अलैंचीको बजारबारे चासो

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७६
Alaichhii (1)

लमजुङ । लमजुङमा नगदेबालीमा अग्रणी स्थानमा रहेको अलैंचीको बजारबारे चासो र चिन्ता व्यक्त गरिएको छ । अलैंचीको मूल्यमा अप्रत्यासित रूपमा हुने गरेको उतारचढाबका बारेमा जानकारी दिन अभिमुखीकरण गरिएको हो ।

बेसीशहर नगरपालिका मेयर गुमानसिँह अर्यालले अभिमुखीकरणको उद्घाटन गर्दै व्यवसायिक कृषिका लागि राज्यले विशेष ध्यान दिन आवश्यक रहेको औल्याए । उनले भने ‘अन्यवस्तुको मूल्य प्रत्येक वर्ष बढ्ने तर अलैंचीको उत्पादक घट्नु रहस्यमय छ ।’

कार्यक्रममा लमजुङको अलैचीको गुणस्तर, लमजुङको अलैंचीको विश्व बजारको स्थिति र मुल्य निर्धारणमा हुने गरेको उतारचढावका साथै गुणस्तरका विषयमा कृषकहरुलाई जानकारी गराइएको अलैची जोन प्रमुख इश्वरीप्रसाद न्यौपानेले बताए । उनका अनुसार अभिमुखी कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, अलैची जोन प्रमुख इश्वरीप्रसाद न्यौपाने र अलैची जोनका जिल्ला संयोजक अजय तामाङले सहजीकरण गरेका थिए ।

लमजुङमा कुनै दिन किसानले आफ्नो आँगनमै २ हजार ९ सय रुपैयाँ प्रतिकेजीसम्म भुक्तानी दिएको अलैंचीले कालो सुनको उपामा समेत पाएको थियो । तर यतिबेला यसको मूल्य घटेर प्रतिकेजी ६,७ सय रुपैयाँमा झरेको छ, यसैले यसको बजारीकरणका प्रति चासो र चिन्ता व्यक्त गरिएको अलैची जोन प्रमुख इश्वरीप्रसाद न्यौपाने बताउँछन् । उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, अलैची जोन कार्यक्रम अन्तर्गत जिल्लाका व्यवसायिक अलैंची उत्पादक कृषकहरुलाई अलंैचीको बजार प्रवद्र्धनबारे अभिमुखीकरण गरिएको हो ।’

कार्यक्रममा अलैंची जोन परियोजना संयोजक एवम् अलैंची व्यवसायी संघका जिल्ला अध्यक्ष अजय तामाङले अलैंचीको अन्तराष्ट्रिय माग र मूल्यका हुने उतारचढावका कारण बारेमा प्रकाश पार्दै गुणस्तर उत्पादन कसरी गर्न सकिन्छ भन्ने वारेमा जानकारी गराइएको थियो । तामाङले भने ‘आज अलंैचीको गुणस्तर र मूल्य एकअर्काेको पूरक जस्तो भएको हुनाले हामीले उत्पाद गर्ने अलैंचीलाई अझै के कसरी गुणस्तरीय बनाउने भन्नेतर्फ सबैको ध्यान जान आवश्यक छ ।’

अलैंची खेतीको प्रवद्र्धनका लागि महासँघले जिल्लाका विभिन्न सरोकारवालाहरुसँग अन्तक्रिया गर्दै आएको अलैची व्यवसायी महासँघका अध्यक्ष अयज तामाङले बताए । छ । उनले भने ‘कृषकहरुलाई उत्पे्ररणा दिन यस्ता कार्यक्रम गर्नुका साथै सरोकारवाला निकायको ध्यानाकर्षणका लागि पनि पहल भईरहेको छ ।’

उत्पादन क्रमशः बढ्दो छ तर मुल्यमा भने गिरावट आएपछि वर्षौदेखि व्यवसायिक अलैची खेती गर्दै आएका कृषकहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् । अलैंचीको उचित मूल्य निर्धारणका लागि सरकार वा सरोकारवालाहरुले विशेष चासो दिनुपर्ने किसानहरूको माग छ ।

Related News

सम्बन्धित समाचार

hero news full width