पोखरा, २४ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई एक दिने व्यवसायिक तालिम प्रदान गरेको छ ।
व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी दिने उद्देश्यले उत्तः तालिम प्रदान गरिएको हो । आजको आवश्यकता, व्यवसायिक साक्षरता भन्ने मूल नाराका साथ एक दिने उक्त तालिममा व्यवसायको छनौट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता तथा संचालनमा कानूनी एवं बजार व्यवस्थापन, लेखा प्रणाली मूल्य अभिवृद्धि कर लगायतका बारेमा जानकारी गराइएको थियो ।
काठमाण्डौमा संचालित उक्त तालिममा बैंकसँग आवद्व ४२ जना व्यवसायीको सहभागिता रहेको थियो ।मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकस्योरेन्स, आस्वा, मोबाइल बैकिंङ्ग सुविधाका साथै भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको बताएको छ ।
हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्व गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सेयर बजारसम्बन्धी लगानीकर्ता शिक्षा
मुद्रण उद्योग संघमा अक्षयकोष स्थापना
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
hero news full width
मुख्य समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
जेठ २७, २०८०कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०