आत्मा शरीरमा शक्ति सञ्चार गर्ने पावरहाउस हो

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७३

प्राणीको शरीर पञ्च तत्व : पृथ्वी, जल, वायु, तेज र आकाशले बनेको छ। यो शरीरलाई चलायमान बनाउने अदृश्य शक्ति आत्मा हो। शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशील बनाउने तथा नरहेमा निस्क्रिय वा मूर्दा बनाउने अविनाशी र अभौतिक शक्ति आत्मा हो। मन वा अन्तकरणका आचरणको ज्ञान गराउने सत्ता जीवात्मा हो। सत् चीत आनन्द पदार्थ चैतन्य तत्व, मन, चित्त हृदय आत्मा हो। आत्मा विद्युत्को पावरहाउस जस्तै मानव शरीर सञ्चालन गर्ने पावरहाउस हो। विद्युत् गृहमा गडबडी हुनासाथ विद्युत् लाइन तोडिन्छ र अन्धकार हुन्छ। अन्धकारमा कोही पनि कार्य गर्न सम्भव हुँदैन। कुनै वस्तुको गुद वा सार तत्व आत्मा हो। मानव शरीरको गुद तत्व आत्मा हो। शरीरबाट आत्मा अलग भयो भने शरीर काम नलाग्ने बेकम्पा वस्तुमा परिणत हुन्छ। आत्माको ज्ञान वा आत्मामा लीन भएर प्राप्त हुने आनन्द आत्मानन्द हो। आत्मा नै छैन भने मुढ शरीर चलायमान नहुने र ज्ञान प्राप्त हुने कुरै हुँदैन। जहाँ आत्मा छ, त्यहाँ स्वयम् प्राप्त अनुभव हुन्छ। आत्माको अस्तित्वको अनुभव आत्मानुभव हुन्छ। आत्माको स्वरूप आदिका सम्बन्धमा हुने वा ज्ञान आत्मज्ञान, आत्मबोध आत्मानुभूति हो। आत्मा चर्म चक्षुले देख्ने र हातले स्र्पर्श गर्न सकिने तत्व होइन। यो अदृश्य शक्ति हो। यो अनुभव गर्ने भाववाचक संज्ञा हो। आफैआफ हुने अनुभूति आत्मानुभूति हो।

आफ्नो सम्मान, प्रतिष्ठानको विचार, आफ्नो मान-अपमानको ज्ञान, स्वाभिमान, आत्मगौरव आत्माभिमान हो। आफ्नो इज्जत र प्रतिष्ठा राख्ने स्वाभिमानी आत्माभिमानी हुन्। अहिलेको मानिस आफ्नो प्रतिष्ठाको खोजीमा तल्लीन छ। आफ्नो प्रशंसामा मख्ख हुन्छ मान्छे। प्रतिष्ठा आशा गरेर खोज्नु हुँदैन। असल सत् कर्म गरे प्रशंसा गर्न बाध्य हुन्छ मान्छे। आत्मातर्फ उन्मुख, अन्तर्मुख आत्माभिमुख हो। आफ्नै आत्मामा लीन हुने वा आत्मज्ञानले तृप्त योगी, आत्मज्ञानी आत्मज्ञानद्वारा आनन्दमग्न भएको व्यक्ति आत्मराम हो। अर्थात् आत्माको ज्ञाता आत्मज्ञानी हो। आफैले आफूमा भएका गुण दोषहरूबारे गरिने आलोचना वा मूल्याङ्कन, साम्यवादी हल्का कार्यकर्तालाई अनुशासित तुल्याउनका निम्ति आफ्नो भूल गलत कार्य आफैले प्रकाशमा ल्याउन प्रत्येक बैठकमा गरिने गुण दोषको विवेचना आत्मालोचना हो। तर अहिलेका नेता आफ्ना अवगुण लुकाएर गुणको गान, बखान गरेर जनतालाई गुमराहामा राखेर आत्मालाई धोका दिएर व्यक्तिगत स्वार्थ सिद्धि गर्नेतर्फ तल्लीन छन्। आत्मा झुटो छैन। यो सत्य र अविनाशी छ। मनको वशमा परेर आत्मालाई ढाँटेर मानव खराब काम गरेर आफ्नो भौतिक स्वार्थ पूरा गर्छ। आत्मा के भन्छ- अरू कसैको आश्रय र भरोसामा नरहेर आफ्नै भरोसामा काम गरेर बाँच मान्छे भन्ने आत्मावलम्बी घोषणा गर्दछ। आत्माले झुटो मान्दैन। सत्य छोड्दैन। त्यसैले आत्मा अजर र अमर छ। यो भौतिक शरीर क्षणभङ्गुर नासवान् छ। यही क्षणभङ्गुर शरीरको पालनपोषणका लागि तड्पिरहेको छ, सृष्टिको सर्वश्रेष्ठ प्राणी हो मान्छे। मान्छे आफ्नो प्रशंसा खोज्छ तर असल काम गर्नेतर्फ प्रेरित छैन। आत्मा के हो, आत्माले के चाहन्छ भन्नेतर्फ छैन मान्छे। भौतिक सुख, सयलमा अल्झेको छ मान्छे। आध्यात्मिक ज्ञानको लाभ लिनेतर्फ छैन मान्छे। धिक्कार छ कलियुगको मान्छेलाई झ् पैसामा बिकेको छ मान्छे। पैसाका लागि मरिमेट्छ मान्छे। ज्ञान प्राप्त गर्नेतर्फ रतिभर समय दिँदैन अहिलेको मान्छे। पैसाको लागि चौबिस घण्टा खर्च गरिहेछ मान्छे। समाज वा सम्बन्धित क्षेत्रबाट दिइने वास्तविक आदर, मान, प्रतिष्ठा प्राप्त गर्ने इज्जतको ख्याल गर्दैन मान्छे। इज्जत, प्रतिष्ठा पैसामा छ भन्छ मान्छे। अहलेको मान्छे आत्माको वशमा छैन। मनको वशमा छ। मनले अह्राएका काम तुरुन्त गर्छ मान्छे, बुद्धिले गरेको आदेशपालना गर्दैन। बुझ, सोच, विचार गर्ने तथा सही निर्ण्र्ाा गर्न सक्ने मानसिक शक्ति, ज्ञान, प्रज्ञा, समझ अक्किल आजका कमै मान्छेबाट प्रयोग हुन्छ। वौद्धिक काम गरेर जीविका चलाउने बुद्धिजीवीको सङ्ख्या अति न्यून छ। बुद्धूहरूको बोलवाला छ अहिले। आफूभित्रै रहेको आत्मा रुपी परमेश्वरको उपेक्षा गर्नाले मान्छेले दुःख पाएको छ। आत्मालाई धोका दिएर शरीर पाल्नका निम्ति छलछामको व्यवहार गरिरहेको छ मान्छे।

बिजुली आदि शक्ति पैदा हुने ठाउँ वा घर, शक्ति भण्डार -पावर हाउस) शक्ति घर हो। त्यस्तै मानिसको शक्ति घर (पावरहाउस) आत्मा हो। विद्युत् गृहबाट शक्ति प्रसारण भएपछि अन्धकार अँध्यारो नष्ट हुन्छ। त्यस्तै, मानव शरीरमा आत्मा रहेसम्म यो प्रकाशमान हुन्छ। आत्मा अमर छ, शरीर नासवान् छ। जसरी विद्युत् शक्ति अदृश्य छ। त्यसैगरी, आत्मा शक्ति पनि अदृश्य छ। देखिँदैन तर वलवान् छ। दुबै आँखा नदेख्नेलाई दृष्टिविहीन भनिन्छ। वास्तवमा आँखा देख्नेभन्दा ऊ बढी ज्ञानी हुन्छ।  विवेक नभएको निर्विवेकी, मनपरी गर्ने, जथाभावी गरी हिँड्नेहरू अन्धा हुन्। प्रकाशको अभाव, अँध्यारो, मोह, अज्ञान, विवेकहीनतालाई अन्धकार भनिन्छ। बलेको वा उज्यालो पदार्थबाट निस्केर अन्धकारलाई हटाउने तत्व अन्धकारले गर्दा प्रत्यक्ष हुन नसकेका वस्तु आँखा सामुन्ने प्रत्यक्ष गराउने उज्यालो वस्तुबाट निस्कने तेज हो। यो विश्व ब्रहृमाण्डको समस्त शक्ति र प्रकाशको स्रोत सूर्य हुन्। सूर्य छैनन् भने सारा संसार अन्धकार हुन्छ। सूर्यविना कुनै जीवको सृष्टि हुन सक्दैन। त्यस्तै आत्मा पनि जीवात्माको शक्तिको स्रोत -पावरहाउस) हो। यो विना शरीर रहन सक्दैन।

प्राणीको अनुभव, इच्छा, बोध, विचार, सङ्कल्प, विकल्प आदिलाई नियन्त्रण तथा परिचालन गर्ने अन्तकरणको अंश वा वृत्ति, नाक, कान, आँखा आदिबाट थाहा पाइने कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय, अन्तःकरण, चित्त, दिल, हृदय, इच्छा, कामना, अभिलाशा, रुचि, स्वभाव, प्रकृति, आशय, इरादा, विचार आदिलाई मन भनिन्छ। संसारमा सबैभन्दा गतिशील मानिसको मन छ। यसले निमेषमा संसार परिक्रमा गर्दछ। यसलाई मस्तिष्कले वशमा राख्नु पर्दछ। मानिस मनको बशमा होइन, मस्तिष्कको वशमा चल्नु पर्दछ। तबमात्र मानव जीवन सार्थक हुन्छ। अन्यथा जीवन र्व्यर्थ हुन जान्छ। असल विचार लिएर चल्नर्ुपर्छ। आत्माको सम्बन्ध मस्तिष्कसँग हुन्छ। मनसँग होइन। मनको इशारामा चल्ने खाडलमा पर्छ। आफूभित्र रहेको आत्मालाई चिनेर सही व्यवहारमा उतार्न सकेमात्र सार्थक र सफल जीवन व्यतीत गर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै