कोरोना नियन्त्रणका लागि सहयोग घोषणा

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६

पोखरा । कोरोना नियन्त्रण गर्न गण्डकी प्रदेश मुख्यमन्त्री विपद् व्यवस्थापन कोषका लागि विभिन्न क्षेत्रबाट सहयोग घोषणा हुन थालेको छ ।पोखराको जनप्रिय बहुमुखी क्याम्पसले कोषमा ५० हजार प्रदान गर्ने अध्यक्ष तारा गिरीले जानकारी दिए ।

बाहिर निस्कन सहज हुने बित्तिकै सो रकम हस्तान्तर गरिने क्याम्पस प्रमुख विरञ्जी गौतमको भनाइ छ ।त्यस्तै, लायन्स क्लब अफ पोखरा फिष्टेल सिटीले पनि सहयोग गर्ने भएको छ ।क्लबका अध्यक्ष तारा गिरीले ५० हजार सहयोग गर्ने जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width