१८ औं आहा रारा गोल्डकप, १० टिम सहभागी

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
20200222_093417

विजय नेपाल- पोखरा, १० फागुन । सहारा क्लब पोखराले १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको छ । क्लबले शनिबार पत्रकार सम्मेलन गरी पुरस्कार राशिमा वृद्धि भएको जनाएको हो ।

यसपालिको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् । गत संस्करण तुलनामा विजेताको लागि २ लाख र उपविजेताको लागि १ लाख रुपैयाँ पुरस्कार वृद्धि गरिएको हो ।
समयक्रम अनुसार यसपालि पुरस्कार राशि बढाइएको प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । पोखरा रंगशालामा फागुन २२ देखि चैत १ सम्म संचालन हुने प्रतियोगितामा गत वर्षझैं यसपालि पनि १० टिमको सहभागिता छ ।

प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल आयाल निगम मनाङ मस्र्याङ्दी क्लब, ब्रिगेड ब्याइज क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, संकटा क्लब, झापा–११ फुटबल क्लब, भारतको गान्तोक सिटी फुटबल क्लब र आयोजक सहारा क्लब पोखरा गरी १० टिमले भाग लिनेछन् । लिगविजेता मच्छिन्द्र क्लबको भने सहभागिता छैन । क्लब अध्यक्ष थापाले मन्छिन्द्रलाई सहभागिताको लागि अनुरोध गर्दै पत्र पठाइएको भए पनि अन्य प्रतियोगितासँग जुधेको हुँदा उपस्थित हुन नसकेको स्पष्ट पारे ।

प्रतियोगिताबाट १ करोड १८ लाख रुपैयाँ आम्दानी र ९९ लाख ३८ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट एक जनालाई सम्मान गरिनेछ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य राजेश गुरुङले निर्माणाधीन पोखरा रंगशालामै आहा रारा खेलाउन बाधा नपुग्ने बताए । उनले हाललाई १३ हजार सिट तयार भएको जानकारी समेत दिए ।

२०५५ सालमा पोखरामा स्थापित मोफसलको चर्चित सहारा क्लब फुटबल मार्फत सामाजिक सेवामा सक्रिय रहँदै छ । क्लबले सहारा एकेडेमी संचालन गरी हाल तेस्रो ब्याचको रुपमा १४ जिल्लाका २४ बालकलाई फुटबल प्रशिक्षणसहित आवासीय सुविधा एवं शिक्षादीक्षा प्रदान गर्दैआएको छ । प्रतियोगितालाई सुरु संस्करणदेखि हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउले मुख्य प्रायोजन गर्दैआएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । १७ औं संस्करणको विजेता रुस्लान थ्रीस्टार र उपविजेता त्रिभुवन आर्मी हो ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width