नवलपरासी, २३ चैत । बजार क्षेत्रमा भिडभाड नघटेपछि जिल्ला सुरक्षा समिति पश्चिम नवलपरासीले आज आइतबारदेखि लकडाउनलाई थप कडाई गरेको छ ।
भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासी कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले सुरक्षा समितिले व्यक्तिहरुको आवतजावत र पसल खोल्ने समयमा थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लालमणि आचार्यले बताए । यसअघि चौबिसै घण्टा खाद्यन्न र तरकारी पसल खोल्न दिएको थियो । अब उनीहरुका लागि निश्चिम समय सीमा तोकिएको छ । पहिलो चरणमा परासी सदरमुकाम क्षेत्रका खाद्यान्न र तरकारी पसल खोल्ने समय दिउँसो ११ बजेदेखि २ बजेसम्म तोकिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । क्रमशः यो समय तालिका अन्य बजार क्षेत्र र स्थानीय तहमा लागु गरिने छ । औषधि पसलहरु भने चौबिसै घण्टा खुल्ने छन् । अन्य सबै पसल बन्द हुने छन् ।
तरकारी र खाद्यान्न खरिद गर्ने बहानामा साँझपख भिडभाड बढेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए । यसअघि विभिन्न बहाना बनाएर बजार क्षेत्रमा निस्कने सर्वसाधारणलाई सम्झाई बुझाई छाडिएपनि अब भने पक्राउ गरी कानुनअनुसार कारबाही गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।सरकारले लकडाउनलाई कडाईगर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थाीय तहदेखि अर्को स्थानीय तहको आवतजावतलाई रोक गरेसंगै जिल्ला सुरक्षा समितिले जिल्लाको लकडाउनलाई कडाई गर्दै लगेको हो ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीको पदस्थापन
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८