ऐतिहासिक दृष्टिमा तेरमीन

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७२

विभिन्न जनजाति, भाषाभाषी र संस्कृतिक विविधतामा नेपाल समृद्ध छ। तीमध्ये थकाली जाति पनि एक हो। आफ्नै साँस्कृतिक महत्वको गौरवमय पृष्ठभूमि र थाकखोला (मुस्ताङमा अवस्थित)लाई थकालीले आफ्नो उद्गस्थल मान्ने गर्दछन। थकालीको महान चाड तोरनल्ह अर्थात् मार्फाका थकालीले यसलाई तेरमीन पनि भन्दछन्। थाकखोलावरपर बसोबास गर्ने थकालीहरू गाउँ अनुसार यो पर्वलाई भिन्नभिन्न नामले उच्चारण गर्ने गर्दछन्। जस्तै तोरनल्ह, तोरनल, तेरमीन, ल्हङल्ह। मार्फाका थकालीले यो पर्वलाई तेरमीन भनिन्छ। तेरको अर्थ शुभ, मीनको अर्थ सभ्य, काल र क्षण भन्ने बुझिन्छ। फरक-फरक नामबाट उच्चारण गरे पनि निचोडमा यो पर्व मनाउने समयमा शुभ दिन, शुभ महिना, शुभ काल र क्षणको आगमन हुँदाको अनुकूलमा हषोर्ल्लाससाथ थकाली जातिले मनाउने पावन पर्वको रुपमा चिनिन्छ।

भगवान बुद्ध बुद्धत्व प्राप्त गर्न राजकाज त्यागी हिडेका थिए। ठूलो त्याग, तपस्यापछि उनले बुद्धत्व प्राप्त गरे। लामो समयसम्म पनि आफ्ना छोरा राजकुमार सिर्द्धार्थ गौतमसँग विछोड हुँदा राजा शुद्धोधनले पटक-पटक आफ्ना दरवारका भारदार, कर्मचारीलाई बुद्धलाई दरवारमा र्फकन आग्रहका साथ पठाएका थिए। जति बुद्धलाई लिन गएका थिए, सबै नै बुद्धका चेला र भक्त बनी उतै बसेका थिए। आफ्ना पिताको पटक-पटकको आग्रह हृदयङ्गम हुँदाहुँदै पनि बुद्धले परिवारलाई भेट्न सक्नु भएको थिएन तर लामो प्रतीक्षापश्चात् उनले एकै पटक आफ्ना पिताजीलगायत सबै परिवारलाई भेट्ने अठोट गर्नुभयो। यस्तो यात्राको निर्ण गरेको शुभ साइतलाई नै शुभ अवसरको रुपमा सबैले स्वीकार गरे। यस प्रकार परम्परादेखि नै यस भनाइ र सत्यतापछाडि बुद्ध धर्ममा विशेष आस्था राख्ने थकाली जातिले पनि फागुपूणिर्मा/तेरमीपर्व/ तोरनल्हलाई विशेष उल्लाहपूर्ण वातावरणमा मनाइने गरेका छन्। मार्फाका थकालीहरू तेरमी पर्वको अवसरमा परम्परा, रीतिरिवाज अनुसार रोचक तवरले यो पर्व मनाउने गर्दछन्।

वसन्त पूणिर्माको शुभ साइत पारेर मार्फागाउ“मा बस्ने थकाली सुमदायबाट तेरमीन पर्व आरम्भ गरिन्छ। पहिलो दिन अर्थात् मार्फागाउँका सदस्यहरू जसलाई ‘मीरत’ भनिन्छ। यी सदस्य सामाजिक कार्यस्थल गाउँको बीचमा अवस्थित कोटघरमा भेला हुन्छन्। यसरी पर्वको थालनी गर्दा थकालीको लुप्रन -पुरोहितको काम गर्ने व्यक्ति)ले परम्परागत शैलीमा विशेष भेषभूषामा तारमीनको गीत गाउने गर्दछन् र पितृको स्मरणमा छेछे पूजाआजा गर्दछन्।

यो पर्वमा लोग्ने मानिसले खेल्ने धनुष तीरको खेलका लागि धसा-एक प्रकारको काठको फलेक) निश्चित दूरीमा २ ठाउँमा स्थापित गरिन्छ। यी धर्सो बीचमा फलामबाट निर्मित घेरा जसलाई खोल भनिन्छ। यो खेलको आकर्षण भनेको धनुष तीर खेल खेलिन्दा खोलको घेराभित्र हिर्काउन सकेमा केही बाजीको हारजित हुने गर्दछ। उक्त धर्सापरम्परागत रुपमा स्थापना गरिसकेपछि प्रथम चरणमा शुभकामना, शुभेच्छा, मंगलमय पर्व गीत गुन्जायमान हुन्छ। धर्साअर्थात् फलेकको टुप्पाको भागमा खाता ओडाइदिने पवित्रको प्रतिक मानिने धुपीको टुप्पा काठको सानो ठेकीमा राखिएको पिय वस्तु रक्सीले छेछे गर्दै चढाउने चलन छ। धुनष खेल खेल्ने खेलाडी प्रत्येकसँग एक जोर तीर हुनु पर्दछ। खेलाडीको संख्या हेरी दुर्इ/चार समूहमा विभाजन गरिन्छ। प्रत्येक समूहको प्रमुखलाई ‘धापेन’ नामबाट सम्बोधन गरिन्छ। धापेन छनौट स-सानै उमेरबाट गर्दै लैजाने प्रचलन छ। खेलाडीहरूलाई मार्फागाउँमा स्योम्ब भन्ने गरिन्छ। यो स्योम्बको छुट्टै कोष हुन्छ। आ-आफ्ना पितृको स्मरणमा नगद यस कोषमा सहयोग गरिन्छ। सबैले अनिवार्य रुपमा सहयोग गर्नुपर्ने वाध्यता छैन। गाउ“मा यसै स्योम्ब कोषबाट भोजभतेरका लागि खर्च गर्ने चलन छ। स्योम्ब कोषमा सहयोग गर्ने पितृको सम्झनामा उक्त धर्सास्थापनाको समयमा छेछे पूजा श्रद्धाञ्जली व्यक्त गर्ने गरिन्छ।

स्योम्बोहरूले भोजभतेरपश्चात् धनुष काँण खेल खेल्न जाँदा बाटोमा गाउँले महिला विशेष भेषभुषामा सजिएर फलफूल, दूध, रक्सीद्वारा खेलाडीलाई स्वागत गर्दछन्। खेलाडीले पनि महिलालाई शुभ लक्षणवापत नगद उपहार दिने चलन छ। उल्लासपूर्ण वातावरणमा तिर खेल्ने खेलाडी, बुढापाका, महिला, युवायुवती सबैले चाड मनाउने गर्दछन्। अकोर्तर्फ प्रत्येक थाकालीको घरपरिवारमा उल्लासपूर्ण वातावरण चार्डपर्वअगावै घर-घरमा विशेष खालको रातो माटोले लिपपोत, चुना लगाउने, घर उज्यालो पार्ने र सरसफाइ गर्ने प्रचलन छ।

घरको मुली महिलाले पूणिर्माको रात अर्थात् उज्यालो नहुँदै खोलाबाट ओम्खरा आदि भाडामा चोखो पानी ओसार्ने गर्दछन्। घरको पूजाआजा गर्ने मुख्य थलोमा राम्ररी रातो माटाले लिपपोत गरी चोखो पानी, फलफूल चढाउनुका साथसाथै मीठा खानाका विभिन्न परिकार राखी बत्ति बालेर पुखा, पितृको नाममा पूजा गरी चढाउने प्रचलन पनि छ। महिला, पुरुष, बालबच्चा सबै नया“ भेषभुषामा हुन्छन्। सम्पूर्ण परिवार साथमा बसेर विभिन्न खानाका परिकारले खाने गरिन्छ। परिवारमा सानाले मान्यजनलाई ढोग गर्ने चलन छ। महिला, नाकावोटी -एक प्रकारका पङी कौडी) र ढुङ्गाको गट्टा खेलेर मनोरञ्जन गर्दछन्। पुरुष प्रायः धनुष तीर खेलमा व्यस्त रहन्छन्।

फागुपूणिर्माबाट परम्परागत सांस्कृतिक नाचगानसहित मार्फाका थकालीले यो पर्व छ दिनसम्म मनाउँछन्। पर्व समापनको साँझ मार्फागाउ“मा भूतप्रेत धपाउने प्रचलन हालसम्म छ। दुर्इ खाली माटोका हाडीभित्र मकै, सिमी, सुकेको सागपात र उवाको पिठोबाट बनाएको घोक ग्रहको रुपमा राखिन्छ। अन्दाजी छदेखि सात फिटसम्म लामो सल्लाको काठबाट तयार पारिएको दियालो, चोयाले बाँधी त्यसमा आगो प्रज्वलन गराउँदछन्। मार्फागाउँको कोटघरमा मूल खम्बामा बाँधी भेला भएका महिला-पुरुष यस्ता गीत गाउँछन् :

छे तो माया फोलो से

छे छयतो माया हमालो से

सोम्चयु स्याङसम हल्य हयुललो छ चेतो

माया हेमोलो हसे ये हो हौं हो माङ चाली

हो हो हो माङचाली हो हो …….।

गीत गाउँदै र दमाइले दमाहा बजाउँदै मार्फागाउँको मध्य भागमा ल्याई पुर्‍याउँछन्। दुवै माङ अर्थात् ग्रहलाई बोक्ने धावकले गाउ“को दुर्इ विपरीत दिशातिर पुर्‍याउने गर्दछन्। दुवै माङ ग्रहको प्रतीकलाई मार्फागाउँको अन्तिम भागसम्म पुर्‍याई समापन गर्ने चलन छ। यसरी तेरमी पर्व समापन भएको केही दिनमा मार्फागाउ“का लामाबाट हिम बौद्ध ग्रन्थ पढाइन्छ। त्यसपछि खेतीपाती गोडमेल शुभारम्भ हुन्छ। यसरी परम्परागत तेरमी पर्व समापन हुन्छ। आफ्नो मूलथलो अर्थात् जन्मभूमिबाट विस्तापित भइ देश-विदेशमा छरिएर बसेका यी थकाली आ-आफ्नो पाएक पर्ने ठाउँमा भेला भई समाजको थलोमा तेरमी पर्व मनाउने गर्दछन्।

यस्तै, पोखरामा मार्फाका थकालीले वि.सं. २०२९ सालमा स्थापना गरेको मार्फा थकाली सेवा समाज पोखरा, चापापानी प्राङ्गणमा भेला भई विविध सांस्कृतिक परम्परा, भेषभूषामा तेरमी पर्व छ दिनसम्म भव्य रुपमा मनाउने गरिन्छ। यस पर्वलाई सबै नेपाली दाजुभाई, दिदीबहिनीमा शुख, शान्ति, सम्वृद्धि, मेलमिलाप, परस्पर सद्भाव, सहयोग, सहिष्णुता, शत्प्रेरणा, शत्विचारको सन्देश फैलाउने पर्वका रुपमा थकालीले मनाउँदै आएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै