जुत्ता–चप्पल बनाउने तालिम

आदर्श समाज सम्वाददाता
असार १५, २०७६
talim photo

पोखरा, १५ असार । महिला लक्षित एक महिने मखमली जुत्ता–चप्पल बनाउने तालिम पोखरामा सम्पन्न भएको छ ।

आमा मिलन केन्द्रद्वारा संचालित उक्त तालिममा ४५ जनाको सहभागिता थियो । तालिमका प्रशिक्षार्थीलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बराल, संचारकर्मी दुर्गा अधिकारी र महिला अधिकारकर्मी तारा थापाले प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा सचिव पौडेलले सीप विकासका लागि आमा मिलन केन्द्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै तालिमलाई जीवनोपयोगी बनाउन आग्रह गरे । पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले महिलालाई आत्मनिर्भर बनाउन सीप विकास तालिमको आवश्यक रहेको औंल्याए ।

कार्र्यक्रममा पृथ्वीराज शर्मा तिमिल्सिना, ध्रुवराज पौडेल,तारा थापा,दुर्गा केसी, दुर्गा अधिकारी र कमला श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । आमा मिलन केन्द्रकी अध्यक्ष इन्दिरा पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम उपाध्यक्ष निर्मला घिमिरेले स्वागत र कोषाध्यक्ष खुमा लम्सालले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • मादल बजाउने तालिम

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको…
  • मकैको खोस्टाबाट फूल बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    लेखनाथ । पोखरा ३० मा सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ । दलित तथा जनजाति उत्थान एवंं विपन्न…
  • महिलाको लगानीमा सरफ उद्योग सञ्चालन   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    तनहुँ ।  तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा…
  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…

hero news full width