दमौली, १३ असार । तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीले बगाउँदा बिहीबार साँझ एक बेपत्ता भएका छन् ।
अर्का एक जनाको भने जीवितै उद्धार गरिएको छ । कालीगण्डकी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएर काठमाडौँ वनस्थली बस्ने २१ वर्षीय किरण घिमिरे बेपत्ता भएका हुन् ।
घिमिरेसँगै पौडी खेलेका चितवन भरतपुर महानगरपालिका–११ बसेनी बस्ने २३ वर्षीय शिवहरि सुवेदीलाई भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । सुवेदी र घिमिरे नाताले मामा भान्जा हुन् ।
नदीले बगाएको अवस्थामा हारगुहार गर्दा सुवेदीलाई स्थानीयवासीले उद्धार गरेका थिए भने घिमिरे भने हालसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ । जीवितै उद्धार गरिएका सुवेदीको अवस्था सामान्य रहेको र बेपत्ता रहेका घिमिरेको भने खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१