देखि तत्कालीन गण्डकी अञ्चल अस्पताल हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाता भित्र रक्त सञ्चार सेवा केन्ıको स्थापना गरियो। यस सेवा केन्ıले समयानुकूल स्तर उन्नति स“गै हाल क्षेत्रीय रुपमा पोखरा रामघाटमा केन्ı र मणिपाल शिक्षण अस्पतालमा छुट्टै युनिट  खडा गरी सेवा प्रदान गरेको छ, भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल एवं अन्य अस्पतालहरु, नर्सिङ होम, पोलि क्लिनिकहरु साथै यस क्षेत्रका अधिकांश जिल्ला शाखाहरु स“ग सहकार्य गर्दै वाषिर्क रुपमा लगभग २० हजार प्रिन्ट रगत संकलन संरक्षण र वितरण सेवा पुर्‍याउ“दै आएको छ। यसै शिलशिलामा रेडक्रसले रक्त सञ्चार सेवा केन्ı सञ्चालन गर्ने अभियानमा विभिन्न स्वयम् सेवी सामाजिक संघ संस्थाहरु सरकारी तथा गैर सरकारी र निजी संघ संस्थाहरु तीनका नेतृत्व तहमा रहनुभएका आदरणीय व्यक्तित्वहरुको सहयोगमा रक्त संकलन, परिक्षण र वितरण सेवा प्रदान गर्दै आएको छ। तत्कालीन नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीलाई नेपालमा रक्त सञ्चार सेवा सञ्चालन गर्ने सम्पूर्ण अभिभारा सुम्पिएबाट रेडक्रसको जिम्मेवारी र दायित्व झनै बढेको छ।

आज भोलि हामीले रक्तदान गर्नुपर्दछ। हाम्रो शरीरमा बन्ने रक्तकोषिकाहरु तीन-तीन महिनामा नया“ जन्मिन्छन् र पुरानाहरु स्वतः मृत भएर बाहिरिन्छन् भन्ने कुराको ज्ञान धेरैले पाएका छन्। रगतको विकल्प रगत नै हो। यसका लागि रक्तदान नै एक अन्तिम विकल्प हो। त्यसैले पनि हामीमा रक्तदान गर्नुपर्दछ, रक्तदान गरेर केही हु“दैन, बरु आत्म सन्तुष्टि प्राप्त हुन्छ, पुण्य प्राप्त हुन्छ भन्ने जनजागरण बढेकाले रक्तदाताको संख्यामा पनि वृद्धि भएको छ। हरेक संघ संस्थाहरुका साना ठूला कार्यक्रमहरुमा रक्तदानलाई महत्वका साथ राख्ने सञ्चालन गर्ने गरेको पाइन्छ। हुन त, रक्तदाता बढ्नु राम्रो कुरा हो तर संगसंगै रगतबाट सर्ने सरुवा रोगहरु र संक्रमणहरु पनि देखा पर्न थालेको हुनाले प्राविधिक रुपमा त्यत्तिकै र्सतर्क, चनाखो हुनुपर्ने अवस्था र चुनौति रहेको छ।

विभिन्न रक्त समूहहरुमा  उयकष्तष्खभ समूहका ९९.४ प्रतिशत र लभनबतष्खभ समूहका ०.६∞ मानिसहरु रहेको तथ्यको आधारमा ल्भनबतष्खभ रक्त समूहलाई दुर्लभ मानिन्छ। कम चाहिने र कम पाइने भएकाले ल्भनबतष्खभ समूहका रक्तदाताहरुको पहिचान गरी तयारी अवस्थामा राखिनुपर्दछ। अन्यथा त्यस्तो अमूल्य रगत खेर नजाला भन्न सकिँदैन। हामीले रक्तदान गर्नको लागि १८ वर्ष पूरा गरी ६० वर्ष ननाघेको ४५ के.जी ओजन भएका १२ ग्राम हेमोग्लोबिन भएका जो कोही पनि महिला पुरुषले रक्तदान गर्न सक्छन् तर मधुमेह, दम, उच्च रक्तचाप, मृगौलाको रोग, मुटुको रोग, छारे रोग, क्षयरोग, यौन रोग, जन्डिस, एड्स, लागु पदार्थ एवम् दुर्र्व्यसनमा लागेका व्यक्तिहरुले रक्तदान गर्न हुँदैन। साथै महिलाहरुले महिनावारी भइरहेको बेला (सुरुदेखि ८ दिनसम्म), बच्चालाई स्तनपान गराइरहेको समयमा र गर्भवतीको अवस्थामा रक्तदान गर्न हु“दैन।

ग. रक्त सहायता कोष

हरेक व्यक्ति वा संस्थाले आ-आफ्नै तरीकाले असल कामका लागि आ-आफ्नो ठाउँबाट सहयोग पुर्‍याउन सक्छन् भन्ने हेतुले कुनै पनि किसिमको पिडा वा दुखबाट छटपटाइरहेका मानिसहरुको सेवा र सहयोग पुर्‍याउनु रेडक्रसको प्रमुख मानवीय दायित्व हो। विभिन्न कारणबाट मानिसको शरीरमा रगतको कमी हुन गई तत्काल रगत उपलब्ध नभएको अवस्थामा घाइते वा बिरामीको जीवन खतरामा पर्दछ। आकस्मिक दुर्घटनामा परि घाइते भएका वा आर्थिक अवस्था कमजोर भएका घाइते वा बिरामीहरुले रगतको बिभिन्न परीक्षण भण्डारण र अन्य प्राविधिक सेवाको शुुल्क तिर्न नसकि रगतको अभावमा उपचार बाट वञ्चित हुन नपरोस् र उनीहरुको जीवन बचाउन सकियोस् भन्ने हेतुले कास्की रेडक्रसद्वारा असहाय रक्त सहायता कोषको स्थापना गरिएको छ। साथै अन्य जिल्लाहरुमा समेत छुट्टै कोषको स्थापनाको लागि महत्वका साथ अगाडि बढेको पाइन्छ। उक्त कोषमा हाल रु. १८ लाख रहेको र रक्त परीक्षण शुल्कबाट प्राप्त हुने रकमको ५∞ रकम थप गरिदै“ लगिने नीति कास्की रेडक्रसको रहेको छ। उक्त कोषको परिचालन गर्नका लागि आवश्यक निर्देशिका तयार गरी लागू गरिएको छ।

घ. उपसंहार

रेडक्रसले प्रदान गर्दै आएको सेवा र सहयोगका क्षेत्रमा समायानुकुल परिमार्जित गरी स्तरीयकरण गर्दै अगाडि बढ्नु आफैमा चुनौतिपूर्ण छ। हामी स“गको सीमित साधन स्रोत, थोपा थोपा जम्मा गरी कोष सङ्कलन अभियान, सहयोगी र मानवीय भावना भएका व्यक्तित्वहरुको बेला बखतको सहयोग र सद्भाव परियोजना सञ्चालनबाट बचाएको रकम, सेवा शुल्क र भाडा आदि सीमित आम्दानीबाट रेडक्रसले आफ्नो अभियान सञ्चालन गरिरहेको छ। हाम्रा अग्रजहरुको मिहिनेत र समपणले समृद्ध गन्तव्य तर्फ बाटो देखाएको छ। विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोग र सद्भावबाट रेडक्रसले क्रियाशीलता बढाएको छ। यसरी मानवीय भावना बोकेर पिडितहरुको दुःख सुखको साथी बनेर असल भावना भएका व्यक्तिहरुको सहभागिता-मूलक अभियान र भावनात्मक समपण नै रेडक्रस हो। ँतपाईको रक्तदानले मेरो जीवन रक्षा’ भन्ने मुल भावनाका साथ यस वर्षको तेह्रौ विश्व रक्तदाता दिवस विभिन्न गतिविधिहरुका साथ मनाउन लागि परेका छौ“।

मानवताको लागि मानवीय भावनाबाट अभ्रि्ररित भएर गरिने सेवा नै सबैभन्दा ठूलो मानव धर्म कहलाउ“छ भन्ने कुरा हाम्रो धर्मशास्त्रमा समेत लेखिएको छ। सोही अनुसार एउटा मानिसले दान दिएको रगत अर्को मानिसका लागि जीवन बनिरहेको हुन्छ। यही रगतलाई सर्वसुलभ रुपमा स्वयंसेवी रक्तदाता विभिन्न संघ सस्था सञ्चार माध्यम र आदरणीय व्यक्तित्वबाट प्राप्त हुन सकेर नै रेडक्रसको क्रियाशीलतामा टेवा पुगेको छ। त्यसैगरी चिकित्सा पद्धतीको विकासले गर्दा रगतको माग दिन प्रतिदिन बढ्दै गएको हुनाले रक्तदान जस्तो मानवीय कार्यलाई चिरकालसम्म कसरी प्रभावकारी र सर्वसुलभ बनाउन सकिन्छ भन्ने सर्न्दर्भले आजको आवश्यकतासँग सन्निकटता राख्दछ।

(लेखक रेडक्रस कास्कीका मन्त्री हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै