पोखरा । १३ औं साग अन्तर्गत बिच भलिबलमा महिलातर्फ नेपालले कांस्य जितेको छ ।
पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई सेमिफाइनलमा २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो ।
नेपालको दुवै टिम समूह उपविजेता हु“दै सेमिफाइनल प्रवेश गरेका थिए । श्रीलंकाका दुवै टिम समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए । पुरूषतर्फ नेपालको दुवै टिम लिग चरणबाट बाहिरिए । श्रीलंकाको महिला र पुरुष दुबैतर्फ २÷२ टिम फाइनल पुग्दै स्वर्ण र रजत जित्न सफल भए ।
पुरुषतर्फ श्रीलंकाको प्रदीप आसंका र असेन कुमाराको जोडीले इन्डिका टिरोन र जायन सनुजाको जोडीलाई २४–२२ र २१–१३ को सेटमा हराउ“दै स्वर्ण जित्यो । महिलातर्फ श्रीलंकाकै दीपिका जेडेरा र मधुशानी वीरासिंगेको जोडीले लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटमा हराएर स्वर्ण जित्न सफल भयो ।
पुरुषतर्फ पाकिस्तानले कांस्य जित्यो । पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीले पाकिस्तानकै जस्नव खान र अफाख खानको जोडीलाई २१–१५ र २१–१४ को सेटमा हराएर कांस्य जित्न सफल भयो ।
बिच भलिबलमा महिलातर्फ नेपाल, श्रीलंका र माल्दिभ्स सहभागी थिए । पुरूषतर्फ नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश र माल्दिभ्स सहभागी थिए । सागमा पहिलोपल्ट यो खेल समावेश भएको हो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
सांसद सुहाङ नेम्वाङद्वारा शपथ
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
जापानको सहयोगमा बुंकोटमा विद्यालय भवन निर्माण
वर्ष खेलाडीको चर्चा
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१