पोखरा, आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन् ।
चितवन जिल्ला अदालतले उनी सहित यो मुद्दाका तीनै जना प्रतिवादीलाई आइतबार सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ।
लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई पनि अदालतले सफाइ दिएको छ। पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि उनलाई त्यो अवस्थामा पुग्न बाध्य पारेको भन्दै सरकारी वकिल कार्यालय चितवनले तीनैजनालाई मुद्दा लगाएको थियो।
पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनको साथबाट आत्महत्याअघि खिचिएको भिडियो प्राप्त भएको थियो। जसमा उनले लामिछानेसहित तीनै जनाका कारण आफू मर्नुपरेको बताएका थिए।
पुडासैनी न्युज २४ टेलिभिजनमा लामिछानेले चलाउँदै आएको सिधाकुरा जनतासँग भन्ने कार्यक्रमका पूर्वसंवाददाता थिए। जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो। लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।
Related News
सम्बन्धित समाचार
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
सुरु भयो पदयात्राको याम
गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
hero news full width
मुख्य समाचार
रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
असाेज ३, २०८१पोखरामा मनाइयो संविधान दिवस
असाेज ३, २०८१पोखरा महानगर शिक्षा महाशाखाद्वारा शैक्षिक सम्मान
असाेज २, २०८१हिसान कास्कीमा दिवाकर जैसी
असाेज २, २०८१आजदेखि सोह्र श्राद्ध सुरु
असाेज २, २०८१