१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन्। भारतले सेमिफाइनलमा श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
श्रीलंका विरुद्धको पहिलो सेमिफाइनलमा भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल बन्यो। पहिलो सेटमा श्रीलंकाले कडा टक्कर दिएपनि दोस्रो सेट भने भारतले सहजै हात पार्यो। दोस्रो सेट भारतले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो।
तेस्रो सेट श्रीलंकाले आफ्नो पक्षमा पार्न सफल भयो। शुरुदेखि भारतमाथि दवाव कायम राखेको श्रीलंकाले २५–२१ ले आफ्नो पक्षमा पार्न सफल रह्यो। चौथो सेटमा श्रीलंकाले दवाव दिएपनि भारतले सहज जित हात पार्यो। भारतले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
पाकिस्तानले बंगलादेशमाथि ३–० को सेटमा जित निकाल्दै फाइनल पक्का गरेको हो। पकिस्तानले २५–१५, २५–२१ र २६–२४ ले विजयी बनेको हो। पाकिस्तानले बंगलादेशविरुद्ध पहिलो सेटमा जित हात पारेको थियो। पाकिस्तानले बंगलादेशलाई २५–१५ ले पराजित गरेको हो। दोस्रो सेटमा बंगलादेशको टिमले केही टक्कर दिएपनि पाकिस्तान नै हावी हुन पुग्यो। पाकिस्तानले दोस्रो सेट २५–२१ ले जित्यो।
तेस्रो सेटमा पाकिस्तान सुरुदेखि नै हावी बन्यो। उसले ८ अंक जोड्दा बंगलादेश ४ अंकमा सीमित थियो। पाकिस्तानले थप ३ अंक जोड्दा बंगलादेशले १० अंक पुर्याएको थियो। त्यसपछि पनि बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै स्कोर बराबरी गर्न खोजे पनि पाकिस्तानले तीन अंकको अग्रता राख्दै अघि बढ्यो।
पाकिस्तानको स्कोर २० हुँदा १७ अंक भएको बंगलादेशको ब्लक विग्रदा पाकिस्तानलाई नै फाइदा पुग्यो। पाकिस्तानले लगातार २ प्वाइन्ट बिगार्दा बंगलादेशले २४–२४ को स्कोर गर्यो। बंगलादेशको सर्भिस बिग्रदा पाकिस्तानले २५–२४ बनायो। त्यसपछि एक म्याच प्वाइन्ट हात पार्दै पाकिस्तानले भारतसँगको फाइनल भिडन्त पक्का गर्यो। नेपाल भने यस प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो।
Related News
सम्बन्धित समाचार
एनएलएलमा धनगढीसँग पोखरा थन्डर्स स्तभ्ध
महिला खेलाडीबाट बढी स्वर्ण
सागमा महिला खेलाडीहरुले दिलाए नेपाललाई बढि स्वर्ण
पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार
अबको १४ औं साग पाकिस्तानमा
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१