पोखरामा बाह्रखरी गल्फ प्रतियोगिता सुरु

आदर्श समाज सम्वाददाता
चैत्र २, २०८०
12kharo golf (4)

पोखरा । एनसेल बाह्रखरी गल्फ एन्ड वियोन्ड अन्तर्गत कर्पोरेट गल्फ प्रतियोगिता पोखरामा शुक्रबार सुरु भएको छ । बाह्रखरी मिडियाले आयोजना गरेको प्रतियोगिता शनिबार समापन हुने छ ।

पोखराको हिमालयन गल्फ कोर्समा भएको प्रतियोतिाको समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने तय भएको छ । प्रतियोगितामा १ सय ३० जना गल्फरको सहभागिता रहने आयोजकले जनाएको छ । पहिलो दिन शुक्रबार ६८ गल्फर प्रतिस्पर्धामा उत्रे । जसमा ४ महिला र ६४ पुरुष सहभागी थिए ।

बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले शुक्रबार नै वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँग मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र मेयर धनराज आचार्यले छुट्टाछुट्टै अन्तरक्रिया गरेको बताए । नेपालस्थित विदेशी राजदूत तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि छुट्टाछुट्टै अन्तरक्रिया गरेका छन् ।

उनले वार्षिकरुपमा पोखरामा नै गल्फ प्रतियोगिता र अन्य कार्यक्रम आयोजना गर्ने मनसाय रहेको पनि बताए । पोखराका मेयर धनराज आचार्यले बाह्रखरी गल्फले पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्ने बताउँदै यस कार्यक्रमलाई महानगरपालिकाको क्यालेन्डरमा राख्नुपर्नेमा जोड दिए ।

‘बाह्रखरी गल्फ र पोखरा महानगरपालिकालाई पर्यटनको राजधानी घोषणा कार्यक्रम सँगसँगै जस्तो हुने भएको छ । पर्यटनको प्रवद्र्धन खेलको माध्यमबाट गर्न सकिने कुरो हो,’ मेयर आचार्यले भने, ‘खेलमध्येको पनि अझ परिस्कृत खेल गल्फबाट पर्यटनको प्रवर्धन हुने र यसले दिने आर्थिक सर्कुलेसन सबै ठाउँमा पुग्छ । यसको माध्यमबाट हाम्रो सहरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पूर्याउन महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौं ।’

कार्यक्रम अन्तर्गत बिहीबार बिहान पोखरामा साइकल र्‍याली गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width