इम्प्रोभ फेस्टिभल हुने

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०८०
improve

पोखरा । आर्ट क्वार्टर थिएटर आयोजनामा चैत १८ देखि ३० सम्म नेपालय इम्प्रोभ फेस्ट हुने भएको छ । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको यो कार्यक्रम नितान्त प्रयोगात्मक फेस्टिभल भएको आयोजकले जनायो । जसमा ५ मुलुकका कलाकारले भाग लिने छन् ।

फेस्टिभलमा प्रशिक्षार्थीलाई चैत १९ देखि २३ तथा २५ देखि २९ सम्म इम्प्रोभाइजेसन र अभिनय विधामा दैनिक ४ घण्टा प्रशिक्षण हुनेछ । जुन पोखराका विभिन्न स्थानका करिब २ हजार मानिसबीच इम्प्रोभ सो प्रदर्शन हुनेछ ।

इम्प्रोभाइजेसन तथा अभिनय कार्यशालाका लागि चैत १६ सम्म आर्ट क्वार्टरमा नाम रजिस्टर गर्न सकिने आयोजकले जनायो । कर्ट म्याब्रि–चीन/थाइल्याण्ड, लौर फिलिप–फ्रान्स, ओशो–जापान, आइजा इजेल्निस–ल्यात्भिया र डाइलन ओएक्स रोह्ड–अमेरिकाका प्रशिक्षक रहने यो फेस्टिभलमा नाइस इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले पावर्ड बाईको भूमिका निर्वाह गर्नेछ ।

फेस्टिभलमा हस्पिटालिटी पार्टनर होटल पोखरा गुडविल, एजुकेसन पार्टनर पोखरा एकेडेमी, एडभेञ्चर पार्टनर बेलुन नेपाल तथा हाई ग्राउन्ड एडभनेचर्स, वारड्रव पार्टनर कलासिक सुटस् र आर्ट पार्टनरमा डि जे आर्ट वर्क जोडिएका छन् । फेस्टिभललाई पोखरा महानगरपालिका तथा गण्डकी प्रज्ञा प्रतिष्ठानले पनि प्रवद्र्धन गर्नेछन् ।

नेपाली समाजमा प्रचलित परम्परागत नाटकीय शैली तथा लोकप्रियतालाई संरक्षण गर्दै अभिनयको नयाँ स्वरुपलाई अवलम्बन गर्न प्रयासरत आर्ट क्वार्टरले निकट भविष्यमा आफूलाई नेपालको पहिलो इम्प्रोभ एकेडेमी रुपमा स्थापित गर्न प्रयासरत रहेको थिएटरका सञ्चालकसमेत रहेका फेस्टिभलका डाइरेक्टर भूपेन्द्र ढकालले बताए ।

थिएटरले २०७४ देखि पोखरा केन्द्रित भएर रङकर्म माध्यमबाट कला, संस्कृति र साहित्यलाई जगेर्ना गर्ने मूल लक्ष्यका साथ विभिन्न कार्यशाला, गोष्ठी र कलात्मक गतिविधि सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • एमाले नेता अर्जुन अधिकारीलाई मातृशोक

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीलाई मातृशोक परेको छ । उनका ६० वर्षीया ममतामयी माता दुर्गादेवी…
  • लेकसिटीमा विश्वकल्याण

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले संचालक समिति अध्यक्षमा प्राडा विश्वकल्याण पराजुलीलाई चयन…
  • कलाकार माओत्से गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । पोखरेली कलाकार एवं निर्देशक माओत्से गुरुङ सम्मानित भएका छन् । संविधान दिवस सन्दर्भमा चलचित्र विकास बोर्डद्वारा शुक्रबार आयोजित…
  • पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    लेखनाथ । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गरेको छ ।…
  • अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकीको प्रथम सम्मेलनले गीता शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बिहीबार राति…

hero news full width