पोखरा– १४, देउराली टोलमा स्थापित शुभ सौगात बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत शनिवार निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
शिविरको प्रमुख अतिथि पार्कल्याण्ड हस्पिटलका अध्यक्ष डा महेन्द्र केसीले उद्घाटन गरेका थिए।
डा केसीले सहकारीले शिविरको आयोजना गरी वडाभरिका बासिन्दालाई सुविधा दिएकोमा खुसी व्यक्त गर्दै शिविरमा देखिएका केही जटिल रोगीलाई पार्कल्याण्ड हस्पिटलमा उपचार गराउँदा हस्पिटलको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
शिविर पार्क ल्याण्ड हस्पिटल पोखरा–१०, अमरसिंहचोकको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। शिविरमा प्राविधिक सात विभागीय विशेषज्ञ टोली सहित २२ जना स्वास्थ्यकर्मीको उपस्थिति थियो। चेकजाँचक्रममा संस्थातर्फबाट १ लाख ५० हजार बराबरको औषधि र केही औषधि पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाबाट पनि उपलब्ध भएको संस्थाका अध्यक्ष ललितबहादुर बानियाँले जनाए।
पाँच सय ७६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको सो शिविरमा एकमहिने बालकदेखि ९१ वर्षीय वृद्ध भिमबहादुर धातले लाभ लिएको संस्थाका कोषाध्यक्ष उद्धवबहादुर कार्कीले बताए।
संस्थाका अध्यक्ष ललितबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष बोधराज कार्की, सल्लाहकार जेवी कुँवर, लेखा समिति संयोजक रामचन्द्र सुवेदी लगायतले बोलेका थिए।
निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुको उद्देश्य तथा संस्थाबारे प्रबन्धक सन्तोष रानाभाटले प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष शिवप्रसाद पोखरेलले स्वागत र सचिव राजेश गौतमले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१