प्रजातन्त्रलाई जिताऔँ

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७०

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनेपनि अङ्ग्रेजीको ‘डेमोक्रेसी’ हो। यो शब्दले प्रतिनिधित्व गर्ने गरी प्रजातन्त्र मात्रै भने पुग्ने हो तर प्रजातन्त्र मात्रै भन्दा नपुगेर लोकतन्त्र भनियो। त्यतिले पनि नपुगेर गणतन्त्र भनियो। यो लेखमा प्रजातन्त्र मात्रै भन्ने छु।

पञ्चायतकालमा नेपालमा प्रजातन्त्र आएपछि सबै समस्याको समाधान हुन्छ भनिएको थियो। केही हद्सम्म पुराना समस्या समाधान भए र हुँदैछन्। जस्तै स्वास्थ, शिक्षा, बाटो, बिजुली, सञ्चारजस्ता विकासका पूर्वाधारमा विगतको तुलनामा केही प्रगति भयो। एक प्रकारको बन्द समाजबाट हामी खुला समाजमा प्रवेश गरेपछि देशविदेशका धेरै कुराको जानकारी हुँदै गयो। मानिसको चेतनामा यहि समयमा अभूतपूर्व परिवर्तन भयो। यो सुखद कुरा हो। तर यो सँगसँगै विकृतिले पनि प्रवेश पायो।

हिजोसम्म गरिविलाई आफ्नो कर्मको फल ठान्ने वा भाग्यलाई दोष दिएर चित्त बुझाउनेहरूले आफ्नो दुःख र गरिबीको कारण थाहा पाउन थाले। मानिस भाग्यको भर पर्न र भाग्यलाई सरापेर बस्न छाडे। हरेक मानिसलाई सुखी र सम्पन्न हुने भोक जाग्यो। यो आपैmले गरेर प्राप्त हुने रहेछ भन्ने ज्ञान हुँदै गयो। यो राम्रो कुरा हो।

चाँडै सुखी र सम्पन्न हुने हतारो भएका जनताले राजनीतिक पार्टी र नेतामाथि ठूलो भरोसा गरे। नेताले पार्टी र आफ्नो स्वार्थका लागि भन्ने गरेको देश विकासको कुरा पत्याए। हुन पनि हो देश विकासको लागि राजनीति नै चाहिन्छ, नेता नै चाहिन्छ।

चाँडै सुखी र सम्पन्न हुने हतारोमा हामीले सुखी र सम्पन्नताको प्रक्रियालाई बुझन सकेनौं, बुझन चाहेनौ। सुखी हुनु भनेको सुखको अनुभूति हो र सम्पन्नता भनेको आर्थिक वृद्धि तथा सम्वृद्धि हो। हामी कहाँ चुक्यौं भने हामीले सुखी र सम्वृद्धि हुन प्रक्रिया मिच्यौं।

‘बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत’ यो हाम्रो सामाजिक मान्यता हो। हाम्रा ‘बडा’ भनेका राजनीतिक नेता हुन्। ती देशका, जिल्लाका वा गाउँनगर तिरका पनि हुन सक्छन्। ‘बडा’ लाई पनि चाँडै सुखी र सम्पन्न हुन मन लाग्यो। तिनले ठूलो हुन चुनाव जित्नुपर्ने र सम्पन्न हुन सम्पति कमाउनु पर्ने भयो। चुनाव जित्न पार्टी बलियो बनाउनु पर्‍यो। पद पाउन पार्टीका आफ्नो र आफ्नाको पकड बलियो बनाउनुपर्‍यो। त्यो पनि चाँडै गर्नुपर्‍यो। प्रक्रियाबाट जानु भनेको लामो समय पर्खनु हो। यस्तो धीरता कसैमा देखिएन। जसले धैर्य गरे उनको पालै नआउने भयो। त्यसकारण सुरु भयो उछिनपाछिन, तछाड्मछाड, ठेलमठेल। भए मैलाई हुनपर्छ नभए कसैलाई पनि हुँदैन भन्ने मान्यता जताततै दिखिन थाल्यो। हामी यही भोगिरहेका छौं यही देखिरहेका छौं।

पार्टी ठूलो पार्न, ठूलो देखाउन चामलको ठाउँमा धान र धानको ठाउँमा भूसको थुप्रो लगाइयो। पार्टी भत्र आफ्नो पकड बलियो पार्न पार्टी भत्काइयो। प्रजातान्त्रिक मूल्यमान्यतामा आगो लगाइयो। प्रजातन्त्र र प्रक्रियाको कुरा गर्ने ‘लाटाहरू’ले अब चुनाव जित्ने छैनन्। ती पार्टीकाई उति काम लाग्ने पनि होइनन्। यसको पछिल्लो उदाहरण बन्दैछ यही २०७० साल जेठ २३ गते हुने भनिएको स्ववियुको चुनाव।

विद्यार्थी युनियनहरूमा विद्यार्थीहरू मात्रै हुनुपर्ने हो। तर भोट हाल्न, पार्टी ो आकार ठूलो पार्न भोटे विद्यार्थी रातभरि लगाएर भर्ना गरियो। पैसा पार्टीले बगायो। कस्ले धेरै भोटे विद्यार्थी भर्ना गर्ने यसमा उछिनपाछिन भयो। रातभरि लगाएर केही सयथान नक्कली विद्यार्थी भर्ना गर्न सकेकोमा पार्टी कार्यलयमा पुगेर युद्ध जितेको जस्तो फूर्ति लगाईयो। बिहानै पत्रकारका अगाडि पुगेर धारेहात पार्दै अरुले नक्कली विद्यार्थी भर्ना गरे भनेर सत्तोसराप गरियो। माउ पार्टीका युवाहरू नै यो ‘महान राजनीतिक’ काममा लागेकाले अरुले तालुमा हात राखेर त्यसैलाई समर्थन गरे। अब चुनावका दिनसम्ममा के के हुने हो।

यहाँ प्रजातन्त्र भन्ने कहाँ बाँकी रह्यो। प्रजातन्त्र भनेको केही थान नेताले जसरी पनि जित्नु मात्रै हो ?

धेरै ठाउँमा नेताले भाषण गर्दा भन्ने गर्छन्?’यो चुनाव जसरी पनि जित्नपर्छ, यो हाम्रो पार्टी ो प्रतिष्ठाको कुरा हो।’ तर कसैले भन्दैनन् चुनाव स्वतन्त्र र निस्पक्ष होस् चुनावमा मैले वा मेरो पार्टीले हारे पनि हुन्छ तर प्रजातन्त्रले जित्नपर्छ भनेर।

जनताले दुःख गरेर प्रजातन्त्र ल्याएको हो र प्रजातन्त्रमा आफ्नो सुरक्षा, सम्मान र सम्वृद्धिको सपना देखेको हो। पार्टी त्यसका लागि साधन हुन्। हर्ताकर्ता हुन्। प्रजातन्त्रको रक्षक हुन्। प्रजातन्त्रमा मात्रै पार्टी रूको अस्तित्व र भूमिका हुने गर्छ। तर गजव के भइरहेको छ भने प्रजातन्त्र जे सुकै होस् मैले जित्नपर्छ, मेरो पार्टीले जित्नपर्छ भन्ने चिन्ता मात्रै भयो। जित्नका लागि पैसालाई ठूलो साधन, बलवान साधन बनाईयो। हुँदाहुँदा एकथान कमशल नेतालाई जिताउन प्रजातन्त्रका सबै मूल्यमान्यताको बलि चढाउँदै लगियो। स्ववियु चुनाव एउटा पछिल्लो कडी मात्र हो।

साधारण स्कुलको व्यवस्थापनको चुनाव होस् वा वन समिति, रेडक्रसको चुनाव होस् वा अन्य कुनै सङ्घसंस्थाको त्यहाँ निस्पक्ष चुनावको कुरा काल्पनिक कथा मात्रै हुँदै गएको छ। झन् राजनीतिक महत्त्वका हरेक निर्वाचनमा त ठूला भनिने पार्टीकाटै प्रजातान्त्रिक प्रक्रियाको हर्मत लिने काम बारम्बार भइरहेको छ। हरेक जसो चुनावमा केही थान नेताले चुनाव जित्ने तर प्रजातन्त्रले हार्ने काम भई नै रहेको छ। हरेक जसो चुनावमा जित्नेले शिर ठाडो पार्न सक्दैन किनकि ऊ प्रजातन्त्रका सबै प्रक्रिया मानेर जितेको होइन। हार्नेको मनमा आफूले जित्नेले जति धाँधली गर्न नसकेकोमा पछुतो छ। प्रजातन्त्रका मूल्यमान्यता, मर्म र प्रक्रियाको चिन्ता न जित्नेलाई छ न हार्नेलाई। यस्तो अवस्थामा प्रजातन्त्रको संस्थागत विकास कसरी हुन सक्छ र?

जहिले पनि धाँधली गरेर मात्रै जित्ने नेताको उचाई घट्दै गयो। उनीहरू लिलिपुट बन्दै गए। सत्य कुरा बोल्न नसक्ने भए। इमान्दारसँग आँखा जुधाउन नसक्ने भए। षडयन्त्र गर्न सक्ने,  कामचोर, भ्रष्टाचारी, दूराचारी, अत्यन्त स्वार्थी आदि जस्ता चरित्र भएका मानिसबाट घेरिँदै गए। लाउनलाई राम्रै लाएका छन्, खानलाई रामै्र खाएका छन् तर पनि जनताका नाकमा गन्हाउँदै गए। उता प्रजातन्त्र हरेक चुनावबाट खारिँदै र हिष्टपुष्ट हुँदै जानुपर्नेमा घाइते हुँदै दुब्लाउँदै गयो। प्रजातन्त्र विमारी भयो। कसैले मतलव गरेनन्। परिणाम नेता बहिस्िकृत भए कर्मचारीले राजनीति यज्ञमा होमादी गर्दैछन्। पहिला गाउँ, नगर र जिल्लामा मात्रै होमादि गर्न पाएका कर्मचारी अहिले केन्द्रका हर्ताकर्ता पनि उनै भएका छन्। यही गति निरन्तर दोहोरिने हो भने कुनै दिन कर्मचारीको स्थानमा सेना पनि आउन सक्छन्। त्यो पनि एउटा विकल्प हो भन्ने लाग्न सक्छ।

प्रजातन्त्र भनेको विधिको शासन हो। हरेक मानिसको सोचमा जन्मने र व्यवहारबाट हर्कदै र परिस्िकृत हुँदै जाने प्रक्रिया हो।

राजनीतिक दलहरूको अस्तित्व र आवश्यकता प्रजातन्त्रमा मात्रै हुन्छ। राजनीतिक दलका नेता प्रजातन्त्रमा मात्रै सम्मानित हुन सक्छन्। तर प्रजातन्त्र मासेर पार्टी एक दुर्इ थान कमशल नेतालाई पद बाँड्न अर्थात जिताउन लागि परेको छ।

प्रजातन्त्र देखाउने सिद्धान्त मात्रै होइन यो निरन्तर जीवन र व्यवहारमा प्रयोग गरिने विधि हो। यसका सबैभन्दा ठूला रक्षक र प्रयोगकर्ता राजनीतिक दल र नेता हुनु पर्छ। किनकि उनीहरूको अस्तित्व प्रजातन्त्रसँग गासिएको छ।

जनता प्रजातन्त्रमा मात्रै सम्मानित हुन सक्छन्।

जनताको सम्मानका लागि, देशको हितका लागि, भावी सन्ततिका लागि सचेत जनताले सही निर्णय गर्ने बेला आएको छ। नेताले बाटो बिराउँदा जनता अघि सर्नुपर्ने रहेछ। अब प्रजातन्त्र मासेर पार्टी र नेतालाई जिताउन बन्द गर्नुपर्छ। पहिला प्रजातन्त्रिक प्रक्रियालाई जिताउन लागौं। विधिको पालना गरौं। विधि र प्रक्रिया अनुसार भएको चुनावमा जसले जिते पनि हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गरौं।

प्रजातन्त्र रह्यो भने मन नपरेका पार्टी र नेता फ्रर्न सकिन्छ। तर प्रजातन्त्रिक प्रक्रिया मर्दै गयोभने निरड्ढुशता मात्रै बाँकी रहन्छ। जसका विरुद्ध नेपाली जनताले लामो लर्डाई लड्यौं फेरि लड्नुपर्ने हुन सक्छ। त्यसैले प्रजातन्त्र मर्न नदिन प्रक्रिया मिचेर जसरी पनि जित्नपर्छ भन्ने पार्टी र नेतालाई छाडौं। प्रजातान्त्रिक प्रक्रियालाई अपनाउने नेता र पार्टीकाई रोजौं।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width

trending post

ट्रेन्डिङ्ग