नेपालको शिक्षा क्षेत्रमा सामुदायिक सिकाइ केन्द्रको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिइएको छ।
काठमाण्डौं स्थित शिखरापुर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा आइतवारदेखि पोखराका सुरु शिक्षाका लागि क्षमता विकास कार्यशाला अन्र्तगत ‘नागरिक शिक्षा प्रवद्र्घन तथा सामुदायिक सिकाइ केन्द्र व्यवस्थापन तथा संचालन कार्यशाला’को उद्घाटन सत्रका वक्ताले उक्त कुरामा जोड दिएका हुन्।
कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले नेपालको शिक्षा क्षेत्रमा सिकाइ केन्द्रको भूमिका महत्वपूर्ण रहेको दावी गर्दै केन्द्रहरुलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने खाँचो औँल्याए। प्रमुख क्षत्रीले संविधानले शिक्षालाई मौलिक हकका रुपमा स्थापित गरेको भएपनि कतिपय नागरिक आधारभूत शिक्षाबाट समेत बन्चित हुनुपर्ने अवस्था हुनु दुःखद् भएको बताए। शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै खेरा नजाने जनाएका क्षेत्रीले कास्कीमा सिकाइ केन्द्रको स्थापनाकालको स्मरण पनि गरेका थिए। शिक्षा तथा मानव संसाधन विकास केन्द्रका सहसचिव विष्णुप्रसाद अधिकारीले अनौपचारिक शिक्षाको दरो खम्बाका रुपमा केन्द्रहरु रहेको जनाउँदै परिवर्तत राज्यसंरचनामा स्थानीय तहले केन्द्रको सवलीकरणमा जोड दिनुपर्ने बताए। उनले कार्यक्रम पछि निर्वाचन पद्घती र प्रक्रियाका बारेमा मतदातालाई बुझाउन थप सहयोग पुग्ने विश्वास पनि लिए।
उक्त अवसरमा युनेस्को काठमाडौंका स्रोतव्यक्ति सुरज सिलवाल, वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगा गुरुङ, पोखरा ६ का वडाध्यक्ष जगत पहारी, कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदी, शिक्षा विकास तथा समन्वय ईकाई कास्की प्रमुख नारायण सुवेदी, जनप्रिय सिकाई केन्द्रकी जमुना सिग्देल लगायतले पनि धारणा राखेका थिए।
उनीहरुले सिकाइलाई जीवन पद्घतिसँग जोड्नुपर्ने, चाँडै नै गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्नुपर्ने, सामाजिक अध्ययन केन्द्रलाई जीवन्त राख्नुपर्ने, टोल तथा बस्तीस्तरमा अनौपचारिक शिक्षालाई बढाउनुपनेर्लगायतका सुझाव राखेका थिए। कार्यक्रममा कास्की, स्याङजा र चितवनका सिकाइ केन्द्रका प्रतिनिधीको सहभागिता छ। जसलाई निर्वाचन केन्द्रीत गरिने जनाइएको छ। शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सिकाइ केन्द्रका सदस्य निरोज श्रेष्ठले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१