लमजुङ, ३१ जेठ । लमजुङमा विद्यार्थीलाई लागू औषध दुव्र्यसनका बारेमा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
बेसीशहर नगरपालिकाको महिला तथा वालवालिका शाखाले नगरपालिका– २ स्थित बालकल्यण, मनकामना र कालिका मिलन माविका करिब ६० जना विद्यार्थीबीच सचेतना गराएको हो ।
बेसीशहर– २ कोलबाटो स्थित सेतो गुराँस बाल विकास केन्द्रको भवनमा सञ्चालन गरिएको सचेतना मूलक कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त पाण्डेले दुव्र्यसन के हो, यसले कस्तो असर पार्छ र कसरी सावधानी अपनाउने सम्बन्धमा छात्रछात्रालाई जानकारी गराएका थिए ।
पछिल्लो समय खासगरी कतिपय युवा र विद्यार्थीमा लागू औषध दुव्र्यसनको सिकार भईरहेका बेला बेसीशहर नगरपालिकाले सचेतना मूलक कार्यक्रम गरी युवा र विद्यार्थीलाई असल बाटोमा डोराउने प्रयास गरेको नगरपालिकाले जनाएको छ ।
नगरका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले सो कार्यक्रमको उद्घाटन गर्दै समाजलाई सत्मार्गमा हिंडाउन लागु औषध दुव्र्यसन मुक्त बनाउनु पर्ने बताइन् । बेसीशहर नगरपालिका– २ का वडा अध्यक्ष गणेशबहादुर कंडेलको अध्यक्षमा भएका कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रेस सल्लाकार कृष्ण के.सी, भकुण्डे टोल विकास संस्थाका अध्यक्ष पूर्ण देउँजा, बेसीशहर हस्पिटलका अध्यक्ष गमानसिङ कंडेल, वडा सदस्य सरास्वती धिताल, निर्मला सुनार लगायतको सहभागी थिए । कार्यक्रमको सञ्चालन महिला तथा बालवालिका शाखा प्रमुख मैया कुमालले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१