उपमेयरको गाडीमा आगजनी

आदर्श समाज सम्वाददाता
असार १०, २०७६
111

नवलपरासी, १० असार । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले गएराति पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया चढ्ने गाडीमा आगजनी गरेको छ ।

कावासोती नगरपालिकाको उपमेयर मर्दनिया चढ्ने लु १ झ ३२१ नं. को स्कापियो सरकारी गाडी उनकै घरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

प्रहरीले अज्ञात समूहले भने पनि विप्लवका कार्यकर्ताहरुले आगजनी पछि छाडेको केही पर्चा पनि घटना स्थलमा भेटिएको जनाइएको छ ।मर्दनियाले सरकारी गाडी घरमै लैजाने नगरपालिकाको बाहेक अन्य प्रयोजनमा पनि प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ ।

विप्लवका कार्यकर्ताहरुले उपमेयर मर्दनियालाई यस अघि पनि पत्रचार गरेको र उनले भ्रष्टचार गरेको, सरकारी सम्पत्ति र साधन स्रोतको दुरुपयोग गरेका जस्ता आरोप लगाएका छन् ।प्रहरीले दुई जनाको समूहमा आएका व्यक्तिहरुले आगजनी गरिदिएको जनाएका छन् ।

प्रहरीका अनुसार पेट्रोल छर्की गाडीमा आगजनी गरेको र पछाडिको भागमा सामान्य क्षति भएको छ । क्षति भएको गाडी प्रहरी चौकी कोल्हवामा नियन्त्रणमा ल्याइ राखेको र घटना अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    चितवन । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन…
  • आगलागीले सुन्तलाको बगैंचा सखाप

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    स्याङ्जा । सुन्तलाखेतीको पकेट क्षेत्रमा भएको आगलानीले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएकोे छ । हालैको आगलागीले पुतलीबजार ११…
  • चट्याङ लागेर एकजनाकोे मृत्यु   

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    गलकोट । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर…
  • पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकै दिन २ जना बालकको ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी…
  • कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते   

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर…

hero news full width