उदित नारायण झाको ‘श्री हजुर होशमा बेहोशी’

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७६
Shree Hajur Hoshma Behoshi by Udit Narayan Jha

पोखरा । लामो समयपछि लोकप्रिय गायक उदित नारायण झा नयाँ गीत लिएर नेपाली गीत बजारमा आएका छन् ।

‘श्री हजुर होशमा बेहोशी’ बोलको गीत लिएर उदित नारायण नेपाली गीत बजारमा आएका हुन् । सत्याकृत ब्यण्डले उक्त गीतलाई प्रस्तुत गरेको हो । नेपाली सुुगम संगीतमा उदित नारायणले गीतमा कणप्रिय स्वर भरेका छन् ।

‘श्री हजुर होशमा बेहोशी’ बोलको गीत विजय गौतमको शब्द तथा संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडियो निर्देशन र सम्पादन पनि स्वयं विजय गौतमले नै गरेका हुन् । गीतको गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ र म्युजिक भिडियोसमेत सबै काम मुम्बइमै गरिएको हो ।

सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । गायक झाले गाएको उक्त गीत श्री हजुर नामको महिमामा आधारित रहेको सत्याकृतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • कोरलामा खानेपानी र शौचालयको अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक १९, २०८१
    म्याग्दी । व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी…
  • दाईजो स्वरूप गाउँ नै दिने प्रथा

    रासस कार्तिक १९, २०८१
    इनरुवा । राई मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने…
  • ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा

    रासस कार्तिक १९, २०८१
    दमौली । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत…
  • गण्डकीमा कहाँकहाँ घुम्ने ?

    रासस कार्तिक १९, २०८१
    गण्डकी । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन्…
  • पोखरामा भाइटीका महोत्सव

    आदर्श समाज सम्वाददाता कार्तिक १८, २०८१
    पोखरा । पोखरा घुम्न आएका विदेशी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका छन् । होटल संघ पोखरा आयोजनामा आइतबार १७ औं…

hero news full width