नेकपा चुनावी अभियान वडा–वडामा

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
bidhya_Fotor

नेपाल कम्यूनिष्ट पार्टी नेकपाले मतदाताको मन जित्न टोल–टोलमा पुग्ने योजनालाई तीब्र पारेको छ। चुनाव प्रचार गर्न नेकपा कास्की २ को भेलाले २५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ। भेलालाई सम्बोधन गर्दै नेकपा नेतृ गायत्री गुरुङ ‘कुसुम’ले विद्यामा रवीन्द्रको क्षमताको प्रतिविम्व रहेको भन्दै उनलाई जिताएर विकासको मूल फुटाउनुपर्नेमा जोड दिइन्।

विद्याजी समवेदनाले मात्रै उम्मेदवार भएकी हैनन, ‘उनले भनिन्, ‘उनीमा योग्यता, क्षमता र विकासको रोडम्याप पनि छ, उनले विद्यार्थी र महिला आन्दोलनमा खेलेको भूमिकाको मूल्यांकन गरेर पार्टीले उम्मेदवार बनाएको हो। ’ उनले महिलालाई जिताएर महिलाको हक, हित र अधिकारसहित महिला सशक्तिकरणमा थप उचाई लिन चुक्न नहुने बताइन्।

अम्विका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सिता विक, राधिका शाही योगी, नेकपा नेता कमलमोहन पौडेल लगायतले पोखराको मुहार फेर्न विद्यालाई जिताउनुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी पोखरा १५ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डले नेकपाको सरकार भएकै बखत ठूला योजनाहरु सुरु भएको र त्यसलाई अनुमोदन गर्न नेकपा उम्मेदवार विजयी गराउन आग्रह गरे। सो अवसरमा नेकपा कास्की सचिव एवं वडा नं १५ का निर्वाचन कमाण्डर बखान सिंह तमु, पोखरा महानगर वडा नं १५ का अध्यक्ष प्रकाश पौडेल, वडा कमिटी अध्यक्ष भक्तबहादुर खत्री, लगायतले नेकपाको विजयका लागि चुनावी यात्रामा सबैले साथ दिनुपर्ने बताए। सो वडामा थप बहादुर थापाको अध्यक्षतामा ५१ सदस्यीय टोल ठूली मजुवा टोल निर्वाचन परिचालन कमिटि बनेको छ।

उता पोखरा ३३ को लामगादीमा जनजातीहरुको भेलाले सन्देश पुनको संयोजकत्वमा ३५ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएको छ। कमिटीले टोलमा रहेका मतदाताहरुसम्म पुगेर नेकपाको पक्षमा मतदानको माहौल बनाउने बताईएको छ। नेकपा कास्की सदस्य भीम कार्कीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का शिव प्रसाद आचार्य, वडा सदस्य लील बहादुर श्रेष्ठ, पूर्व गाविस अध्यक्ष यज्ञप्रसाद अधिकारी तथा स्थानीय जनजाती अगुवा हरुको उल्लेख्य सहभागिता थियो।

त्यस्तै नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ ले प्रचार अभियानलाई तीव्रता दिएको छ। वडाको महिला समितिले भेलाको आयोजना गरी चुनावी प्रचारको रणनीतिका विषयमा छलफल गरेको छ। गुमादेवी अधिकारी गौतमको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन उपसमिति गठन गरेको छ।

विद्या सृजनाचोकमा

कास्की निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार विद्या भट्टराई अधिकारीकले आइतवार पोखराको सृजनाचोकमा घरदैलो कार्यक्रम गरेकी छन्।

सृजनाचोकबाट विहान शुरु भएको चुनावी घरदैलो रत्नचोक, फिर्के, नागढुंगाहुँदै चालिसेचाकेमा पुगेर कोणसभामा परिणत भएको थियो। घरदैलो पछि आयोजित कोणसभालाई सम्वोधन गर्दै उनले रवीन्द्र अधिकारीको सपना ‘समृद्ध र पर्यटकीय पोखरा’ बनाउने चाहना पुरा गर्ने बताइन्।

अधुरा सपना र योजना पूरा गर्न उम्मेदवार बनेर आएकी हुँ। ’ आकाशे पुल निर्माण गर्ने योजना रवीन्द्रकै भएको बताउँदै उनले थपिन्, ‘सृजनाचोकमा आकाशे पुलको डीपीआर यस अघि नै बनिसककेो भनाई उनको छ।

नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहईञ्चार्ज खगराज अधिकारीले करको बारेमा कांग्रेसले भ्रम सिर्जना गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे। कांग्रेसले जितेको नगरपालिकामा भन्दा पोखरामा करको दर बढी भएको पाइए मेयरसहित नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा दिन लगाउने उनले प्रतिबद्धता जनाए। पोखरा वडा नम्बर ८ का चुनावी कमाण्डर नेकपा केन्द्रीय सदस्य शारदाप्रसाद सुबेदी, सोमनाथ बराल, रुद्रनाथ बराल लगायतले विकास, समृद्धि, युवा तथा महिला सशक्तिकरणका लागि विद्यालाई जिताउन आग्रह गरेका थिए। आइतवार दिउसो न्यूरोड, शिवालयचोक, जाल्पारोडमा घरदैलो सकेर बगालेटोलमा पुगेर कोणसभामा परिणत हुने नेकपाले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै