सडकबाटै नयाँ वर्षको भव्य स्वागत

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
Street fest_Fotor

पर्यटकीय नगरी पोखरामा अंग्रेजी वर्ष २०१९ लाई बिदाई र २०२० लाई सडमबाटै भब्य रुपमा स्वागत गरिएको छ। पोखराको लेकसाइडमा हजारौ स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ बर्षको स्वागत गरे। पोखराको लेकसाइड स्थित विभिन्न ठाउँमा भएका कार्यक्रममा नयाँ बर्ष मनाउन भेला भएकाहरु कोमागाने पार्कमा गायक राजु लामाको प्रस्तुतीमा नाच्दै नयाँ बर्षको शुभकामना दिए।

यसैगरी आतिसबाजी हुदाँ निकै उत्साही हुदै शुभकामना साटासाट पनि गरियो। आफ्ना परिवार, साथीसंग घुम्न जाने, विभिन्न कार्यक्रम आयोजना गर्ने, अनि रमाउदै नयाँ बर्षको स्वागत गर्ने प्रमुख गन्तब्य बनेको पोखरा सडक महोत्वका संयोजक लक्ष्मण बरालले बताए। उनले अंग्रेजी होस् या नेपाली नयाँबर्षमा पोखरा सबैको पहिलो रोजाइमा पर्ने गरेको बताए।

पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर विगत २१ वर्ष देखी सडक महोत्सव हुँदै आएको छ। रेवान पोखराको आयोजनामा भएको पोखरा सडक महोत्सवमा रम्दै नयाँ वर्षको स्वागत गर्न आन्तरीक तथा विदेशी पर्यटक र पोखरेलीहरुको लेकसाइडमा मानव सागर उर्लिएको थियो।

रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव बुधबार रातीबाट सकिएको छ। सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔं भन्ने मूल लनाराका साथ विगत २१ वर्ष देखी हुँदै आएको महोत्सवमा पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाले मुख्य आकर्षण रहेको थियो। लेकसाइड क्षेत्रको साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव संचालन भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width