‘किशोरावस्थामा गर्भाधान : सर्वाङ्गीण विकासमा व्यवधान’

आदर्श समाज सम्वाददाता
असार २७, २०७०

पृष्ठमूमि :

जनसङ्ख्या भन्नाले निर्धारित भौगोलिक सिमाना भित्र निश्चित समयमा बसोवास गर्ने व्यक्तिहरूलाई बुझाउँछ। जन्म, मृत्यु र बसाईंसराईले जनसङ्ख्याको आकार, वनावट र वितरणमा असर पारिरहेको हुन्छ।

सन् १ मा विश्वको जनसङ्ख्या २१ करोड अनुमान गरिएकोमा सन् १८०० मा १ अर्ब, १९२० मा २ अर्ब, १९६० तिर ३ अर्ब, १९७५ मा ४ अर्ब,  १९८७ मा ५ अर्ब र हाल ७ अर्ब १५ करोडभन्दा बढी पुगेको सर्न्दर्भमा सुरुका वर्षहरूमा मृत्युदर तथा जन्मदर दुवै उच्च भएकोले विश्व जनसङ्ख्या वृद्धिदर साह्रै न्यून रहे तापनि मृत्युदर घट्दै जाँदा जनसङ्ख्या वृद्धिदर विस्तारै बढ्न लागेकोले विकास, सुख, समृद्धि विस्तारका लागि जनसङ्ख्या व्यवस्थापनलाई उच्च स्थानमा राखी विश्व एकजुट भई जनसङ्ख्या व्यवस्थापन गर्नुपर्छ र भएका श्रोत, साधनको अधिकतम प्रयोग गरी गुणस्तरीय जीवनयापन गर्न गराउन हातेमालो गर्न आवश्यक ठानी ५ अर्बको विश्व जनसङ्ख्या पुगेको दिनलाई विश्व जनसङ्ख्या दिवस थालनीको रूपमा ग्ल्म्ए को शासकीय परिषद्ले प्रत्येक वर्षको ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसको रूपमा मनाउने निर्णयअनुरूप विश्वका २०० भन्दा बढी राष्ट्रमा विश्व जनसङ्ख्या दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ।

जन्म सङ्ख्यालाई निर्धारण गर्ने तत्त्वहरूमा विवाहको उमेर, विवाहित जीवनको समयावधि, जन्म-अन्तर, शिक्षा, आर्थिक अवस्था, पोषण स्थिति, परिवार नियोजन साधनको उपयोग, धर्म, संस्कृति महत्त्वपूर्ण पक्ष हुन् भन्ने जनसङ्ख्याविद्को धारणा समेतलाई मध्यनजर गर्दै विश्व जनसङ्ख्या दिवसमा जनचेतना अभिवृद्धि गरी व्यवस्थित एवं सुखी विश्व निर्माणमा सामूहिक प्रतिबद्धता ल्याउन सन् १९८७ को पाँच अर्ब विश्वको जनसङ्ख्या भएका बखत जनसङ्ख्यासम्बन्धी समस्या र सवालहरूको पहिचान भई सन् १९८९ देखि विविध कार्यक्रमका साथ विश्व जनसङ्ख्या दिवस मनाइएको पाइन्छ। विश्व जनसङ्ख्या दिवस ‘किशोरावस्थामा गर्भाधान : सर्वाङ्गीण विकासमा व्यवधान’ ९ ब्मयभिकअभलत एचभनलबलअथ० नारामा केन्द्रित भई २०७० असार २७ लाई दिवसको रूपमा र वर्षभरी सोसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अवसरको रूपमा मनाउँदै छौं।

विश्व स्वास्थ्य स·ठनले १० वर्षदेखि १९ वर्ष उमेर समूहलाई किशोर अवस्था भनी परिभाषित गरेको छ। सन् २००३ मा १ अर्ब किशोरकिशोरी पुगेको अवसरमा जनसङ्ख्या दिवसको नाराकै रूपमा मनाई त्यो उत्पादनशील हिस्सालाई विकासको अवसरको रूपमा परिचालन गर्न अग्रसरता लिएको थियो। सन् १८१० मा १ अर्बमा रहेको जनसङ्ख्या हाल ७ अर्ब १५ करोडभन्दा बढी भएको साथै किशोरकिशोरीको सङ्ख्या धेरै भएको परिप्रेक्षमा नयाँ जन्मने बालबालिकाको स्वास्थ्य राम्रो होस् र किशोरी मृत्यु घटाउन सकियोस् भनी यो दिवस मनाउँदै छौ।

किशोरावस्थामा गर्भको विश्वव्यापी अवस्था

–      विश्वमा ६० करोडभन्दा बढी किशोरी भएकोमा ५० करोडभन्दा बढी विकासशील राष्ट्रमा छन्।

–      विकासशील राष्ट्रमा गरिबी, लै·कि विभेद, हिंसा, बालविवाह, जबर्जस्ती विवाह, किशोरकिशोरी बीचमा शक्ति असन्तुलन, शिक्षाको कमी र विश्वव्यापी कानुन/सम्झौता/समझदारीअनुरूप अधिकार संरक्षणमा कमीले किशोरावस्थामा गर्भ चुनौतीको रूपमा रहेको छ।

–      किशोरी मातृमृत्यु र रुग्णता विश्वव्यापी जनस्वास्थ्य समस्याको रूपमा रहेको छ।

–      १५-१९ वर्षका किशोरी गर्भावस्था र बच्चा जन्मदाको अवस्थामा २० वर्षमाथिका गर्भवतीको तुलनमा २ गुणा बढी मृत्युको जोखिममा पर्ने,

–      यो मृत्युको जोखिम १५ वर्षमुनिका किशोरी हरूमा ५ गुणा बढी हुने,

–      प्रतिवर्ष १ करोड ६० लाख किशोरी गर्भवती हुने। अधिकांश गर्भवती किशोरी कम/मध्यम आय भएका देशका दुर्गम क्षेत्रमा केन्द्रित,

–      १५ वर्षमुनिका किशोरीहरू  प्रतिवर्ष २० लाख गर्भवती हुने,

–      प्रत्येक वर्ष ३० लाख किशोरी  असुरक्षित गर्भपतन गराउन बाध्य,

–      २०-२९ वबर्षका गर्भवतीका तुलनामा १५-१९ वर्षका गर्भवतीको गर्भपतन र नवशिशु मृत्यु ५० प्रतिशत बढी हुने,

–      किशोरीबाट जन्मिएका बच्चाको तौल तुलनात्मक रूपमा कम हुने,

–      विश्वमा ५ जना किशोरीमा १ जनाले १८ वर्षभित्र बच्चा जन्माएको,

नेपालमा किशोरी गर्भको अवस्था

–      नेपाल मातृ मृत्युदर अधिक भएका देशमध्ये अग्रणी स्थानमा पर्दछ। हाल प्रतिदिन १२ जना आमा गर्भको कारणले मृत्यु हुने आँकडा छ। त्यसमा पनि किशोरीमध्येमा मृत्यु अनुपात बढी छ। एक दिनमा ७२ जना नवशिशुको मृत्युमध्ये अधिकांश किशोरी गर्भबाट जन्मेका नवशिशु रहने गरेको छ।

–      आ.व.०६६/६७ को स्वास्थ्य सेवा विभागको वाषिर्क प्रतिवेदन अनुसार सेवा लिने कुल गर्भवती मध्ये २१.३७ प्रतिशत किशोरी रहेको

–      नेपाल जनसाङख्यिक सर्वेक्षण २०११ अनुसार १७ प्रतिशत किशोरी गर्भवती भएको पाइएको छ। सन् २००१ र २००६ मा सम्पन्न सर्वेक्षणमा समेत किशोरी गर्भ १७ प्रतिशतकै हारहारीमा रहेको देखाउछ

कास्कीमा किशोरी गर्भको अवस्था

–      आ.व.०६७/६८- २३.०६% किशोरी गर्भ

–      आ.व.०६८/६९- २६.९१% किशोरी गर्भ

–      आ.व.०६९/७०- २२.०३% किशोरी गर्भ – जेठ मसान्तसम्मको )

काठमाडौंपछि उच्च साक्षरता दर रहेको कास्की जिल्लामा उक्त तथ्याड्ढले किशोरी गर्भ कम गराउन कास्की जिल्लाले थप प्रयास गर्नुपर्ने टड्कारो रूपमा इ·ति गर्दछ।

किशोरावस्थामा गर्भ रहनुका कारणहरू

–      सानो उमेरमा विवाह गर्नु र वच्चा जन्माउन पारिवारीक दबाब

कम विकसित, कम/मध्यम आय भएका देशमा ३० प्रतिशत भन्दा वढि विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ। १४ प्रतिशत विवाह १५ वर्ष नपुग्दै हुने गरेको

–      सामाजिक मुल्य मान्यताले चाडै गर्भवति हुने,

–      शिक्षाको अवसरमा कमी,

–      गर्भ निरोध साधनको जानकारी एवम पहुँच नहुनु,

–      यौन शिक्षामा कमी,

–      यौन हिंसामा वृद्धि,

–      किशोरावस्थामा हुने गर्भबाट आमा बच्चाको स्वास्थ्य मा पर्ने असर बारे जानकारीको अभाव,

किशोरवस्थामा गर्भधारणका परिणामहरू

–      आमाको स्वास्थ्यमा खतराः- अकालमा मृत्यु, रुग्णताको प्रमुख कारक। बच्चा जन्माउन, गर्भधारण गर्न शरीर पूर्णरूपमा तयार भइ नसकेको हुँदा गर्भावस्था, बच्चा पाउने अवस्था र सुत्केरी भएको ६ हप्तासम्म विभिन्न जटिलताले आमाको मृत्यु एवम जटिलता बाट स्वास्थ्य अवस्था कमजोर हुने। अशुरक्षित गर्भपतनबाट मृत्यु एवं जटिलताको शिकार। पाठेघर खस्ने समस्या धेरै देखिने।

–      नवशिशुको स्वास्थ्यमा नकारात्मक असरः- किशोरी गर्भवती भएमा गर्भपतन हुने सम्भावना अत्याधिक हुने, जन्म भए कम तौलको जन्मने, जन्मनेवित्तिकै मृत्यु हुने तथा जीवित जन्म भए पनि कम तौल भई लामो अवधिसम्म विरामी भइरहने पाइएको छ।

–      गरिबी एवं कमजोर स्वास्थ्यको कुचक्रको शिकार :- किशोरी अवस्थामा विवाह भएमा पढाइ छाड्नु पर्ने, गर्भवती भएमा झन् पढार्इ निरन्तरता दिन अप्ठ्यारो हुने, पर्ढाईमा अवरुद्ध हुँदा ज्ञान, सीपको कमी भई भविष्यमा आय आर्जनका अवसर कम हुने।

–      आर्थिक रूपले आत्मनिर्भर नभई बच्चा जन्माउँदा आर्थिक समस्या आउने

–      छिटो बच्चा जन्माउँदा जनसङ्ख्या वृद्धिको कारण बन्न सक्ने

हाम्रो भूमिका

–      २० वर्ष -अभिभावकको सहमतिमा १८ वर्ष) उमेर नपुगी विवाह नगर्ने /नगराउनेः- राज्यबाट विद्यमान नियम, कानुनको पालना, समुदाय/परिवारलाई किशोरावस्थामा रहने गर्भले आमा एवम बच्चाको स्वास्थ्य राम्रो नहुने ख्याल गरी तदनुरूप व्यवहार गर्न सचेतना बढाउने, किशोरकिशोरी लाई जानकारी दिई सशक्तीकरण गर्ने र औपचारिक/अनैपचारिक शिक्षामा केटीको सहभागिता बढाउने सम्बन्धित सबै पक्षले सक्रियता बढाउनुपर्ने।

–      २० वर्ष नपुगी गर्भधारण नगर्ने :- जानकारी सम्प्रेषण, यौन/स्वास्थ्य शिक्षा, जीवनपयोगी सीपबारे जानकारी परिवार नियोजनसम्बन्धी परामर्शका साथ परिवारमा २० वर्ष नपुगी गर्भाधारण गर्दा आमा एवं बच्चाको स्वास्थ्यमा हुने खतराबारे परिवारमा जानकारी प्रवाह गर्ने।

–      अनिच्छित गर्भाधारण रोक्ने :- परिवार नियोजन साधनको पहुँच, गुणस्तर अभिवृद्धि गरी किशोरी मैत्री सेवा प्रवाहस आपतकालीन गर्भनिरोध साधन उपलब्धता, पाठ्यक्रममा गर्भनिरोधका साधनबारे विषय राखी छलफल गर्ने।

–      असुरक्षित गर्भपतन नगर्ने, नगराउने  :-

–      सुरक्षित गर्भपतन सेवा प्राप्तिका लागि किशोरी एवं सरोकारवालालाई सेवा पाउने स्थानबारे सुसूचित गराउने।

–      असुरक्षित गर्भपतनको खतराबारे जानकारी गराउने

–      कानुनीरूपमा मान्यता पाउने गर्भपतनको बारे सुसूचित गराउने र सुरक्षित गर्भपतन हुने स्थानबारे जानकारी दिने।

–      गर्भपतनपश्चात् जटिलताको उपचार सेवा पाउने स्थानबारे जानकारी दिने

–      गर्भपतनपश्चात् पपरवार नियोजन सेवा उपलब्धता सुनिश्चित गर्ने

जबर्जस्ती यौन सम्पर्क तथा जबर्जस्ती करणी घटाउन पहल गर्ने

–      किशोरी सशक्तीकरण -यौन सम्पर्कविरुद्ध आवाज सशक्त बनाउन पहल) र घटना घटेमा समुदायको सहयोग

–      जीवनपयोगी सीप अभिवृद्धि – सञ्चार र वार्ता सीप अभिवृद्धि

–      युवाहरूलाई लै·कि सम्वेदनशील बनाउन पहल।

–      तालिमप्राप्त दक्ष प्रसूतिकर्मीको सेवा बढाउने

–      दक्ष प्रसूतिकर्मीको आवश्यकता बोध गराई किशोरकिशोरी र सरोकारवालालाई सेवा प्रोत्साहित गर्ने

–      समुदायले जन्म/ आपतकालिन योजना तयार गरी दक्ष प्रसूतिकर्मीबाट सेवा पाउने ठाउँ र आवश्यक बन्दोवस्त मिलाउन सहयोग गर्ने

यसरी यसवर्षको जनसङ्ख्या  दिवसले प्रत्येक गर्भ इच्छित होओस् प्रत्येक जन्म सुरक्षित होओस् र प्रत्येक युवाको प्रतिभा प्रस्फुटन गराई विकासमा योगदान दिन सकून् भनी लिएको आशा पूरा गर्न व्यक्ति, परिवार, समुदाय,राष्ट्र र विश्व एकजुट हुन थप टेवा देओस् र किशोरावस्थामा गर्भ रोक्न सफल बनोस् सबैमा शुमकामना छ।

(लेखक जिल्ला जनस्वास्थ्य कार्यालय, कास्कीका वरिष्ठ जनस्वास्थ्य प्रशासक हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width

trending post

ट्रेन्डिङ्ग