पोखरा । पाल्पाली समाज पोखराको २१ औं साधारणसभाले विधान संशोधन प्रस्ताव पारित गरेको छ । पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार भएको सभाले समाजका पूर्व अध्यक्ष एवं विधान संशोधन समिति संयोजक जगदीश गौतमले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत् पारित गरेको हो । जसअनुसार समाजको कार्यसमिति अब १५ सदस्यीय मात्र हुनेछ ।गएको अधिवेशनबाट २७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।
कार्यसमितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष तथा बाँकी ८ सदस्य निर्वाचित हुने छन् । कार्यकाल २ वर्ष यथावत् हुनेछ ।
समाजका सल्लाहकार डा.यज्ञमान शाक्यले कार्यक्रम उद्घाटन गर्दै समाजको गतिविधिको प्रशंसा गरेका थिए । उनले कामकाजी छोराछोरीका कारण वृद्ध बाबुआमा सहाराविहीन हुन पुगेको जनाउँदै आफूले १० वर्षअघि आनन्दित गृह स्थापना गरेको बताए ।
समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले समाजको आर्थिक गतिविधिमाथि प्रकाश पारेका थिए ।
समाजका अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको सभामा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार ताराप्रसाद पोखरेल, सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी लगायतले बोलेका थिए ।
अध्यक्ष बालचन्द्र परियारले समाजको गतिविधि एवं भावी योजनासहितको प्रतिवेदन पेस गरे भने कोषाध्यक्ष पदमप्रसाद पोखरेलले कोषाध्यक्षको प्रतिवेदन पेस गरे ।
समाजले यसअघि गरेका विविध कार्यक्रमका संयोजकलाई प्रशंसापत्र प्रदान गरिएको थियो । साथै समाजद्वारा प्रकाशित भित्तोपात्रो–२०८१ विमोचन गरिनुका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान गरियो । अनुपमान कर्माचार्य संयोजकत्वमा भित्तेपात्रो प्रकाशन गरिएको वरिष्ठ उपाध्यक्ष श्रीधर पराजुलीले बताए ।
२०५१ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको पाल्पाली समाज सबैभन्दा पुरानो सम्पर्क समाज हो । समाजको पहलमा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि. सञ्चालित छ भने पाल्पा हाउस र पाल्पा कोलेनी जन्मिएका हुन् ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१