सनराइज बैंक लि. को आयोजना तथा रुपा गाउँपालिका र स्कूल अफ विजनेस, पोखरा विश्वविद्यालयको सहकार्यमा रुपा गाउँपालिका वडा नं. २, थुम्कीको करिव तीन सय घरहरुमा खोलौं बैंक खाता अभियान संचालन गरिएको छ।
नेपाल सरकारको ‘समृद्धिसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता’ अभियान कार्यक्रमलाई सफल बनाउन कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ। रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा एवं स्कूल अफ विजनेस, पोखरा विश्वविद्यायलका डाईरेक्टर डा. रबिन्द्र घिमिरेले संयुक्त रुपमा सो कार्यक्रमको आरम्भ गरेका थिए।
कार्यक्रममा प्रमुख बक्ताको रुपमा बोल्दै नवराज ओझाले ग्रामिण क्षेत्रलाई समेत बैंकिङ्ग सेवा सुविधा प्रदान गर्न बैंकको शाखा सो गाउँपालिकामा स्थापना भएकोमा यसलाई अवसरको रुपमा लिनुपर्ने बताए।
प्रमुख ओझाले घरमा निस्क्रिय रुपमा रहेको सानो सानो बचत रकमलाई समेत बैंकमा जम्मा गर्दा हुने बचतको वानि एवं आवश्यकता अनुसार साना, घरेलु एवं कृषि, पशुपालन व्यवसायहरुलाई व्यवसायिक रुपमा संचालन गर्न बैंकिङ्ग सहयोग मार्फत आर्थिक उन्नती गरी समृद्धिको ढोका खोल्न सकिने बताए।
कार्यक्रममा डा. रबिन्द्र घिमिरेले, पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई समेत ग्रामीण क्षेत्रको आर्थिक अवस्था वारेमा व्यवहारिक ज्ञान उपलब्ध हुने अवसरको रुपमा नेपाल सरकारको अभियानमा सहभागी भएको भनाई व्यक्त गरे।
उक्त कार्यक्रममा रुपा गाउँपालिका उपाध्यक्ष श्रीमती लाल सुभा गुरुङ्ग, कार्यालयका कार्यकारी अधिकृत विष्णु प्रसाद पोखरेल, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिता कूमारी रुपाखेती समेतले आफ्नो भनाई एवं कार्यक्रम सफलताको शुभकामना राखेका थिए।
कार्यक्रममा सभापतित्व मन्तव्य राख्दै सनराईज बैंक लि., गण्डकी प्रदेशका प्रादेशिक प्रमुख रबिन्द्र के.सी.ले बैंकले नेपाल सरकारले लिएको अभियानलाई सफल बनाउनको लागि ग्रामीण क्षेत्रमा निरन्तर रुपमा सेवा दिई राखेको एवं सबै नेपालीको बैंक खाताको लागि यस गाउँपालिकाका अन्य वडाहरुमा समेत यो कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरिने जानकारी गराए। साथै सबै जनप्रतिनिधी एवं स्थानीय समाजसेवीहरु लाई सहयोग गर्नका लागि समेत उनले अनुरोध गरे।
उक्त कार्यक्रम बैंकका देउराली शाखाका प्रमुख सुनिल ध्वज पन्तले सञ्चालन गरेका थिए भने पोखरा न्यूरोड शाखाका प्रमुख नितेश रेग्मीले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा बैंकका कर्मचारी, स्थानीइ समाजसेवी एवं पोखरा विश्वविद्यालयका विद्यार्थी गरी करिव ७० जना व्यक्तिहरु सबैं घरघरमा गई वित्तीय सांक्षरता एवं बैंक खाता खोल्ने अभियान संचालन गरिएको थियो।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१