मंगला गाउँपालिका –१, कुँहु तुसारेपानी घर भई हाल अष्ट्रेलिया सिड्नीमा बस्दै आएका मुक्ति रोका र उनको परिवारले आमा पविसरा रोकाको स्मृतिमा निःशुल्क दन्त शिविर संचालन गरेका छन्।
मालिका गाउँपालिकाको व्यवस्थापनमा वडा ६ दरबाङमा गरिएको दुईदिने शिविरमा ६ सय ९ जनाले सेवा लिएका छन्। आर्थिक अभाव कारण अस्पताल जान नसकेका दुर्गम भेकका गरीब विपन्न परिवारका बिरामीलाई लक्षित गरी शिविर गरिएको हो। पश्चिम म्याग्दीका मंगला, मालिका, धवलागिरि, बेनी नगरपालिका र छिमेकी जिल्ला बागलुङका दन्त रोगीले सेवा लिएका छन्।
दुर्गम धवलागिरि–६ मराङकी ७९ वर्षीया नरदेवी केसीको दाँत उपचार गरी शिविर उद्घाटन गरिएको थियो। गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले विदेशमा बगाएको पसिनाको कमाइ स्वास्थ्य क्षेत्रमा सहयोग गरी सरकारको दायित्व व्यक्तिले बहन गरेको बताए। शिविरलाई उनका छोरा समित र छोरी सृष्टिले पनि चाडपर्व र जन्मदिनमा पाएको उपहारबाट बचत भएको पैसा शिविरलाई दान गरी सहयोग गरेका छन्। शिविरमा रोकाकी श्रीमती तिकाले पनि साथ दिएकी छन्। विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका रोकाले आगामी दिनमा पनि सामाजिक सेवामा सक्रिय हुने बताए। साथै उनले सोही अवसरमा दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १ लाख रुपैयाँ सहयोग गरेका छन्।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले स्वास्थ्य क्षेत्रमा रोका परिवारले पुर्याएको योगदान समाजका लागि उदाहरणीय भएको बताइन्।
शिविरमा दन्त चिकित्सक डा राजेन्द्र रानामगर नेतृत्वको टोलीले सेवा दिएको थियो। शिविरमा दाँतको परीक्षण, कुँहिएको, कीराले खाएको दाँत झिक्ने र भर्ने, निःशुल्क औषधि वितरणसँगै दाँतसम्बन्धी परामर्श लगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१